काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
एन्फा अध्यक्ष शेर्पाले बिहीबार आफुलाई कोरोना पोजेटिभ देखिएको बताएका छन् ।
शेर्पाले सामाजिक संजाल फेसबुकबाट आफुलाई कोरोना देखिएको बताएका हुन् ।
'आजको पीसीआर रिपोर्ट पोजेटिभ देखिएकोले बिगत केहि दिनबाट मेरो सम्पर्कमा आउनु भएका सबैमा सचेत रहन आग्रह गर्दछु,' उनले फेसबुकमा लेखेका छन् ।
बिहीबार नै राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिनालाई कोरोना भाईरसको संक्रमण पुष्टी भएको थियो ।
नेपाल ओलम्पिक कमिटिका उप-महासचिव समेत रहेका तिम्सिनाले सामाजिक संजालबाटै आफुलाई कोरोना पोजेटिभ देखिएको बताएका थिए ।