• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, मंसिर ३०, २०७६
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
अन्य
  • गृहपृष्ठ
  • अन्य
सागको तेस्रो दिन १५ खेल, सम्पूर्ण जानकारी
64x64
मगलवार, मंसिर १७, २०७६ खेलपाटी संवाददाता

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तेस्रो दिन आज मंगलबार विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

सागको दोस्रो दिन काठमाडौं र पोखरा गरि कुल १५ खेलको प्रतिस्पर्धा हुनेछ । सागको दोस्रो दिनसम्म नेपाल १५ स्वर्णसहित शीर्ष स्थानमा रहेको छ ।

सागमा मंगलबार एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो,ट्रायथोलन, टेनिस, भलिबल र उसुको प्रतिस्पर्धा हुनेछ ।

जसमा ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल र ट्रायथलन पोखरामा हुन्छ । अन्य खेल काठमाडौंमा हुनेछ ।

फुटबल :

सागको तेस्रो दिन पुरुष फुटबलमा दुई खेल हुनेछ । जसमा नेपालले भुटानसँग पहिलो खेल खेल्दैछ । नेपाल र भुटानबीचको खेल १ बजे दशरथ रंगशालामा हुनेछ ।

सिनियर ३ खेलाडीको साथ पाएको नेपाली टिमको कप्तानी सुजल श्रेष्ठले गर्नेछन् । अर्को खेलमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ । राउण्ड रोबिनका आधारमा हुने खेलको शीर्ष दुई टिम फाइनल प्रवेश गर्नेछन् ।

महिला फुटबलतर्फ पनि दुई खेल हुनेछ । पोखरा रंगशालामा हुने पहिलो खेलमा नेपालले श्रीलंकाको सामना गर्नेछ । खेल विहान १० बजे सुरु हुनेछ । हरि खड्काको नेतृत्वमा रहेको नेपाल निरु थापाको कप्तानीमा मैदान उत्रने छ । यस्तै दोस्रो खेलमा भारत र माल्दिभ्स भिड्नेछन् ।

भलिबल :

साग अन्तर्गत मंगलबार महिला र पुरुष दुबैतर्फको फाइनल खेल हुनेछ । त्रिपुरेश्वरको राखेप कभर्डहलमा महिलातर्फ स्वर्णका लागि नेपाल र भारतबीच खेल हुनेछ । खेल ४ बजे सुरु हुनेछ ।

पुरुषतर्फ भारत र पाकिस्तानले स्वर्णका लागि खेल्नेछ । खेल १ बजे हुनेछ ।


क्रिकेट :

साग क्रिकेट अन्तर्गत मंगलबार नेपालले टेष्ट राष्ट्र श्रीलंकाको यू-२३ टिमसँग खेल्दै छ ।

टियु क्रिकेट मैदानमा बलियो टोलीविरुद्ध मैदान उत्रँदा नेपाल प्रतियोगितामा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । स्वर्ण पदकको लक्ष्यमा रहेको नेपालको लागि फाइनल पुग्ने हो भने श्रीलंकामाथि जित महत्वपूर्ण हुनेछ ।

यस्तै पोखरामा हुने महिला क्रिकेटमा श्रीलंका र बंगलादेशबीच खेल हुनेछ ।

उसु :

सागको तेस्रो दिन मंगलबार उसुका खेलहरु सुरु हुनेछ । आर्मी क्लबको शारिरिक तथा प्रशिक्षण केन्द्रमा हुने खेल विहान ९ बजेबाट सुरु हुनेछ । थाउलो तथा सान्सो विधामा एकै दिन प्रतिस्पर्धा हुनेछ । थाउलो खेल विहान हुनेछ भने सान्सो साझ ४ बजेपछि हुनेछ । नेपालले उसुमा २२ स्वर्णको लागि प्रतिस्पर्धा गर्नेछ ।

सुटिङ :

सुटिङका खेलहरु पनि मंगलबारबाट सुरुहुँदैछ । सातदोबाटोस्थित सुटिङ हलमा खेलमा नेपालको महिला टिमले दुई खेलमा प्रतिस्पर्धा जनाउँदैछ । महिला टिमले १० मिटर एअर राईफल १० मिटरतर्फ तथा टिम इभेन्टतर्फ प्रतिस्पर्धा गर्दैछ ।
यस्तै पुरुष टिमले ५० मिटर थ्री पोजिसन तथा २५ मिटर सेन्टर फायरमा सहभागी जनाउँदैछ । सुटिङ तर्फ नेपालले ५ स्वर्णको लागि प्रतिस्पर्धा गर्नेछ ।

तेक्वान्दो :

तेक्वान्दोमा मंगलबार ४ स्वर्णको टुङ्गो लाग्दैछ । ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा मंगलबार गेरुगीतर्फ ४ स्वर्णको टुङ्गो लाग्न लागेको हो ।
तेक्वान्दोको पहिलो दिन पुम्सेमा नेपालले ७ स्वर्ण जितेको थियो ।

मंगलबार पुरुषको ५४ केजी र ६८ तथा महिलाको ४६ केजी र ५७ केजी स्पर्धामा नेपालले चुनौती पेश गर्नेछ ।
५४ केजीमा मनोज मल्ल, ६८ केजीमा विरबहादुर महराले चुनौती पेश गर्नेछन् भने महिलाको ४६ मा काजल श्रेष्ठ तथा ५७ केजीमा निमा गुरुङले नेपालको चुनौती पेश गर्नेछिन् ।

एथ्लेटिक्स :

मंगलबार एथ्लेटिक्सतर्फ ७ वटा स्वर्णको टुङ्गो लाग्दैछ । काठमाडौंको दशरथ रंगशालामा विभिन्न ९ स्पर्धामा प्रतिस्पर्धा हुने तय भएपनि ७ खेलको मात्र स्वर्णको टुङ्गो लाग्न भएको हो ।
तालिका अनुसार मंगलबार सय मिटर पुरुष र महिला स्पर्धाको हिट चरणको खेल हुनेछ ।यस्तै, हाई जम्पको महिला र पुरुष, १५ सय मिटर दौडको पुरुष र महिला, र सय मिटर दौडको पुरुष महिलाको फाईनल खेल मंगलबारनै हुनेछ । त्यस्तै १० हजार मिटर पुरुषको फाईनल खेल समेत मंगलबार राखिएको छ ।

खो खो :

खो खोतर्फ मंगलबार सेमिफाइनलको खेल हुनेछ । सेमिफाइनलमा भारतले श्रीलंका तथा नेपालले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

कराते :

साग अन्तर्गत करातेमा मंगलबार पनि विभिन्न पदकको लागि खेल हुने । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको कराते हलमा हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ । नेपालले ६ स्पर्धामा खेल्नेछ ।

सोमबार नेपालले ७ स्वर्ण जितेको थियो ।

ब्याडमिन्टन :

पोखरामा हुने ब्याडमिन्टनतर्फ सोमबार महिला टिम इभेन्टको फाइनलको खेल हुँदैछ । यस्तै अन्य प्रतिस्पर्धा सुरु हुनेछ । नेपालले सोमबार पुरुष र महिला टिमको दुवै स्पर्धामा कास्य जितेको थियो ।

गल्फ :

गोकर्ण फरेस्ट गल्फ क्लबमा मंगलबार बिहान १० बजेबाट गल्फको खेल सुरु हुनेछ । सागमा पुरुष ब्यक्तिगततर्फ नेपाल, बंगलादेश, श्रीलंका र भुटानले प्रतिस्पर्धा गर्दैछन् । महिलामा नेपाल, बंगलादेश र श्रीलंकागरी तीनदेशको मात्र सहभागिता रहेको छ । महिला टिम र एकल दुवैमा कम्तीमा सहभागी देशको कांस्य पदक पक्का भएको छ ।

टेबल टेनिस :

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा मंगलबार विभिन्न स्पर्धामा खेल हुनेछ ।

टेनिस :

सातदोबाटोस्थित टेनिस कोर्टमा मंगलबार पनि टिम इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । नेपालका पुरुष र महिला टिम सेमिफाइनलमा पुगेका छन् ।

पुरुषमा नेपालले भारतसँग खेल्नेछ । भारतले भने बाई पाएर सोझै सेमिफाइनलमा स्थान बनाएको छ ।

महिला टिम इभेन्टमा नेपाल र श्रीलंका सेमिफाइनलमा पुगेका छन् ।

ट्रायथलन :

पोखरामा आयोजना हुने ट्रायथलन अन्तर्गत मंगलबार दुवाथलनका खेल बिहान ८ बजे बाट सुरु हुने छ ।

सोमबार ईलाईट स्प्रिन्ट प्रतिस्पर्धामा महिलातर्फ नेपाली सोनी गुरुङले स्वर्ण जितेकी थिइन् । पुरुषमा बसन्त थारुले कास्य जिते ।

साइक्लिङ :

साग अन्तर्गत साइक्लिङको स्पर्धा मंगलबारबाट सुरु हुनेछ । तर, औपचारिक प्रतिस्पर्धा भने बुधबारबाट सुरु हुनेछ । साइक्लिङको प्रतिस्पर्धा सहिद पार्क गोकर्णमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
सागका पदकधारीलाई ललितपुर महानगरले सम्मान गर्ने
साइक्लिङका स्वर्णधारी बुद्धि सम्मानित
फुटबलका सबै खेल अब नेपाल टेलिभिजनमा
रुझ्दै नगरपरिक्रमा
वर्षाको कारण खेलाडीको नगर परिक्रमा प्रभावित
खेलाडीको नगरपरिक्रमा आज
  • ताजा समाचार
  • खेल आज
आर्सनलविरुद्ध सिटीको सहज जित
ग्रीन गोदावरी पिएफएलाई उपाधि
भारतमाथि वेष्ट इण्डिजको शानदार जित
ग्रीनवुडको गोलमा युनाइटेडको हार टर्यो
युभेन्ट्सको जितमा रोनाल्डोको दुई गोल
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत रोजिना केसी
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
वरिष्ठ संवाददाता रेवन दाहाल दिपेश तिमलसिना
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2019 Web Design by : SoftNEP