• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मंगलबार, असोज १६, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
विद्यालय खेलकुद विद्यालय खेलकुद
  • गृहपृष्ठ
  • विद्यालय खेलकुद
सृजना कप सामुदायिक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिता सुरु 
खेलपाटी संवाददाता
शनिबार, चैत ५, २०७८ खेलपाटी संवाददाता
सृजना कप सामुदायिक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिता सुरु 

पोखरा   । सृजना कप सामुदायिक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ ।

कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा शनिबारबाट प्रतियोगिता सुरु भएको हो ।

kamana bank
clasic tec

प्रतियोगिताको पहिलो दिन १६ खेल भएको थियो । जसमा छात्रतर्फ १३ र छात्रातर्फ ३ खेल भएको थियो ।

छात्रतर्फ पहिलो चरणका ८ र दोश्रो चरणका ५ खेल सम्पन्न भए । पहिलो चरण अन्तर्गत भएको खेलमा जनप्रिय माविले तालवाराही माविलाई २५–१९ र २५–१५, भविष्य निर्माण माविले लक्ष्मी माविलाई ३१–२९ र २५–१४, राष्ट्रिय माविले अमरसिंह माविलाई २५–१४ र २५–१८, गोगन माविले छोरेपाटन माविलाई २६–२४ र २५–१४, ईन्द्रराज्य लक्ष्मी माविले भवानी कालिका माविलाई २५–२० र २५–२२, ईन्द्रराज्य माविकै अर्को टिमले विन्ध्यबासिनी माविलाई २५–१९ र २८–२, कालिका माविले वाराही माविलाई २५–१९ र २५–२२ र भद्रकाली माविले राष्ट्रिय मावि (बी)लाई २५–२२ र २५–२३ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरण प्रवेश गरे ।

त्यस्तै शनिबारै भएको छात्रतर्फको दोश्रो चरणको खेलमा गोगन माविले छोरेपाटन माविलाई २५–१४ र २६–२४, ईन्द्रराज्यलक्ष्मी माविले भवानी कालिका माविलाई २५–१७ र २५–२२, शान्ता माविले जनप्रकाश माविलाई २५–१७ र २५–१४ र विन्ध्यबासिनी माविले तालवाराही माविलाई २५–१७ र २५–१९ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनल यात्रा तय गरे । अर्को खेलमा गौरीशंकर मनेलाल माविले जनप्रकाश माविलाई वाल्कओभर दियो ।

यसैगरी, शनिबारै भएको छात्रातर्फको खेलमा कन्या माविले ईन्द्रराज्य माविलाई २५–२०, २३–२५ र २५–१७ तथा लक्ष्मी माविले राष्ट्रिय माविलाई २५–६ र २५–१६ को सेटमा पराजित गर्गयो । अर्को खेलमा भने कालिका माविले भद्रकाली माविलाई वाल्कओभर दियो ।

प्रतियोगिता अन्तर्गत दोश्रो दिन आईतबार छात्रातर्फ शान्ता मावि र कन्या मावि, जनप्रिय मावि र लक्ष्मी मावि, विन्ध्यबासिनी मावि र तालवाराही मावि तथा भद्रकाली मावि र अमरसिंह माविबीच प्रतिष्पर्धा हुनेछ । त्यस्तै छात्रतर्फ शान्ता मावि र राष्ट्रिय मावि, भविष्य निर्माण मावि र ईन्द्रराज्य लक्ष्मी मावि, मेश्रम वराह मावि र गोगन मावि तथा महेन्द्र मावि र जनप्रकाश माविबीच प्रतिष्पर्धा हुनेछ ।

यसअघी ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ चैत ७ गतेसम्म हुने प्रतियोगिताको गण्डकी प्रदेशकी उपसभामुख सृजना शर्माले उद्घाटन गरेकी थिईन् । उनले खेलकुदको विकास र बिस्तार गर्न तीनै तहको सरकार लागि पर्नुपर्ने बताईन् ।

आयोजक सृजना विकास केन्द्रका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले प्रतियोगिताले विद्यालय स्तरबाटै भलिबल खेलको विकास गर्न सघाउने बताए । उनले भलिबल खेलकुदको विकास र बिस्तारका लागि सृजना विकास केन्द्र सदैव लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले भलिबलको जग मानिने सामुदायिक विद्यालयमा भलिबल खेलमा पुर्नजागरण ल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।  प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ । 

प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुका कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु सम्मिलित टिमहरुको सहभागिता छ ।

प्रतियोगितामा उपाधि बिजेता छात्र÷छात्रा दुबै तर्फकालाई एक÷एक लाख, उपबिजेतालाई ५०÷५० हजार र तृतीय हुने विद्यालयलाई ३०÷३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छात्र तथा छात्रालाई जनही ५÷५ हजारसहित ट्रफी तथा अन्य उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर र उत्कृष्ट ब्लकरलाई १÷१ थान भलिबल प्रदान गरिने अध्यक्ष पराजुलीले जानकारी दिए ।

ubro
khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
नेपाललाई भारतको २ सय ३ रनको लक्ष्य
नेपाललाई भारतको २ सय ३ रनको लक्ष्य
नेपालविरुद्ध यशस्वीको शतक 
नेपालविरुद्ध यशस्वीको शतक 
दीपेन्द्रलाई भारतको पहिलो विकेट
दीपेन्द्रलाई भारतको पहिलो विकेट
नेपालविरुद्ध भारतको उत्कृष्ट सुरुआत
नेपालविरुद्ध भारतको उत्कृष्ट सुरुआत
मुड्रिकको गोलमा चेल्सीको जित
मुड्रिकको गोलमा चेल्सीको जित
नेपालविरुद्ध यशस्वीको शतक  स्थानः समयः
दीपेन्द्रलाई भारतको पहिलो विकेट स्थानः समयः
नेपालविरुद्ध भारतको उत्कृष्ट सुरुआत स्थानः समयः
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
कार्यकारी सम्पादक भुपेश उपाध्याय
सम्पादक निशान राई
संवाददाता विशाल पन्त आशिष दाहाल सागर अधिकारी
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
क्रिएटिभ हेट हेमराज हमाल
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP