काठमाडौं । श्री गणेश स्कुलले प्रथम बीबीबीएचएस अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
आइतबार भएको फाईनल खेलमा पञ्चकन्या स्कुललाई १–० गोल अन्तरले हराँउदै श्री गणेश च्याम्पियन बनेको हो । गणेश स्कुलका सुजन तामाङले निर्णायक गोल गरेका थिए ।
तेश्रो स्थानका लागि भएको खेलमा सेन्ट जेभियरले टिआईएलाई टाईब्रेकरमा ५–४ गोलले हरायो । प्रतियोगितामा सेन्ट जेभियरका प्रितम लामाले सर्वोकृष्ट खेलाडीको उपाधि जिते ।
उपाधि बिजेता श्री गणेश स्कुलका संजिब तामाङले ४ खेलबाट ७ गोल गदै हाईस्कोरकर्ताको उपाधि जिते ।
पञ्चकन्याका अनिल गुरुङ बेष्ट किपर चुनिए । बिजेता टिम तथा खेलाडीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले पुरस्कृत गरेका थिए ।
बाल विकास बोर्डिङ मावि (बीबीबीएचएस) को आयोजनामा संचालन भएको प्रतियोगितामा २४ छात्र टिमको सहभागिताको थियो ।