• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
म्याराथन
  • गृहपृष्ठ
  • म्याराथन
नेपालगन्ज म्याराथनको विजेताले १ लाख ५० हजार पाउने
खेलपाटी संवाददाता
बिहीबार, मंसिर १, २०७९ खेलपाटी संवाददाता
नेपालगन्ज म्याराथनको विजेताले १ लाख ५० हजार पाउने

नेपालगन्ज ।  आठौं धारा नेपालगन्ज म्याराथनको विजेताले १ लाख ५० हजार नगद पुरस्कार पाउने भएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट र केएल दुगड ग्रुपका प्रबन्धनिर्देशक कुमुद दुगडलाई साक्षी राख्दै आयोजक क्रियटिभ ह्याण्ड्सले बिहीबार नगद पुरस्कार घोषणा गरेको हो ।

म्याराथनको अफिसियल होटल सोल्टी वेष्टन्ड प्रिमियरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष एवं नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बिभिन्न विधाको नगद पुरस्कार घोषणा गरे । 

शीर्ष आठ धावकलाई नगदबाट पुरस्कृत गर्ने क्रममा म्याराथन (४२.१९५किमी) तर्फ दोस्रोलाई ६० हजार, तेस्रोलाई ३० हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई ८ हजार, सातौंलाई ७ हजार र आठौंलाई ६ हजार नगद, पदक र प्रमाणपत्रले कदर गरिनेछ ।

त्यसैगरी महिला हाफ म्याराथनतर्फ प्रथमलाई ६० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई १५ हजार, चौथोलाई १० हजार, पाँचौंलाई ८ हजार, छैटौंलाई ७ हजार, सातौंलाई ६ हजार र आठौंलाई ५ हजार नगद, पदक र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।

पुरुष १० किमी खुलातर्फ प्रथमलाई ३० हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार तथा महिला ५ किमी खुलातर्फ प्रथमलाई २० हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई ७ हजार प्रदान गरिनेछ । त्यस्तै विद्यालयस्तरी ५ किलोमिटर छात्र दौडमा प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार एवं ३ किमी छात्रातर्फ प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजारले पुरस्कृत गरिनेछ । ह्वीलचेयरमा शीर्ष तीन जनालाई १०हजार, ७ हजार र ५ हजार नगदले पुरस्कृत गरिनेछ ।

कर्पोरेट रनतर्फका विजेतालाई पोखरा अन्तर्राष्ट्रिय म्याराथनको रन फर फनमा सहभागी गराइनेछ । त्यसमा हवाई टिकट सहित दुई दिनको आवास तथा भोजनको व्यवस्थापन नेपालगन्ज म्याराथनले प्रदान गर्नेछ । किड्स रन तथा वाकाथनतर्फ गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । म्याराथन पुरा गर्ने सबैलाई फिनिसर मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले जानकारी गराए ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रमुख बिष्टले नेपालगन्ज म्याराथनले सम्पुर्ण नगरवासीलाई गौरवबोध गराउन सफल भएकोमा आगामी बर्षदेखि उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘शीर्ष धावकले बर्लिनभन्दा पनि राम्रो रुट नेपालगन्ज म्याराथनको रहेको सुन्दा निकै खुशी लाग्यो ।’ उनले भने–‘यसले अन्तर्राष्ट्रिय स्वरुप ग्रहण गर्दै पर्यटकीय क्षेत्रमा पनि ठुलो आशा जगाइदिएको छ, नेपालगन्ज र कोहलपुर –नगरपालिकाले संरक्षकत्व लिने भइसकेका छौं, क्रमशः अन्य पालिकालाई पनि जोड्दै जानेछौं ।’

टाइटल स्पोन्सर धारा तेलको उत्पादक केएल दुगड ग्रुपका प्रबन्धनिर्देशक कुमुद दुगडले धारा तेल र म्याराथनको अन्यानोश्रीत सम्बन्ध रहेको हुँदा सहकार्य गर्दै अघि बढेको बताए । ‘हामी नेपालगन्ज म्याराथनलाई धेरै उपल्लो उचाइमा लैजान तयार छौं, आयोजकसँग छलफल गरेर अगाडि बढ्ने वचन दिन चाहन्छु ।’ प्रबन्धनिर्देशक दुगडले भने–‘नेपालगन्ज म्याराथन अन्तर्राष्टिय जगतमा पुग्न सफल छ, हामी पनि हाम्रा उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुराउँदैछौं, हाम्रो उद्देश्य अवश्य मिल्छ ।’

नेपालगन्ज म्याराथनका संरक्षक सदस्य सञ्जय सिंहले एम्सको सदस्यता प्राप्त गरी सिंगो ठाउँलाई गौरव गर्ने ठाउँमा पुगेकोमा निकै खुशी लागेको चर्चा गरे । ‘सम्पुर्ण सहरवासी र छिमेकी पालिकावासी सबैले यसमा साथ दिऔं ।’ उनले भने–‘यसमा गरेको लगानीले अवश्य प्रतिफल उठाउनेछ ।’

आठौं धारा नेपालगन्ज म्याराथन यही मंसिर २४ गते शनिबार आयोजना हुँदैछ । नेपालगन्ज उपमहानगरपालिका अगाडि सुरु÷समापन गेट रहने आठौं धारा नेपालगन्ज म्याराथन जानकी गाउँपालिकाको केही स्थान छुँदै कोहलपुर नगरपालिकादेखि उत्तरतर्फ बानियाभारसम्म पुगेर पुन सोही रुटमा फर्किएर बीपी चोकस्थित फिनिसिङ प्वाइन्टमा सम्पन्न हुनेछ । लामो दुरीका धावकलाई उत्साह थप्न सम्पुर्ण जिल्लावासीलाई आआफ्नो तहबाट सहभागिता जनाउन आग्रह गरिएको छ । सहभागिता एवं सक्रियताका आधारमा व्यक्ति एवं संघसंस्थालाई सरप्राइज पुरस्कार तथा सम्मानपत्र प्रदान गरिनेछ । यसको घोषणा चाँडै गरिने आयोजकले जनाएको छ ।

हरेक वर्ष मंसिरको पहिलो शनिवार आयोजना हुँदै आएको आठौं धारा नेपालगन्ज म्याराथन आमनिर्वाचनका कारण तीन साता पछाडि सारिएको हो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लन्डन म्याराथनमा सन्तोषीको नयाँ राष्ट्रिय कीर्तिमान
लन्डन म्याराथनमा सन्तोषीको नयाँ राष्ट्रिय कीर्तिमान
सन्तोषी लन्डन जाने
सन्तोषी लन्डन जाने
त्रिशुली अल्ट्रा रेसमा होमलाल र सुनसरी पहिलो
त्रिशुली अल्ट्रा रेसमा होमलाल र सुनसरी पहिलो
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको विजेताले ५ लाख पाउने
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको विजेताले ५ लाख पाउने
सात प्रदेशमा ७ धावकले म्याराथन्स च्यालेन्ज खेल्ने
सात प्रदेशमा ७ धावकले म्याराथन्स च्यालेन्ज खेल्ने
काठमाडौंमा ‘पिंक केयरएथन’ हुने
काठमाडौंमा ‘पिंक केयरएथन’ हुने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP