काठमाडौं । त्रिकोण पब्लिक स्कुल र नेपालयले पहिलो संस्करणको इस्टपोल अन्तरविद्यालय फुटबल अन्तर्गत छात्रतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
जोरपाटी नारायणटारस्थित आयोजक इस्टपोलको मैदानमा सोमबार भएको क्वाटरफाइनलमा त्रिकोणले लर्ड्स लाइट एकेडमीलाई २-१ ले पराजित गर्यो । अर्को खेलमा नेपालयले जीवन तारा एकेडमीलाई १-० ले पराजित गर्यो ।
छात्रतर्फ नै ब्राइट जोन इंग्लिश स्कुलले मनकामना हाई स्कुललाई ४-० ले पराजित गरेको छ । सांग्रिलाले ईस्टपोल बी लाई १-० ले पराजित गर्यो ।
अब सेमिफाइनलमा त्रिकोण र नेपालय तथा ब्राइट र सांग्रिला भिड्ने छन् ।
छात्रातर्फ सेमिफाइनलमा सांग्रिला र नेपालय तथा छहारी र जीवन ताराबीच खेल हुनेछ ।
सोमबार भएको क्वाटरफाइनलमा सांग्रिलाले ईस्टपोललाई १-० ले पराजित गर्यो । नेपालयले तारा सदन स्कुललाई १-० ले पराजित गर्यो ।
जीवन तारा एकेडमीले विट्स एकेडमीलाई १-० ले पराजित गर्यो ।
प्रतियोगितामा १५ विद्यालयका छात्रातर्फ १२ र छात्रतर्फ १५ टिमको सहभागिता रहेको छ ।