काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ ।
ललितपुरको एन्फा हेडक्वार्टरमा बिहीबार सुरु एन्फा बैठकमा समय अभावका कारण शुक्रबारसम्मका लागि स्थगित भएको हो ।
बिहीबारको बैठकले कुनै पनि एजेण्डामा ठोस निर्णय गर्न भने सकेन ।
एजेण्डामाथिको छलफल र निर्णय नसकिएका कारण बैठक शुक्रबार सम्मका लागि स्थगित गरिएको एन्फाले जनाएको छ ।
खेलाडीलाई पुरस्कृत गर्ने, घरेलु लिग सञ्चालन गर्ने, फ्रेन्चाइज फुटबल (एनएसएल)को सम्झौता गर्ने, लिगको पुरस्कार राशी, तयारी खर्च बढाउने लगायतका एजेण्डामा छलफल गर्न एन्फाको बैठक बिहीबार सुरु भएको हो ।
बैठक शुक्रबार बिहान ९ बजे सुरु हुनेछ । बैठक सम्पन्न भएपछि निर्णय सार्वजनीक गरिने एन्फाले जनाएको छ ।