पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको २०० मिटर दौडमा एपीएफका शिवराज पार्की र लुम्बिनीकी निशा चौधरीले स्वर्ण पदक जितेका छन् ।
शिवले पुरुष र निशाले महिलातर्फ स्वर्ण जितेका हुन् ।
पोखरा रंगशालामा बिहीबार पुरुषतर्फ शिवले निर्धारित दुरी २१.९१ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।
एपीएफकै आशिष चौधरीले २२.०५ सेकेन्डको समय निकाल्दै रजत जिते ।
कास्य जितेका आर्मीका युवराज बिकले २२.५० सेकेन्डको समय निकाले ।
![No description available.](https://scontent.fpkr2-1.fna.fbcdn.net/v/t1.15752-9/312342800_643993867345946_1365801881549084581_n.jpg?_nc_cat=105&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=Q4g_ldvlI2IAX8QgD9q&_nc_ht=scontent.fpkr2-1.fna&oh=03_AdT4SoD3M9ROxL1Pk8UX3IpVo4rddX3YgTtPbG4LJcBmzw&oe=6376A206)
महिलातर्फ लुम्बिनीकी निशाले २५.२४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् ।
एपीएफकी रमिता कुमारी थारुले २५.९५ सेकेन्डको समय निकाल्दै रजत हात पारिन् ।
पुलिसकी लक्ष्मी साउदले २६.५२ सेकेन्डको समय निकाल्दै कास्य पदक जितेकी छिन् ।
![No description available.](https://scontent.fpkr2-1.fna.fbcdn.net/v/t1.15752-9/312380885_1313206259417799_7176097644247508672_n.jpg?_nc_cat=111&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=WB5Hip164c0AX85LWrQ&_nc_ht=scontent.fpkr2-1.fna&oh=03_AdSX9oLQw7tRo_HgSv8D-e00YL1Gigo-JA7ei5ON9vSd-w&oe=63746436)