इलाम । खेलपाटीकर्मी नमीन ढकाल सम्मानित भएका छन् ।
पत्रकारिताको माध्यमबाट इलामको फुटबल खेल प्रर्वद्धन गरेको भन्दै जिल्ला फुटबल संघले खेलपार्टीका प्रदेश १ संयोजक ढकाल सहित ३ जना पत्रकारलाई सम्मान गरेको हो ।
सम्मानित हुने अन्यमा विनय तिम्सिना र गणेश घिमिरे रहेका छन् । तीनै जनालाई जिल्ला लिगको समापनको अवसरमा सम्मान गरिएको हो ।
सम्मानित पत्रकारहरुलाई इलाम नगर प्रमुख महेश बस्नेत, एन्फाका केन्द्रिय सदस्य निरोज खड्गी र जिल्ला फुटबल संघका अध्यक्ष महेश श्रेष्ठले नगद सहित सम्मानपत्र प्रदान गरे ।