• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बुधबार, असार १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
खेलपाटी विशेष खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
umbro
अलमुताईरी अर्थात विवादका पर्याय
खेलपाटी संवाददाता
आइतबार, वैशाख २५, २०७९ खेलपाटी संवाददाता
अलमुताईरी अर्थात विवादका पर्याय
राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताईरी । फोटो : खेलपाटी

काठमाडौं । उसैपनि फुटबलका राम्रा समाचार कमै आउछन् । नेपालमा फुटबल संघ सबैभन्दा बढी विवादमा पर्ने संघ हो । फुटबलमा विवाद निस्कन खासै कारण पनि चाहिदैन । फुटबलमा विवाद निकाल्ने पात्रको खासै कमी पनि हुदैन । नेपाली फुटबल विवादको पर्याय जस्तै हो । यहाँ विवादको खासै कमी थिएन । त्यसमा अब अलमुताईरी पनि थपिएका छन् । अब्दुल्लाह अलमुताईरी अर्थात राष्ट्रिय टिमका मुख्य प्रशिक्षक । अलमुताईरी अर्थात विवादका नयाँ पर्याय ।  

एन्फाका पछिल्ला दुई कार्यसमिति बैठक यिनै अलमुताईरीमाथि बसेको छ । केही समय अघि अलमुताईरीले बिना प्रमाण वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ्गलाई सामाजिक सञ्जालमार्फत आरोपित गरेका थिए । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टिमलाई प्रभावित बनाउने डरले अलमुताईरीमाथि कुनै कारबाही भएन । एन्फा कार्यसमित बैठकनै बस्यो । मन्त्रालय र राखेपले छानबिन समिति बनायो । प्रतिवेदन सार्वजनीक भयो । दोष अलमुताईरीकै देखियो । तर साफ फुटबल प्रभावित हुने डरले कसैले ठुलो आवाज गरेनन् । 

अब उनै अलमुताईरीले राष्ट्रिय टिमका १० सिनियर खेलाडीलाई राष्ट्रिय टिमबाट बाहिर निकालेका छन् । ‘वान टिम, वान गोल’को नाराबाट सबै खेलाडीलाई जोड्ने उद्घोष गरेका अलमुताईरीसँग अब त्यही वान टिम पनि छैन । टिम नभएपनि अलुमताईरी गोलको खुबै कोशिश गरेका छन् । भारतदेखि अष्ट्रेलियासम्म पुगेका फुटबल खेलाडीलाई राष्ट्रिय टिममा बोलाएका छन् । तर अलमुताईरीको ‘सन्काहा’ स्वभावबाट आजित धेरै खेलाडी बन्द प्रशिक्षकमा बस्न मानेका छैनन । आएका पनि छाडेर हिडेका छन् ।

आईतबारमात्र एन्फाले खेलाडी प्रशिक्षक विवादको छानविन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । हुन त एन्फाको काम फुटबलको नीति बनाउने र त्यसको कार्यान्वयन गर्ने हो । तर अलमुताईरीले एन्फालाई निरन्तर ‘बिजनेश’ दिईरहेका छन् । अनेकल बखेडा निकालेर एन्फालाई ब्यस्त बनाईराखेका छन् । अलमुताईरीलाई जोगाउने र खुईल्याउनेनै अहिले एन्फाभित्र संस्थापन र प्रतिपक्षको काम भैरहेको छ । सिनियर खेलाडीले सामुहिक रुपमा क्याम्प छाड्ने बित्तिकै एन्फाले अलमुताईरीलाई छानविनको दायरामा राख्नुपर्ने हो । तर एन्फाका हर्ताकर्ताको मायाले उदण्ड बनेका अलमुताईरीलाई आफुले गरेका गल्तीको कुनै प्रवाह देखिदैन । 

उनले सुरुमै एसिया कप छनोटमा नेपाल छनोट हुन नसक्ने दाबी गरिसके । महत्वपुर्ण १० खेलाडीलाई राष्ट्रिय टिम बाहिर पठाईसके । बी, सी र देश बाहिरका केही खेलाडी बटुलेर राष्ट्रिय टिम बनाउने तयारीमा उनी छन् । उनीसँग हरेक खेलाडीको विकल्प छ । तर सुरुवातमै लडाँई जित्न नसक्ने उद्घोष गरेका अलमुताईरीलाई प्रश्न गर्ने आँट एन्फासँग छैन । प्रशिक्षकको दाबी अनुसार एसिया कपमा छनोट हुने नेपालको स्तर पुग्दैन पनि होला । तर हामीले अधिकतम नतिजाको कोशिश गर्ने हैन । नत्र हामीलाई अलमुताईरीनै किन चाहियो ? 

अलमुताईरी कुनै ठुलो प्रोफाइलका प्रशिक्षक हैनन् । सबैलाई थाहा छ, उनी कतारमा बेरोजगार भएर बसेका थिए । आफ्नै देश कुवेतमा खासै हैसियत नभएका यि कोचलाई पत्याउनुपर्ने कारण पनि त थिएन । राम्रो नतिजाको संकल्प गर्न नसक्ने बेरोजगार प्रशिक्षकलाई हामीले जागिर दिनुपर्ने कारण पनि त छैन ?

एउटा विश्वास हो । 

कुवेती कोचले राम्रो गर्लान् भन्ने विश्वास बाहेक उनीसँग अरु के नै छ र ? तर उनले एसिया कपको छनोट खेल्नु अघिनै हात उठाए । खेलाडीहरु निकाले । जुनियर खेलाडीको भिड जम्मा गरेर उनी सिनियर खेलाडीमाथि आफ्नो कुण्ठा र रिस साँध्न खोजेका छन् । यही अवस्थामा उनको कुन्ठाको भाँडो त एसिया कपको छनोट खेल्दा देखिनै हाल्छ । तर अहिले एन्फालाई फुटबल सम्हाल्ने कि अलमुताईरी सम्हाल्ने भन्ने गाह्रो परिरहेको छ ।  भुँईमा लडेका अलमुताईरीलाई टिप्न खोज्दा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको गोजीमा रहेको नेपाली फुटबल पोखिएला भन्ने डर सबैलाई छ । 

नेपाललाई त सिमित स्रोत साधानमा असम्भव लाग्ने नतिजा निकाल्न प्रयास गर्ने प्रशिक्षक चाहिएको हो । समस्यालाई अवसरमा बदल्ने प्रशिक्षक चाहिएको हो । तर एकपछि अर्को विवाद निकालेर फुटबललाई अस्थिर बनाउने प्रशिक्षक चाहिएको हैन । नेपाली फुटबलमा विवादको कमी छैन । समस्याको कमी छैन । सन्काहा अलमुताईरीहरुको कमी नि छैन । तर देशलाई समाधान दिने प्रशिक्षक चाहिएको हो । फुटबल बनाउन कोशिश गर्ने अलमुताईरी चाहिएको हो । 

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘म्यानेजर’ प्रकरणबाट सिक्नुपर्ने पाठ 
‘म्यानेजर’ प्रकरणबाट सिक्नुपर्ने पाठ 
एन्फा निर्णयको गणेश थापाद्धारा बिरोध
एन्फा निर्णयको गणेश थापाद्धारा बिरोध
एन्फा विधान मिचेर पाँडेलाई नियुक्ति 
एन्फा विधान मिचेर पाँडेलाई नियुक्ति 
खेलाडीसँगको ‘टसल’ले गुमेको सत्ता 
खेलाडीसँगको ‘टसल’ले गुमेको सत्ता 
पश्चिमको फुटबल उकास्ने भोजराजको योजना 
पश्चिमको फुटबल उकास्ने भोजराजको योजना 
कुमारको मुख्य एजेण्डा – विकेन्द्रिकरण
कुमारको मुख्य एजेण्डा – विकेन्द्रिकरण
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
नेपाली क्रिकेट टोली क्यानडा पुग्यो
नेपाली क्रिकेट टोली क्यानडा पुग्यो
एसियन कप आयोजकको दाबी पेशको म्याद थप
एसियन कप आयोजकको दाबी पेशको म्याद थप
डिफेन्डर बोटम्यान न्युकासलमा
डिफेन्डर बोटम्यान न्युकासलमा
नेम्वाङलाई कतार र जापान एफएको बधाई
नेम्वाङलाई कतार र जापान एफएको बधाई
सेरेना पहिलो खेलमै पराजित
सेरेना पहिलो खेलमै पराजित
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP