एजेन्सी । सन् २०२७ को नेटबल विश्वकप अष्ट्रेलियामा आयोजना हुने भएको छ ।
इन्टरनेसनल नेटबल फेडेरेसनले नेटबलको विश्वकप अष्ट्रेलिया गर्ने निर्णय गरेको हो ।
फेडेरेसनको निर्णयसँगै विश्वकप सिड्नीमा आयोजना हुनेछ ।
विश्वकपको मिति भने तय भएको छैन ।
अष्ट्रेलियाले तेस्रो पटक नेटबलको विश्वकप आयोजना गर्न लागेको हो ।
यस अघि सन् १९९१ र २०१५ मा अष्ट्रेलियाले नेटबलको विश्वकप आयोजना गरेको थियो ।
अष्ट्रेलियाले नेटबलको विश्वकप कीर्तिमानी ११ पटक उपाधि जितेको छ ।
त्यसअघि सन् २०२३ को विश्वकप भने दक्षिण अफ्रीकाको केप टाउनमा हुनेछ ।