काठमाडौं । रेस्लिङ च्याम्पियनसिपमा जमुना तामाङले दोहोरो जित हात पारेकी छन् । पहिलो खेलमा शान्ता धामीलाई पराजित गरेकी जमुनाले दोश्रोमा लक्ष्मी घर्ती मगरलाई हराइन् ।
नेपाल महिला रेस्लिङ फाउन्डेसनले विजयादशमीको अवसरमा आयोजना गरेको प्रतियोगिताको अन्य खेलमा भगवती खड्का (युनिका) ले सिर्जना कोजु तथा गीता जिरेलले तनु ठकुरीलाई पाखा लगाए ।
विजेतालाई ट्रक व्यवसायी संघका अध्यक्ष जनार्दन फुयाल, एलएसएए मल्टिपर्पज कम्पनी प्रा.लि. की प्रोप्राइटर लक्ष्मी श्रेष्ठलगायतले पुरस्कृत गरे । प्रतियोगितालाई फुयालले ५० हजार तथा श्रेष्ठले १० हजार नगद पनि प्रायोजन गरेका थिए ।
अन्य प्रायोजकहरुमा ज्योति विकास बैंक, महालक्ष्मी बैंक, नेपाल दूरसञ्चार प्राधिकरण र होङसी सिमेन्टले प्रायोजन गरेको आयोजकले जनाएको छ ।
शान्तिनगरमा भएको एकदिने प्रतियोगितामा अस्मिता जुरेलीले निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।