• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मंगलबार, साउन २४, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
खेलपाटी विशेष खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
umbro
खेलाडीसँगको ‘टसल’ले गुमेको सत्ता 
हिम बिक्रम केसी
बुधबार, असार ८, २०७९ हिम बिक्रम केसी
खेलाडीसँगको ‘टसल’ले गुमेको सत्ता 

काठमाडौं । मतदान अघिसम्म एन्फा निर्वाचनमा कसको पल्लाभारी पर्छ भनेर भन्न सकिने अवस्था थिएन । दुवै समूह उत्तिकै आत्मविश्वासी देखिन्थे । दुवैले ४६ बढी मत ल्याउने दाबी गरेका थिए । निर्वाचनको पूर्व सन्ध्यामा पंकजबिक्रम नेम्वाङ समूहले ४६ बढी मताधिकार प्राप्त सदस्यको तस्विरनै सार्वजनिक गरेको थियो । अन्तिममा निर्वाचनको परिणामले नेम्वाङको दाबीलाई सत्य सावित गर्यो । कर्माछिरिङ शेर्पाको चार वर्षको नेतृत्वलाई बिदा गर्दै नेम्वाङ एन्फा अध्यक्षमा निर्वाचित भएका छन् । 

जितमा हरेक गल्ती माफ हुन्छन्, हारमा धेरै कारण खोजिन्छन् । चुनाव जितेका नेम्वाङ एन्फाको ‘ड्राइभिङ सिट’मा अघि बढिसकेका छन् । हार चाखेका कर्मा फुटबलको ‘ट्रेन’बाट ओर्लिएका छन् । उनीसँग अब पराजयका कारणहरु खोज्ने प्रशस्त समय छ । फुटबलको बाँकी जीवन उनी यिनै कारण खोजेरै बिताउनेछन् । चुनावी परिणाम लगत्तै उनले भने, ‘फुटबलबाट टाढा हुन्न्, तर खराब राजनीतिबाट टाढा हुन्छु ।’ सबैलाई थाहा छ, उनको प्रस्टसँग यसको संकेत पूर्व अध्यक्ष गणेश थापालाई गरेका हुन् । थापाको २० वर्षको एन्फा विरासतलाई ढाल्दै फुटबलमा उदाएका शेर्पालाई पछिल्लो चार वर्ष सजिलो रहेन । चार वर्षे कार्यकालमा विभिन्न विवाद सिर्जना गरेर शेर्पामाथि समस्या खडा गर्नेदेखि यस चुनावमा समेत हराउन थापाले आफ्नो सम्पुर्ण शक्ति प्रयोग गरे । एन्फा चुनावसँगै थापाले शेर्पासँग राजनीतिक बदला लिन सफल भएका छन् । 

तर गणेश थापाको कारणले मात्र शेर्पाले चुनाव भने हारेका हैनन् ।

चुनावी नतिजाको प्रारम्भिक निष्कर्ष निकाल्दै शेर्पाले भने, ‘राज्य लागेपछि नसकिने रहेछ । अर्थात राज्य सत्ताको प्रमुख स्रोत बालुवाटारले अन्तिम समयमा चुनावलाई प्रभावित बनायो ।’ 'प्रधानमन्त्री निवास बालुवाटारबाट विभागीय क्लबलाई दबाब दिईयो र आफुलाई सकारात्मक रहेका मतदातालाई प्रभावित बनाईयो । अर्को कुरा अपेक्षा गरेका एन्फा संघका अधिकांश भोट आएनन् ।' शेर्पाले चुनावमा पराजित हुनुमा यि दुई मुख्य कारण रहेको मानेका छन् । 
तर एन्फा चुनावको पहेली केलाउँदा शेर्पा आफ्नै कारणले चुनावमा पराजित भएको देखिन्छ । विगत चार वर्ष कार्यसमितिमा पंकजबिक्रम नेम्वाङ र दावा लामाको मात्र विरोध झेलेका शेर्पाले अन्तिम समयमा सत्तानै नेम्वाङलाई सुम्पिनु पर्यो । विगत चार वर्ष एन्फामा एक्लै चुनावी तयारी गरेका नेम्वाङसँग दावा लामा बाहेक साथमा कोही थिएनन् । तर शेर्पाले आफ्नै स्वभावगत कमजोरका कारण नेम्वाङलाई बलियो बनाईदिए । एन्फा राजनीतिमा शेर्पा ओरालो लाग्ने मुख्य तीन घटनालाई उदाहरणको रुपमा यहाँ पेश गर्दछु । 

एन्फाभित्रको राजनीतिक शक्ति संघर्षमा प्रशिक्षकलाई घुसाउनु शेर्पाको मुख्य कमजोरी रह्यो । पहिलो प्रहार उनले नेम्वाङमाथि गरेका थिए । आफुसँग सत्ता संघर्षमा रहेका नेम्वाङलाई कमजोर बनाउन र राजनीतिक रुपमा समाप्त गर्न शेर्पाले अलमुताइरी अस्त्र प्रयोग गरे । प्रशिक्षकले वरिष्ठ उपाध्यक्षमाथि आरोप लगाउँदै देश छाड्ने घोषणा गरेपछि तत्कालिन राजनीतिक फाईदा त शेर्पाले उठाए, तर त्यसको दिर्घकालिन असर शेर्पाको राजनीतिलाई गर्यो । टिम व्यवस्थापकको जिम्मेवारी पाएका शेर्पाका खास मधुशुदन उपाध्यायले यसलाई रोक्न सक्थे वा टाढा राख्न सक्थे । तर उनले यसमा सेतुको काम गरे । नेतृत्वको वरपर असक्षम र ‘नालायक’ पात्र रहेपछि राजनीति कसरी डुब्छ भन्ने एउटा राम्रो उदाहरण यो पनि बन्न सक्छ । नेम्वाङलाई विवादमा तान्न सो घटना पर्याप्त रहेपनि त्यसले शेर्पाको छवि ध्वस्त बनाउन निकै सहयोग पुर्यायो । 

फुटबलमा व्यवसायीकता ल्याउने लक्ष्य सहित सूरु भएको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल)को विवाद शेर्पालाई लागि अभिशापनै बन्यो । दोस्रो संस्करण सुरु हुदै गर्दा एनएलएल र ए डिभिजनका ठुला क्लबबीच विवाद देखियो । विवाद सामान्य थियो, क्लबमा आबद्ध खेलाडीलाई एनएसएलले आफुखुसी अनुबन्ध गर्यो । मोफसल खेल्ने समय एनएसएलको मिति दिएर क्लबलाई आर्थिक रुपमा नोक्सान पुर्याउने काम एन्फाले गर्यो । सुरुवातमा अधिकांश ए डिभिजनका क्लब आन्दोलनमा उत्रिएका थिए । आन्तरिक छलफल गरेर शेर्पाले विवाद मिलाउने त प्रयास गरे । तर ठुला चार क्लबलाई उनले मनाउन सकेनन् । विवाद बढ्दै गर्दा उनले समाधानको तत्परता देखाएनन् । समस्यामा ‘इन्जोए’ गर्ने बानी उनमा पर्न थालेको थियो । हुन्छ, मिल्छ भन्दै उनले क्लबलाई अड्काउने र बिच्काउने काम गरेका थिए । उनले अग्रसरता लिएरै विवाद समाधान गर्न सक्थे, अथवा चुनावपछि एनएसएलको मिति दिन सक्थे ।

आत्मविश्वासले भरिएका शेर्पाले न विवादको गहिराई देखे, न समाधानको प्रयास गरे । बरु एनएसएलकै कारण मनाङ, थ्री स्टार, एनआरटी लगायतका क्लबसँग उनको दुरी बढ्यो । एन्फा चुनावमा तीनै वटा क्लब विपक्षमा रहे । मिलाउने भन्दा विचार नमिल्नेलाई समाप्त गर्ने नेतृत्वको सोचनै कर्माका लागि प्रतियुत्पादक रह्यो । 

चुनावको मुखमा खेलाडी र प्रशिक्षक विवाद शेर्पा पराजयको मुख्य कारण हो । एन्फा राजनीतिको ८५ भोटमा बाहिरको कुनै कुराले प्रभावित नगर्ने दृढ विश्वास शेर्पामा देखिन्थ्यो । तर चुनावको मुखमा शेर्पाको चुनावी माहोल बिगार्न खेलाडी विवाद पर्याप्त रह्यो । खेलाडी विवादको मुद्धालाई विपक्षीले चुनावी एजेण्डा मात्र बनाएनन्, राजनीतिक रुपमा समेत सक्दो फाइदा उठाए । वरिष्ठ उपाध्यक्ष जितेका वीरबहादुर खड्काले आफु खेलाडीको उम्मेदवार नै रहेको भनि प्रचार गर्न भ्याएका थिए । शेर्पाले दाबी गरे जस्तो चुनावमा खेलाडीको धेरै मत थिएन तर उनीहरुले जनमतको बनाउन सक्थे, बिगार्न सक्थे । एन्फा निर्वाचनको धेरै मत खेलाडीका कारण प्रभावित बनेका छन् । उनीहरुको मुद्धा जिल्ला, क्लब र संघमा शेर्पाविरुद्ध चुनावी माहोल बनाउन पर्याप्त बन्यो । खेलाडीको विषयमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीलाई व्यवस्थापन र नेतृत्वको हिसाबले नियन्त्रणमा राख्न नसक्नु शेर्पाको मुख्य कमजोरी रह्यो । खेलाडीको अघि प्रशिक्षकलाई राख्न नसक्ने लाचारी प्रकट गर्ने अध्यक्षबाट खेलाडीहरु बिच्किएका थिए । गणेश थापालाई हराएर एन्फा नेतृत्वमा आएपछि फुटबलको शक्तिशाली पात्रको रुपमा देखिएका शेर्पा खेलाडीसँग ‘टसल’ लिन खोज्दा सत्ताबाट हात धुन परेको छ । तत्कालिन नेपाली सेनाका प्रधानसेनापती रुक्माङ्गत कटवालसँग ‘टसल’ लिदाँ तत्कालिन माओवादी अध्यक्ष प्रचण्डले सत्ताबाट हात धुनुपरे जस्तै फुटबलका एक शक्तिशाली पात्र बनेको शेर्पा खेलाडीसँगको विवादले एन्फाबाट बाहिरिनु परेको छ । 

