• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बुधबार, असार १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
खेलपाटी विशेष खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
umbro
प्यानल बनाउन शेर्पा र नेम्वाङ्गको कसरत
खेलपाटी संवाददाता
बिहीबार, जेठ ५, २०७९ खेलपाटी संवाददाता
प्यानल बनाउन शेर्पा र नेम्वाङ्गको कसरत
 

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि दुई पक्ष प्यानल निर्माणको गृहकार्यमा जुटेको छ । जिल्ला, संघ र क्लबबाट मताधिकार प्राप्त प्रतिनिधिको नाम केन्द्रमा आएसँगै दुवै पक्ष प्यानल बनाउने गृहकार्यमा जुटेको हो । 

एन्फाको आसन्न असार ६ गतेको केन्द्रिय निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ्ग नेतृत्वका लागि तयारी गरिरहेका छन् । एन्फाको सदस्य जिल्ला, संघ र क्लबको साधारण सभाबाट आएका नयाँ नेतृत्वसँग वर्तमान अध्यक्ष शेर्पा र नेम्वाङ्ग निरन्तर सम्पर्क र छलफलमा छन् ।

एन्फाका ४८ सदस्य जिल्ला मध्य ४५ जिल्लाले मताधिकार सहित केन्द्रिय निर्वाचनमा भाग लिन पाउछन् । सदस्य जिल्ला मध्य संखुवासभा, गोरखा र कास्की मताधिकारबाट छुटेका छन् । संखुवासभा शेर्पा निकट र गोरखा, कास्की नेम्वाङ्ग निकट जिल्ला हुन् । केन्द्रिय निर्वाचनमा ए डिभिजनका १४, बी डिभिजनका ११ र सी डिभिजनका ९ क्लबले मताधिकार प्राप्त गरेका छन् । चार संघ, राष्ट्रिय लिगका लागि छनोट चार क्लब समेत मताधिकार सहित एन्फा निर्वाचनमा सहभागी हुनेछन् । एन्फाको आसन्न निर्वाचनमा ८७ भोट खस्नेछ । बहुमत प्राप्त गर्ने ब्यक्ति एन्फाको चार वर्षे कार्यकालका लागि नेतृत्वमा चुनिनेछ । 

एन्फाको अघिल्लो निर्वाचनमा एकै प्यानलबाट चुनावी प्रतिस्पर्धा गरेका शेर्पा र नेम्वाङ्ग अहिले बेग्ला बेग्लै प्यानल सहित चुनावी मैदानमा उत्रने तयारी गरेका छन् । शेर्पा समुहबाट चुनाव जितेका नेम्वाङले असन्तुष्ट पदाधिकारीको साथ लिएर बेग्लै प्यानल निर्माणको तयारी गरेका छन् । अध्यक्ष शेर्पासँग असन्तुष्ट वर्तमान कार्यसमितिका पदाधिकारीहरु नेम्वाङ्गसँग छन् । अघिल्लो चुनावमा शेर्पाविरुद्ध लडेका जिल्ला तथा क्लबलाई नेम्वाङ्ग पक्षले समेटेको छ । एन्फाको नयाँ निर्वाचित कार्यसमिति २१ सदस्यीय हुनेछ । संशोधित विधान अनुसार यसपटक वरिष्ठ उपाध्यक्षमा समेत निर्वाचन हुनेछ । महासचिव र कोषाध्यक्ष मनोनित हुनेछन् ।

साधारण सभामार्फत जिल्ला, संघ र क्लबमा आएका नयाँ नेतृत्व मध्य केही खुलेर पक्ष÷विपक्षमा लागेका छन्, केही चुप बसेका छन् । मध्यमार्गी धारमा रहेका केही जिल्ला, क्लब र संघलाई दुवैपक्षले आफ्नो कित्तामा उभ्याउन सक्दो कोशिश गरिरहेका छन् । विपक्षी कित्तामा भएका प्रभावशाली प्रतिनिधिलाई आफ्नो प्यानलमा ल्याउन सक्दो कोशिश भैरहेको छ । 

शेर्पा पक्षका एक पदाधिकारी प्यानल निर्माणमा आफुहरुलाई खासै समस्या नरहेको बताउँछन् । ‘साथीहरुको सुझाव अनुसार अघि बढ्ने हो । प्यानल बनाउन खासै समस्या छैन । पदाधिकारीमा केही आकांक्षी छन् । तर सहमती अनुसारनै सबै टुङ्गिन्छन् ।’ उनी भन्छन् । 

संस्थापन पक्षबाट वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालेनै नयाँ नेतृत्वका लागि दोहोरिने पक्का छ । महासचिव इन्द्रमान तुलाधरको ‘मुभ’ अनुसार अन्य पदाधिकारी टुङ्गो लगाउने संस्थापन पक्षको तयारी छ । अध्यक्ष शेर्पा वर्तमान महासचिव तुलाधरलाई वरिष्ठ उपाध्यक्षमा मनाएर आफुपछिको नेतृत्वका लागि तयार पार्न चाहन्छन् । महासचिवमै दोहरिने वा वरिष्ठ उपाध्यक्षमा बस्ने रोजाई इन्द्रमान समक्ष छ । तर आन्तरिक बैठकमा तुलाधरले महासचिवमै दोहरिने इच्छा देखाएका छन् । तुलाधर महासचिवमै बस्ने भएपछि वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुलीले उम्मेदवारी दिने तयारी छ । इन्द्रमान आउने भए आफु उपाध्यक्षमै बस्ने तर इन्द्रमान महासचिवमा दोहरिने भए वरिष्ठमा आफुले उम्मेदवारी दिने पराजुलीले बताउने गरेका छन् । उनको दाबीमा शेर्पा समुहकै अधिकांश पदाधिकारीको सहमती छ । लिग कमिटिको संयोजक रहेका बिज्ञानराज शर्माले समेत वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन्, तर एन्फा राजनीतिमा उनको खासै पकड छैन । सोही कारण वरिष्ठमा पराजुलीकै पल्लाभारी देखिन्छ ।

संस्थापन पक्षका अन्य उपाध्यक्षमा उपेन्द्रमान सिंह दोहरिने पक्कापक्की छ । वर्तमान कार्यसमितिमा राजनीतिक र प्राविधिक हिसाबले आफुलाई साथ दिएका सिंहलाई उपाध्यक्षमा दोह¥याउन अध्यक्ष शेर्पाकै जोडबल छ । संस्थापन पक्षको उपाध्यक्षको अर्का उम्मेदवार हुन्, कुमार केसी । अध्यक्ष शेर्पाको मुख्य सारथी मानिएका केसीेको जिल्ला र एन्फा राजनीतिमा राम्रो पकड भएको मानिन्छ । आर्थिक पारदर्शीताको मामिलामा ‘क्लिन’ र एन्फाभित्रको सत्ताभोगबाट टाढै बस्न रुचाउने केसी वर्तमान अध्यक्ष शेर्पालाई संकट पर्दा काठमाडौंमा देखिने गर्छन् । अधिकांश समय बुटवलमै बस्ने केसी जिल्लालाई आधार बनाएर फुटबल र पाटी राजनीतिमा सक्रिय छन् । संस्थापन पक्षको अर्को एक उपाध्यक्षको टुङ्गो लाग्न बाँकी छ । त्यसमा रत्नकुमार श्रेष्ठदेखि पूर्णमान चित्रकारको सम्भावना अधिक देखिन्छ । 

अध्यक्षका अर्का दाबेदार पंकज बिक्रम नेम्वाङ्गले समेत प्यानल बनाउने गृहकार्यलाई तिव्रता दिएका छन् । उनले आफु टिम बनाउनका लागि छलफलमै रहेको बताउँछन् । ‘छलफल हुदैछ । मनोनयन हुन्छ । टिमपनि संगसंगै बन्छ ।’ उनले खेलपाटीसँग भनेका छन् । 

अध्यक्षमा नेम्वाङ्गलेनै उम्मेद्वारी दिने पक्कापक्की छ । नेम्वाङ्ग प्यानलबाट वरिष्ठ उपाध्यक्षको उम्मेद्वार समेत ‘क्लियर’ छ । वरिष्ठ उपाध्यक्षमा नेम्वाङ्ग प्यानलबाट वीरबहादुर खड्काले उम्मेद्वारी दिने तयारी गरेका छन् । वरिष्ठ उपाध्यक्षलाई एन्फाभित्र फुटबलको भावी नेतृत्वको रुपमा समेत हेरिन्छ । नेम्वाङ्ग प्यानलबाट उपाध्यक्षको उम्मेद्वारमा अर्का पक्का भएको नाम हो, विराटजंग शाही । खेलाडी र व्यवस्थापकको रुपमा फुटबलमा लामो समय योगदान गरेका श्रेष्ठलाई उपाध्यक्षको रुपमा उम्मेदवार बनाउन नेम्वाङ्ग पक्षका सबै तयार छन् । नेम्वाङ्ग पक्षबाट उपाध्यक्षको रुपमा अन्य धेरै आकांक्षी छन् । थ्री स्टार क्लबका अध्यक्ष अरुणमान जोशी, सुरेश शाह, दिपक खतिवडा, दिनेश ब्यन्जनकार लगायत उपाध्यक्षका सम्भावित उम्मेदवार रहेका छन् । नेम्वाङ्ग पक्षका किरण राईले महासचिवमा इच्छा देखाएका छन् । त्यसैले उनी उपाध्यक्षको दौडमा छैनन् । खुलेर आफुलाई साथ दिदै आएका कैलालीका अनिल मल्लदेखि बाँकेका भोजराज शाहीलाई उपयुक्त जिम्मेवारी दिने चुनौती नेम्वाङ्ग समक्ष छ । 

आसन्न नेतृत्वका लागि दाबी गरेका शेर्पा र नेम्वाङ्ग पक्षले जिल्ला फुटबल संघमा आफ्नो पकड बनाउन जोडतोडले मेहनत गरिरहेका छन् । मुख्य गरि एक नम्बर र बागमती प्रदेशमा नेम्वाङ्ग पक्षको अवस्था राम्रो देखिन्छ । गण्डकी र लुम्बिनी प्रदेशमा शेर्पा पक्ष बलियो छ । दुई नम्बर प्रदेशलाई आफ्नो पक्षमा पार्न शेर्पा र नेम्वाङ्गले मेहनत गरिरहेका छन् । क्लब र संघमा आफु बलियो रहेको दुवैपक्षको दाबी छ । एन्फा निर्वाचनको ८७ भोटमा ५५ बढी मत आफुसँग रहेको दुवै पक्षको दाबी छ । 
 

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘म्यानेजर’ प्रकरणबाट सिक्नुपर्ने पाठ 
‘म्यानेजर’ प्रकरणबाट सिक्नुपर्ने पाठ 
एन्फा निर्णयको गणेश थापाद्धारा बिरोध
एन्फा निर्णयको गणेश थापाद्धारा बिरोध
एन्फा विधान मिचेर पाँडेलाई नियुक्ति 
एन्फा विधान मिचेर पाँडेलाई नियुक्ति 
खेलाडीसँगको ‘टसल’ले गुमेको सत्ता 
खेलाडीसँगको ‘टसल’ले गुमेको सत्ता 
पश्चिमको फुटबल उकास्ने भोजराजको योजना 
पश्चिमको फुटबल उकास्ने भोजराजको योजना 
कुमारको मुख्य एजेण्डा – विकेन्द्रिकरण
कुमारको मुख्य एजेण्डा – विकेन्द्रिकरण
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
नेपाली क्रिकेट टोली क्यानडा पुग्यो
नेपाली क्रिकेट टोली क्यानडा पुग्यो
एसियन कप आयोजकको दाबी पेशको म्याद थप
एसियन कप आयोजकको दाबी पेशको म्याद थप
डिफेन्डर बोटम्यान न्युकासलमा
डिफेन्डर बोटम्यान न्युकासलमा
नेम्वाङलाई कतार र जापान एफएको बधाई
नेम्वाङलाई कतार र जापान एफएको बधाई
सेरेना पहिलो खेलमै पराजित
सेरेना पहिलो खेलमै पराजित
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP