काठमाडौं । ए डिभिजन क्लब सातदोबाटो युथ क्लबका कप्तान तथा राष्ट्रिय खेलाडी मान बाहादुर तामाङलाई पितृ शोक परेको छ ।
मानको बुबा कैलास तामाङको निधन भएको सातदोबाटोले जनाएको छ ।
'क्लबका टिम कप्तान मान बाहादुर तामाङको पुजनीय पिता कैलास तामाङको वैकुण्ठ बास भएको खबरले निकै मर्माहत तथा दुखित भएका छौ,' सातदोबाटोले भनेको छ, 'दुखद घडीमा स्वर्गीय आत्माको चिर-शान्तिको कामना सहित हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं र शोक सन्तप्त परिबारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछौ।'
यस्तै सातदोबाटोले बुवाको अवस्था जटिल रहेको खबर पाउँदा पनि मनाङविरुद्ध आफ्नो कर्ममा दत्त चित्त भएर खेल्दै टिमलाई जित दिलाउन सफल भएको भन्दै मानको प्रसंशा गरेको छ ।
ए डिभिजन लिग अन्तर्गत शुक्रबार सातदोबाटोले मनाङ मर्स्याङ्दीलाई २-१ ले हराएर सनसनी जित निकालेको थियो ।