• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मंगलबार, साउन २४, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
खेलपाटी विशेष खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
umbro
धन्यवाद भारत !
हेम राज हमाल
सोमबार, साउन १६, २०७९ हेम राज हमाल
धन्यवाद भारत !

भुवनेश्वर । धन्न भारत छ र बेला बेलामा नेपाली फुटबललाई झक्झकाई दिन्छ । यदि भारत नभएको भए नेपाली फुटबलको महत्व पनि यति बढ्ने थिएन होला । नत्र त जित्ने बेलामा बधाई दिन हतारिने हातहरुको अगाडी हाम्रो वास्तविकता सँधै ओझेलमा पर्ने थियो ।

दक्षिण एसियाली फुटबलमा हामीले सँधै भारतलाई तगारो मानिरह्यौँ तर सबैभन्दा ठूलो पाठ हामीलाई उसैले पढाउछ ‌‌। हामीलाई प्रेरित गर्छ अगाडी बढ भनेर ।‌ कति सँधै 'गोर्खाली हौँ' भन्दै भावनामा मात्र बग्छौ ? अब साँच्चै 'वीर गोर्खाली' बन, प्रगति गर फुटबलमा हामीले जस्तै । धेरै केही नगरेपनि हाम्रै अनुसार योजनावद्ध रुपमा फुटबल अगाडी बढाउने आँट त गर । कहिलेसम्म हामीलाई गाली गर्दै आफ्नो कमजोरी छोप्छौ ?

यो दुर्दशाको इतिहास लामो छ । वर्तमान युवा टोली त यसको एक उदाहरण मात्र बन्नेछ ‌। भारतलाई जित्न मात्र संघर्ष गर्नुपर्ने भए के अर्थ यति ठुलो फुटबल सत्ताको । के अर्थ एन्फाको राजनितिक शक्तिको ?

 'खेल जित्नु सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । राम्रो अन्तरले जित्दा खेलाडीहरूलाई उनीहरूले प्रतिद्वन्द्वी रक्षालाई तोड्न सक्छन् भन्ने विश्वास दिन्छ। मलाई आशा छ कि हामी अर्को खेलमा पनि यस्तै मानसिकता बोक्न सक्छौं‌,' भारत यू-२० का प्रशिक्षक भेन्कटेश शनमुगम‌ले श्रीलंकाविरुद्धको खेल पछि भनेका थिए, 'यो पहिलो जित मात्र हो। श्रीलंकाविरुद्धको प्रदर्शन राम्रो थियो । तर अब हामीले नेपालसँगको खेलमा ध्यान केन्द्रित गर्नुपर्छ ।'

May be an image of 5 people, people standing and grass

भारत यू-२० टोलीले घरेलु स्तरमा हिरो आई-लीग  र आइएफए शिल्डमा विगत दुई सिजनमा लगातार प्रतिस्पर्धा गरेको छ  । जसमा यू-२० का अधिकांश खेलाडीहरू भारतीय एरोबाट ड्राफ्ट गरिएका छन्। बलियो शारीरिक क्षमता बोकेका खेलाडीहरु पहिलो खेलमा बंगलादेशसँग हतास देखिए‌ । खेल‌ गुमाए । शनमुगम स्तब्ध थिए ।‌ श्रीलङकामाथिको जित भारतलाई राहत थियो ।‌

सायद नेपाली टोलीको अपेक्षा पनि यहिँ थियो । बंगलादेशले सक्छ भने हामीले पनि सक्छौँ ।‌ यो विचार गलत होइन । एउटा भर्खरै तयार पारिएको युवा टोली जसले ठुलो स्तरमा फुटबलको दर्शनसम्म पनि‌ पाएको‌ छैन, त्यस्तो टोलीले एकाएक उपमहाद्वीप स्तरको प्रतियोगितामा खेल्दा यस्तै आत्मविश्वास राखेको हुनुपर्छ । 

तर, वास्तविकता फरक थियो । अहिलेको बंगलादेश‌पनि हाम्रो स्तरभन्दा निकै माथि पुगिसकेको छ । नेपाली फुटबलले यो तितो सत्यलाई जति चाँडो बुझ्छ त्यतिनै राम्रो ।‌‌ किनकि फुटबल भावनाले मात्र खेलिदैन ।‌ फुटबलमा अन्य राष्ट्रले योजनावद्ध प्रगति गरिरहेका छन् ।‌ दक्षिण एसियाली फुटबलको प्रशासनिक क्षेत्रमा आमुल परिवर्तन आइसक्यो । जारी यू- २० साफमा भारतलाई पराजित गर्ने बंगलादेशको टोली पनि बिएफएफको एलिट एकेडेमीबाट उत्पादित टोली हो । जसले बंगलादेशमा वर्षैभरि रिजर्भ च्याम्पियन्स लिग खेल्छ । पछिल्लो समय उनीहरुको शारिरिक वनावट विकासको‌ लागि बिएफएफले विज्ञानमा लगानी गरिरहेको छ । अब त्यही फेरिएको बंगलादेशलाई जित्नैपर्ने दबावमा नेपाल छ ।‌ त्यो पनि ठुलो अन्तरमा ।