हुन त सत्ताको मात लागेपछि ब्यक्ति अन्धो हुन्छ भन्छन् । शेर्पालाई समेत पछिल्लो समय फुटबलमा सबैलाई खेलाउन सकिन्छ, जित्न सकिन्छ भन्ने लाग्न थालेको थियो । आफुनै एन्फा र एन्फानै आफु हो कि भन्ने पर्न लागेको थियो । पछिल्लो समय उनी क्रियात्मक भन्दा प्रतिक्रियात्मक हुन थालेका थिए । छलफल, संवाद र सहकार्यमा विश्वास उड्न थालेको थियो । फुटबलमा आफु ‘अजयी’ रहेको भान उनमा देखिन्थ्यो । यिनै स्वभावगत कमजोरीका कारण विगत चार वर्ष फुटबलमा उनले गरेका काम र ‘खटन’ फिक्का रहे । एन्फाको संस्थागत सुधारदेखि मैदानभित्र उनले गरेका मेहनतको मुल्याङ्कन भएन । ‘कुनै हालतमा, कुनै मुल्य’मा समयलाई आफु अनुकुल ढाल्न सकिन्छ भन्ने उनको विश्वास फेल खान पुग्यो । अघिल्लो पटक सबैलाई एक जुट पारेर गणेश थापालाई शेर्पाले ढाल्न सकेका थिए । यसपटक थापाले सबैलाई एकिकृत गर्दै शेर्पासँग राजनीतिक रुपमा बदला लिन सफल रहे ।

एन्फाभित्रको संरचनागत सुधार, मैदानमा देखिएका नतिजा, कार्यसम्पादनमा उनको दृढ इच्छाशक्ति, दिन रात नभनी खट्न सक्ने एउटा फुटबलको नेताको रुपमा कर्माले पछिल्लो चार वर्ष दुखनै गरेका छन् । एन्फाको नयाँ नेतृत्वका लागि शेर्पाले नेपाली फुटबलमा एउटा ‘मानक’ छाडेर गएका छन् । त्यो पार गर्न नयाँ नेतृत्वलाई सहज भने छैन । 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतको ‘टोले कप’मा नेपालका अन्तराष्ट्रिय स्टार
भारतको ‘टोले कप’मा नेपालका अन्तराष्ट्रिय स्टार
खेलाडी 'प्रो कबड्डी लिग' सम्म, तर कहाँ पुग्यो नेपाली कबड्डी ?
खेलाडी 'प्रो कबड्डी लिग' सम्म, तर कहाँ पुग्यो नेपाली कबड्डी ?
धन्यवाद भारत !
धन्यवाद भारत !
भारतविरुद्ध नेपाल : किन हुन्छ विशेष ?
भारतविरुद्ध नेपाल : किन हुन्छ विशेष ?
कालिंगा रंगशालाबाट युवा टोलीको सन्देश
कालिंगा रंगशालाबाट युवा टोलीको सन्देश
एन्फा संकट : थापा र पाँडेको वारपार 
एन्फा संकट : थापा र पाँडेको वारपार 
9th nastional game
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
भारतलाई फिफा प्रतिबन्धको खतरा ! विश्वकप आयोजना गुम्ने डर 
भारतलाई फिफा प्रतिबन्धको खतरा ! विश्वकप आयोजना गुम्ने डर 
डिफेन्डर बेन ३ महिना मैदान बाहिर
डिफेन्डर बेन ३ महिना मैदान बाहिर
‘पाँडे बर्खास्तीको माग एजेण्डाको रुपमा छलफल हुन्छ’
‘पाँडे बर्खास्तीको माग एजेण्डाको रुपमा छलफल हुन्छ’
नेपाल टी-ट्वान्टी लिग : खेलाडीका लागि अवसर
नेपाल टी-ट्वान्टी लिग : खेलाडीका लागि अवसर
खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने निर्णय 
खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने निर्णय 
Shine Resunga development bank
हट–शटहट–शट
कृतिका मरासिनी क्रिकेटर कृतिका मरासिनी Weight 50 kg Height 5.3 ft Birthday Jul 26
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP