चन्द्र लक्ष्य ।
काठमाडौं । भारतले २३ बर्ष मुनिको टिमलाई साफमा पठाउदाँ सबैले आलोचना गरेका थिए ।
के उसले अरु टिमलाई हेपेको हो ?
भारतले साफलाई कमजोर आँकेकाे हो ?
तर हाम्रो सोच गलत रहेछ ।
भारतीय फुटबलले कतिसम्म फड्को मारेको छ भन्ने कुरा साफ च्याम्पियसिपको प्रदर्शनले देखाउछ ।
पाकिस्तानलाई सेमिफाईनलमा ३–१ ले हराउदै भारतले साफको फाईनलमा स्थान बनाएको छ ।
अब हामीले गर्न पाएनौ । दिएनौ भन्ने ठाउँ छैन ।
नेपाली फुटबललाई माथि उकास्ने हो र प्रगति गर्ने हो भने नेतृत्व परिवर्तन गरेरमात्र हुदैन । नेपाली फुटबललाई हाँक्ने प्रविधि र प्राविधिक सबै फेर्न आवश्यक छ । नेतृत्वमात्र होईन पुरै प्रणाली परिर्वतन गर्न आवश्यक छ ।
हामीले गर्ने अभ्यास । सिक्ने तरिका र हाम्राे फुटबल दर्शन विकास गर्ने समय अाएकाे छ ।
जसरी दुई तिहाई सरकार देश चलाउन असमर्थ देखिएको छ । त्यसरीनै दुई तिहाई एन्फा नेतृत्व फुटबल चलाउन चुक्दैछ ।
अब नेपाली नेपाली फुटबल प्रगति नहुनुलाई हिजोलाई दोष दिएर उम्किन मिल्दैन । किनभने अहिले जिल्ला, क्लब र केन्द्र सबै एकताले भरिएको छ । काम गर्ने वा गरेजस्तो गर्ने एन्फा नेतृत्वको हातमा छ ।
हिजो हामीले टक्कर दिने टिम आज एशियाली पावर हाउस बन्दैछ । उसले स्तर बढाएको छ । भारतको पुरुषमात्र नभएर महिला फुटबल, सिनियर र उमेर समुहको फुटबललाई नेपालले प्रतिस्पर्धा गर्न हम्मेहम्मे पर्ने देखिएको छ । भारतले काम गरेको छ, हाम्रो नेतृत्वले गफ ।
परिवर्तन के भाषणमा मात्र सिमित हुने हो ?
के नेपाली फुटबलमा परिवर्तन सम्भव छैन ?
जवाफ आवश्यक छ ।