काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा रहेका ट्रायथोलन र दुवाथलन खेलाडीलाई प्रशिक्षण दिन अष्ट्रेलियाका प्रशिक्षक लार्स ओल्सेन नेपाल आएका छन् ।
नेपाल ट्रायथोलन संघले सागका लागि प्रशिक्षक ओल्सेनलाई नेपाल बोलाएको हो । संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले सागमा राम्रो नतिजा हासिल गर्न विदेशी प्रशिक्षक झिकाएको जानकारी गराए ।
'हामीले उनलाई अगष्टबाट ल्याउन तयारी गरेका थियौं । तर, राखेपबाट स्वीकृत नहुँदा ल्याउन सकिएन । अहिलेपनि स्वीकृत भएको छैन,' अध्यक्ष श्रेष्ठले भने, 'सागमा हाम्रो लक्ष्य छ । त्यसका लागि हामीले अष्ट्रेलियान प्रशिक्षक ओल्सेन लाई ल्याएका हौँ ।'
अध्यक्ष श्रेष्ठले प्रशिक्षक ओल्सेन १३ औं सागसम्मै नेपालमा रहने जानकारी गराए ।
नेपालमा आयोजना हुने साग यहीं मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुनेछ ।