काठमाडौं । आईटीएफ एसिया यु–१२ टिम प्रतियोगिताअन्तर्गत दक्षिण एसियाली क्षेत्रीय क्वालिफाइङका लागि नेपाली टेनिस खेलाडी छनोट भएका छन् ।
ब्वाइज÷ गर्ल्समा ३–३ गरी ६ खेलाडी छनोट प्रतियोगिताबाट छानिएको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।
ब्वाइजमा वृजेश अर्याल, आद्रित नेपाल, अशभसम्राट हाडा तथा गर्ल्समा शिभाली गुरुङ, प्राज्ना मानन्धर र कर्मिस्था नुगाह श्रेष्ठ छानिए ।
क्वालिफाइङ जुन १३ देखि १८ तारिखसम्म सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ । सातै राष्ट्रको सहभागिता रहने टेनिस संघले जनाएको छ ।
ब्वाइज÷गर्ल्समा पहिलो र दोश्रो हुने राष्ट्र फाइनल प्रतियोगिताका लागि छनोट हुने छन् । फाइनल प्रतियोगिता भने काजाकिस्तानमा हुँदैछ ।