प्रशिक्षक भेन्कटेशले भनेझैँ भारतीय टोलीले नेपालविरुद्ध सामान्य जित मात्र हेरेको थिएन ठुलो अन्तरमा जित हेरेको थियो । र, उसले त्यो प्राप्त पनि गर्यो ।

May be an image of 10 people, people standing, people playing sports and grass

खेल विश्लेषण :

आक्रमणमा छोटो छोटो फेरबदल र एकरुपताले डिफेन्डिङ च्याम्पियन भारत कलिंगा स्टेडियममा नेपालविरुद्ध ८-० को फराकिलो जित दर्ता गर्न सफल रह्यो ।

भारतको बलमाथि कब्जा र वर्चस्व खेल अवधिभर थियो । शान्मुगम भेन्कटेशले आक्रमणमा सुरुवात देखिनै रहन टोलीलाई निर्देशन दिए। ३२ औं मिनेटमा स्मार्ट टाइसनले पाएको उपहार सदुपयोग गरे । त्यसबेलासम्म भारतलाई विफल पारिरहेका नेपालका गोलकिपर ईश्वरले बायाँबाट महेसन सिंहको क्रसलाई नियन्त्रणमा राख्न सकेनन् । टाइसनले स्मार्ट हेडरबाट गोलको खाता खोले ।

पहिलो हाफमा भारतलाई १-० मा  रोक्न नेपालको डिफेन्स सफल थियो ।  दोश्रो हाफको पाँच मिनेटपछि अग्रता दोब्बर भयो । भारतका हिमान्शु जाङग्रा नेपाली डिफेन्सको पोजिसनलाई‌ फेइन्ट गर्दै बक्सभित्र पसे । पार्थिवको लागि सेटअप राखे र गोल भयो । तेस्रो गोल, करिब दुई मिनेट पछि‌ भयो । जाङ्ग्राले यसपटक दुई डिफेन्डरहरूको बीचबाट बल सप्लाई गरे । पार्थिवले यसलाई पछ्याउँदै क्लिनिकल फिनिशको लागि ईश्वरमाथि सजिलो लब गरे । ६६ औं मिनेटमा टाइसनले रिबाउन्डमा गोल गर्दै आफ्नो दोस्रो गोल गरेका थिए ।

त्यसको चार मिनेटपछि पार्थिवलाई बक्सभित्र नेपाली खेलाडीले लडाए । र रेफ्रीले सोझै स्पटतर्फ औंल्याएपछि जाङ्ग्राले पेनाल्टीमा खुसीसाथ गोल गर्दै ५–० को अग्रता बनाए । त्यसको आठ मिनेटपछि भिविन मोहननको क्रसमा ६–० को बराबरी भयो जसलाई सब्स्टिच्युट टंकधर बागले ट्याप इन गरे । ८९औं मिनेटमा सब्स्टिच्युट गुरकिरतले गोल गर्दै भारतलाई ७–० को अग्रता दिलाएका थिए । अन्तिममा शुभ पलले थपिएको समयमा टंकधरको‌ क्रसमा राउट ट्यापिङ पूरा गरे । र ८-० को जित भारतलाई दिलाए ।

May be an image of 4 people, people standing, grass and text that says 'FIFA FIFA REFEREE NEPAL P TM P'

स्कोरसिटमा उस्तै अनुहारहरू थिए जसमा हिमांशु जांग्रा, गुरकिरत सिंह र पार्थिव गोगोई सबैले श्रीलंकाविरुद्धको अन्तिम आउटजस्तै नेट फेला पारेका थिए । गोगोई र टाइसन सिंह लोइङ्तोम्बमले एक-एक गोल गरे भने वैकल्पिक खेलाडी शुभो पलले खेलको अन्तिम समयमा आठौं गोल गरे ।

नेपालले खेलभर कुनै पनि वास्तविक अवसर सिर्जना गर्न सकेन । उनीहरुको संघर्ष हेर्दा अगाडीका दुई प्रभावशाली जित निकाल्ने टोली जस्तो देखिएन ।

अघिल्लो खेलमा लगातार दोश्रो हाफमा आएर गोल गरिरहेका मनग्य नकर्मीलाई नेपालले भारतविरुद्ध सुरुवातमै मौका दिएको थियो । उनलाई वाइड विङ्गमा राखेर कृतिस रत्नलाई सेन्टरबाट अपरेट गर्ने नेपालको योजना थियो । किनकी कृतिस क्रियटिभ मिडफिल्डर हुन् । नेपालको यो रणनीति सफल भएन । मनग्य हराए नत कृतिसले नै सेन्टरबाट कुनै इम्प्याक्ट राख्न सके ।

फरवार्डमा बेला बेला रन बनाईरहेका सुगमले पनि चाहिने जति भारतिय ब्याकलाइनलाई पेनिट्रेट गर्न सकेनन् । खेल अवधिभर प्राय सोलो स्ट्राइकर भएर खेले । उनलाई थप स्पेस दिन बिचमा आयुस घलानले साइड स्विच गरे । तुलनात्मक रूपमा नेपालले भारतको दाँयातिरबाट केहि मुभहरु बनाइरहेको थियो । धेरै क्षेणमा सुमित श्रेष्ठ भारतीय डिफेन्स लाई बिट गर्न सफल भएका थिए । आयुस त्यता पुगेपछि नेपालले २/३ वटा अवसर पनि बनायो तर फिनिश गर्न सकेन ।

डिफेन्सिभ मिड र डिफेन्स लाइन‌ले सम्हालिने मौका नै पाएन । न त तालमेल मिलाउन सक्यो । प्रतियोगितामा अहिलेसम्म नेपालले ७ गोल गर्दा‌ कुनै गोल कन्सिड गरेको थिएन ‌‌। एकै खेलमा भारतविरुद्ध ८ गोल बेहोर्यो ‌। नेपाली डिफेन्स पुर्णतया एक्सपोज भयो । म्यान मार्किङ र फरवार्डको स्पेस कभरिङ गर्नमा चुक्यो । भारतले यहि कमजोरी बुझेर वाइड बाट एकपछि अर्को दबाब बनायो । ठुलो स्तरमा कत्ति अनुभव नभएको नेपाली डिफेन्स अजय चौधरी अलिकति घाइते भएपछि झनै पीडित बन्यो ।

नेपाली टोलीका सहायक प्रशिक्षक बाल गोपाल साहुखलले पत्रकार सम्मेलनमा तत्काल प्रतिक्रिया दिए,'जब टिम जितिरहेको हुन्छ कमजोरी त्यति देखिदैन। तर एउटा हारले धेरै कमजोरी दर्शाउँछ । यो फुटबल हो । हो हामीले यति ठुलो अन्तरको हार स्विकार गर्न सक्दैनौँ तर यो वास्तविकता हो । आजको खेलले हाम्रो 'ग्राउन्ड रियालिटी' देखाएको छ । हाम्रो युवा खेलाडीसँग अनुभव छैन उनिहरुले दवाव थेग्न सकेनन् । दक्षिण एसियाकै उत्कृष्ट टोलीविरुद्ध हामिले सक्ने गर्यौँ । तर यहि वास्तविकता हो । फेरि हामीले शिर उच्च बनाउँदै अगाडी बढ्नुपर्छ। खेलाडी निराश हुनु स्वभाविक हो तर यो बिर्सिएर बंगलादेशको बारेमा सोच्नुपर्छ।'

प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतको ‘टोले कप’मा नेपालका अन्तराष्ट्रिय स्टार
भारतको ‘टोले कप’मा नेपालका अन्तराष्ट्रिय स्टार
खेलाडी 'प्रो कबड्डी लिग' सम्म, तर कहाँ पुग्यो नेपाली कबड्डी ?
खेलाडी 'प्रो कबड्डी लिग' सम्म, तर कहाँ पुग्यो नेपाली कबड्डी ?
भारतविरुद्ध नेपाल : किन हुन्छ विशेष ?
भारतविरुद्ध नेपाल : किन हुन्छ विशेष ?
कालिंगा रंगशालाबाट युवा टोलीको सन्देश
कालिंगा रंगशालाबाट युवा टोलीको सन्देश
एन्फा संकट : थापा र पाँडेको वारपार 
एन्फा संकट : थापा र पाँडेको वारपार 
संकटमा नेम्वाङ
संकटमा नेम्वाङ
9th nastional game
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
भारतलाई फिफा प्रतिबन्धको खतरा ! विश्वकप आयोजना गुम्ने डर 
भारतलाई फिफा प्रतिबन्धको खतरा ! विश्वकप आयोजना गुम्ने डर 
डिफेन्डर बेन ३ महिना मैदान बाहिर
डिफेन्डर बेन ३ महिना मैदान बाहिर
‘पाँडे बर्खास्तीको माग एजेण्डाको रुपमा छलफल हुन्छ’
‘पाँडे बर्खास्तीको माग एजेण्डाको रुपमा छलफल हुन्छ’
नेपाल टी-ट्वान्टी लिग : खेलाडीका लागि अवसर
नेपाल टी-ट्वान्टी लिग : खेलाडीका लागि अवसर
खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने निर्णय 
खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने निर्णय 
Shine Resunga development bank
हट–शटहट–शट
कृतिका मरासिनी क्रिकेटर कृतिका मरासिनी Weight 50 kg Height 5.3 ft Birthday Jul 26
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP