• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
south asian game 2019
  • गृहपृष्ठ
  • south asian game 2019
‘नेपाली हैन भन्छन्, तर मेरो पदक नेपाललाई हो’
64x64
बिहिवार, मंसिर १९, २०७६ हिम बिक्रम केसी

काठमाडौं । ओलम्पियन पौडीबाज गौरिका सिंहले बिहिबार कीर्तिमानी स्वर्ण जितिन् ।

साग खेलकुदको ईतिहासमा उनले पौडीको ब्यक्तिगत स्पर्धामा पहिलो स्वर्ण हात पारिन् ।

हुन त गौरिका बेलायतमा बस्छिन् । उतै प्रशिक्षण गर्छिन् । उनी खेल्न भने नेपाल आउँछिन् ।

कारण उनका बुवा, आमा दुवै नेपाली हुन् । परिवार स्थायी रुपमा लण्डनमा बस्छ ।

तर देश प्रेमले छोरीले नेपालका लागि खेलोस भन्ने बुवा आमाको सपना छ । त्यही सपनामा गौरिका हिडेकी छिन् ।

उनीहरु हरेक बर्ष गौरिकालाई प्रतिस्पर्धा गराउन नेपाल ल्याउँछन् । अन्तराष्ट्रिय प्रतियोगिता नेपालबाट खेलाउँछन् ।

गौरिका सम्भवत घरेलु खेलकुदले पाएको सबैभन्दा उम्दा खेलाडी हुन् । सन् २००१६ मा ब्राजिलको रियो ओलम्पिकमा उनीले नेपालको प्रतिनिधित्व गरेकी थिईन् ।

त्यहाँ उनले प्रशस्त चर्चा कमाईन् । कारण उनी रियो ओलम्पिक खेल्ने सबैभन्दा कान्छि खेलाडी थिईन् ।

उनै गौरिका पुन एक पटक चर्चामा छिन् ।

नेपालले तेस्रो पटक दक्षिण एसियाली खेलकुदको महाकुम्भ मेला आयोजना गरिरहेको छ । र पौडीमा सहभागीता जनाउन गौरिका पुन नेपाल आएकी छिन् ।

उनै गौरिकाले कीर्तिमानी प्रर्दशन गर्दै बिहिबार सातदोबाटोको पौडी पोखरीमा ईतिहास रचिन् ।

व्यक्तिगत स्पर्धामा उनको प्रर्दशनले साग खेलकुदको ईतिहासमा पौडीले पहिलो स्वर्ण हासिल गरेको छ ।

‘हरेक खेल गाह्रो हुन्छ । तर जति सक्दो राम्रो गर्न मात्र सकिन्छ ।’ खेलपछि सञ्चारकर्मीसंग उनले भनिन् ।

लण्डन बस्ने गौरिकालाई कतिले नेपाली हैन भन्ने आरोप लगाउँछन् ।

१६ बर्षकी गौरिकालाई सो कुराले निकै पोलेको रहेछ ।

‘धेरै मान्छे तिमी बाहिर बस्छ, नेपाली हैन भन्छन्, तर म नेपाली हो, यो मेडल नेपाललाई हो ।’ गौरिकाले देशप्रति समर्पणभाव जनाईन् ।

साग खेलकुदमा स्वर्ण जितेर निकै खुसी देखिएकी गौरिकाले सफलताको श्रय नेपाल अनि अभिभावकलाई दिईन् ।

गौरिकाले सागमा कुल ११ स्पर्धामा प्रतिस्पर्धा गर्नेछिन् । उनले दुई स्पर्धा बिहिबार सकेकी छिन् ।

व्यक्तिगत स्पर्धामा स्वर्ण जितिन् । टिम रिलेमा आफ्नै बलमा कास्य जिताईन् ।

उनले ४ सय मिटर फ्रिस्टाईललाई मुख्य लक्ष्य बनाएकी थिईन् । जसमा उनले पहिलो दिननै स्वर्ण जितेकी हुन् । हरेक स्पर्धामा उनी आफ्नो उत्कृष्ट दिने बताउँछिन् । बाँकी नतिजामै देखिने उनको दाबी छ ।

पहिलो दिनमै कीर्तिमानी स्वर्ण जितेकी गौरिकाको यो सागमा थप लक्ष्य के छ त ?

‘भोली राम्रो हुन्छ कि हुदैन, थाहा हुदैन । म कोशिश मात्र गर्न सक्छु ।’ उनको जवाफ छ ।

पौडीमा धेरै दाबी गर्न सकिन्न । नतिजा जे सुकै निस्कन सक्छ । तर मेहनत खेल्नेको हातमा हुन्छ । गौरिकाको बुझाई यस्तै छ ।

उनी नेपालमा बनेको नयाँ स्विमिङ पुल देखेर मख्खै परिन् ।

‘पुल राम्रो छ । बेलायत जस्तो पुल छ । तर यहाँ अलि जाडो छ ।’ उनले भनिन् ।

घरेलु खेलकुदमा प्राय जसो कीर्तिमान आफ्नो नाम गरेकी गौरिका हरेक नयाँ खेलाडीका लागि आईकन हुन् । उनका धेरै प्रशंसक छन् ।

तर गौरिका आफ्नो फ्यानबारे के भन्छिन् त ?

‘मेरो फ्यान छन् भन्दा अनौठौ लाग्छ ।’ गौरिका लजाउँछिन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक वर्षपछि सागको खर्च विवरण सार्वजनिक
साग खेलकुद – नयाँ अध्यायको सुरुवात
बास्केटबलका पदक विजेता खेलाडी सम्मानित
सागका पदकधारी टेनिस खेलाडी सम्मानित 
वर्षाको कारण खेलाडीको नगर परिक्रमा प्रभावित
खेलाडीको नगरपरिक्रमा आज
  • ताजा समाचार
  • खेल आज
युनाईटेड र चेल्सीको बराबरी
प्रादेशिक भलिबल रेफ्री कोर्स सम्पन्न
इन्टरको सहज जित
बेल चम्किदा टोटेनहमको सानदार जित
निजगढ युवा क्लबलाई उपाधि
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP