काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई १ लाख रुपैंयाँ आर्थिक सहयोग गरेको छ ।
रंगशाला निर्माणका लागि चलाईएको 'हाम्रो रंगशालामा मेरो कुर्सी' अभियान अन्तर्गत खेलाडी संघले रंगशालालाई १ लाख रुपैंयाँ आर्थिक सहयोग गरेको हो ।
संघले शुक्रबार हाम्रो रंगशालामा मेरो कुर्सी अभियानमा संघ सहभागी भएको र संघको नाममा एउटा कुर्सी खरिद गरेको जनाएको छ ।
अब धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालाको एउटा कुर्सीको नाम खेलाडी संघको नाममा हुनेछ ।
फाउण्डेशनले यस अभियानमा एक कुर्सीको लागि १ लाख सहयोग गर्नु पर्ने घोषणा गरेको थियो फाउण्डेशनले
खेलाडी संघले गत फागुन ८ गते आयोजना भएको एनएनआईपीए स्पोर्ट्स अवार्डबाट बचत भएको रकमले कुर्सी खरिद गरेको जनाएको छ ।
संघका अध्यक्ष दिपक श्रेष्ठको नतृत्वमा रहेको संघका पदाधिकारीले फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेललाई आर्थिक सहयोग प्रदान गरेका थिए ।
फाउण्डेशनले जनस्तरबाट आर्थिक रकम जुटाएर रंगशाला निर्माण गरिरहेको छ ।
पछिल्लो समय फाउण्डेशनलाई आर्थिक अभाव झेल्नु परेको छ ।