• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, चैत्र ३०, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
मेरो कुरा
  • गृहपृष्ठ
  • मेरो कुरा
सम्पादकीय : व्यावसायिक फुटबलको कोशेढुङ्गा
64x64
सोमवार, चैत्र २, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । फुटबल विश्वमै लोकप्रिय छ, अझ नेपालमा पनि । पछिल्लो समय अन्तराष्ट्रिय सफलता हासिल गर्न थालेपछि क्रिकेट पनि नेपालमा लोकप्रिय बनेको छ । ठोकुवा त हैन, तर फुटबलनै नेपालमा बढी लोकप्रिय मानिन्छ । तर जतिनै लोकप्रिय भएपनि फुटबलले व्यावसायिक फड्को हान्न सकेन ।

तुलनात्मक रुपमा नेपालमा फुटबलरले खेलेरै पैसा कमाउँछन् । तर खेलाडीले फुटबलमा भविष्य देख्न सकिरहेका छैनन् । घरेलु खेलकुदमा फुटबल संघ वर्षभरीनै व्यस्त रहन्छ । फुटबलमा अरु खेलको तुलनामा बजेट छ, कार्यक्रम छ, प्रतियोगिता व्यवस्थित छन् । तर फुटबल व्यावसायिक बाटोतर्फ अघि बढ्नै सकेको थिएन ।

यसका धेरै कारण छ । तर मुख्य कारण नेपाली फुटबलको घरेलु संरचना नै हो । नेपालका जति पनि डिभिजन क्लब छन्, ती सबै काठमाडौं वरपर छन् । नेपाली फुटबल काठमाडौं बाहिर जानै सकेनन् । समग्र देशलाई फुटबलले जोड्नै सकेन । उदाहरण हेरौं न, ललितपुर एउटै जिल्लामा ५ वटा ए डिभिजन क्लब छन् । एउटा जिल्लाले कसरी थेग्छ ५ वटा शीर्ष डिभजिनको क्लब ? न फुटबल खेल्ने क्लबलाई थाहा छ, न फुटबल खेलाउने एन्फा नेतृत्वलाई ? यो संरचनाबाट फुटबलको विकास सम्भव थिएन ।

आईतबार नेपाली फुटबल ईतिहासमा एउटा नविनतम कार्यको थालनी भएको छ । फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) का टिम र मालिक सार्वजनिक गरिए । अब पक्का भयो, घरेलु फुटबलमा फ्रेन्चाइज लिग सुरु हुनेछ । प्रारम्भमै यसले दुई राम्रो संकेत गरेको छ । पहिलो, फ्रेन्चाइज टिमहरु प्रादेशीक संरचना अनुसार तयार गरिएका छन् । यसमा सिंगो देशको प्रतिनिधित्व भएको छ । दोस्रो, फुटबलमा व्यावसायिक घरानाहरुको प्रत्यक्ष जोडिएका छन् । त्यसको प्रत्यक्ष फाईदा नेपाली फुटबलले पाउनेछ । जसको नतिजा निकट भविष्यमा देखिदै जानेछ ।

No description available.

यसको सबैभन्दा बढी फाईदा खेलाडीलाई हुनेछ । लटरपटर घरेलु लिग संरचनाबाट वाक्क भएका खेलाडीलाई व्यावसायिक फुटबल आयआर्जनको राम्रो माध्यम बन्न सक्छ । प्रारम्भमै केही खेलाडीले मोटो रकमले गोजी भरिसकेका छन् । निकट भविष्यमा अझ यो बढ्दै जानेछ । विस्तारै खेलाडीले फुटबल खेलेरै मनग्य आर्जन गर्न सक्ने अवस्था सिर्जना हुने देखिन्छ ।

व्यावसायिक फुटबलकै कुरा गरेर हाम्रो धेरै पुस्ता बित्यो । तर खेलाडी पलायन हुन रोकिएनन् । लिगकै उत्कृष्ट खेलाडी बनेका हेमन गुरुङ गत वर्ष मात्र अष्ट्रेलिया पलायन भए । जब सम्म नीजि क्षेत्र फुटबलसंग जोडिदैनन्, तब सम्म खेलकुद पूर्व व्यावसायिक बन्न सक्दैन । एनएसएल मार्फत नीजि क्षेत्र फुटबलसँग जोडिन आएको छ । के सिंगो खेलकुदले स्वागत नगर्ने त ?

प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘क्लब लाइसेन्सिङ खुल्ला गर्नुपर्छ’
‘एनएसएलले नेपाली फुटबलमा इतिहास कोर्नेछ’
खेलाडीले अब कसलाई गुहार्ने ?
नेपाली फुटबलले चाहेको एन्फा !
कमसेकम खेलाडी माथि न्याय गरौं !
'खेलकुद ऐन प्रगतिशिल देखिन्छ'
  • ताजा समाचार
  • खेल आज
पीएसएलको बाँकी खेल जुन १ बाट
आईपीएल - राजस्थान र पन्जाब भिड्दै
इन्टरलाई ११ अंकको अग्रता
बराबरीमा रोकिएको एट्लेटिको शीर्षमा
आर्सनलको सहज जित
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
वरिष्ठ संवाददाता जितु साउँद
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP