• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
साफको ‘ड्राइभिङ सिट’ मा नेपाल
खेलपाटी संवाददाता
बुधबार, असोज २०, २०७८ खेलपाटी संवाददाता
साफको ‘ड्राइभिङ सिट’ मा नेपाल

काठमाडौं । मंगलबार साफ च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई हरायो ।

‘हाइ स्कोरिङ’ खेलमा दक्षिण एसियाको बलियो प्रतिद्धन्दी श्रीलंकामाथि ३–२ को जित निकाल्दै नेपाल साफको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

फुटबलका जानकार सञ्जिव मिश्र नेपाल साफ च्याम्पियनसिपको अहिलेको अवस्थामा ‘ड्राइभिङ सिट’मा रहेको बताउँछन् ।

के नेपाल उपाधिको बलियो दाबेदार हो त ?

प्रश्न खस्न नपाउँदै मिश्र भन्छन्, ‘अझै धेरै दौड बाँकी छ । तर नेपाल अहिले ‘ड्राइभिङ सिट’मा छ । तुलनात्मक रुपमा फाइनल पुग्न नेपाललाई अरु टिमभन्दा सजिलो अवस्था बनेको छ ।’

नेपालले उद्घाटन खेलमै आयोजक तथा साविक विजेता माल्दिभ्सलाई १–० ले हराएर सनसनीपूर्ण नतिजा निकालेको थियो ।

नेपाललाई जित दिलाउन मनिष डाँगीले विजयी गोल गरेका थिए । मनिषको गोललाई अन्तराष्ट्रिय फुटबलमा नेपालले गरेको उत्कृष्ट मध्यको एक मानिएको छ ।

सोमबार श्रीलंकाविरुद्धको खेल अझै कठिन हुने अपेक्षा गरिएको थियो ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भन्दै थिए, ‘श्रीलंकाले हामीलाई आश्चार्यमा पार्न सक्छ ।’

तर नेपाली खेलाडीको गति र कौशल अघि श्रीलंकाको खासै जोर चलेन ।

खेल अवधिभर नेपाल नतिजा र  प्रदर्शनका आधारमा श्रीलंकामाथि हावीनै देखियो ।

May be an image of 2 people, people playing football, people standing and outdoors

सुमन लामा, अन्जन विष्ट र आयुश घलानले निकै उत्कृष्ट गोल श्रीलंकाविरुद्ध गरे ।

साफ च्याम्पियनसिपको इतिहासमा नेपालको यो उत्कृष्ट सुरुवात हो ।

अर्थात नेपालले साफको इतिहासमा सुरुवाती दुई खेलमा जित निकालेको थिएन ।

साफ फुटबलमा अहिलेसम्म फाइनल पुग्न नसकेको नेपाल १३ औं संस्करणको फाइनल खेल्ने ‘फेबरेट’ टिम बनेको छ ।

नेपालले लिग चरणमा दक्षिण एसियाली फुटबलका चिरप्रतिद्धन्दी बंगलादेश र भारतविरुद्ध खेल्नै बाँकी छ । तर सुरुवाती दुई खेलको प्रर्दशन र नतिजाले नेपाललाई महत्वकाक्षी टिमको रुपमा प्रस्तुत गरिदिएको छ ।

‘साफमा हामीले उत्कृष्ट सुरुवात गरेका छौं ।’ फुटबलका विश्लेषक समेत रहेका मिश्र भन्छन्, ‘साविक विजेता माल्दिभ्सलाई घरेलु मैदानमै हराएका छौं । श्रीलंकाविरुद्ध जुन नतिजा निकालेका छौं । यस हिसाबले अहिलेसम्मै उत्कृष्ट सुरुवात भन्न सक्छौं ।’

साफ च्याम्पियनसिप जिताउने लक्ष्य सहित कुवेती प्रशिक्षक अलमुताइरीलाई नेपाली टिम जिम्मा लगाइएको थियो । नेपाली टिमको प्रर्दशन र नतिजामा उनै अलमुताइरी हाबी देखिन्छन् ।

May be an image of 2 people, people playing sports and grass

लिग निर्देशक समेत रहेका मिश्र प्रशिक्षकको रणनीतिनै नेपाली फुटबलले प्राप्त गरेको नतिजाको कारण मान्छन् ।

‘प्रशिक्षकले खेलाडीलाई गरेको ‘मोटिभेसन’नै प्रमुख कारण हो । खेलाडीको क्षमता प्रशिक्षकले सही किसिमले बुझेका छन् । आफुले छनोट गरेका खेलाडीलाई सही किसिमले प्रयोग गरेका छन् ।’ मिश्र भन्छन्, ‘प्रशिक्षकले सही समय, सही स्थानमा सही खेलाडीको प्रयोग गरेको देखिन्छ ।’

 

 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली टिममा वाइल्डको हैसियत कति?
नेपाली टिममा वाइल्डको हैसियत कति?
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
इङ्ल्यान्डसँग भारत पराजित
इङ्ल्यान्डसँग भारत पराजित
पुलिसको जितमा समीरको ४ गोल
पुलिसको जितमा समीरको ४ गोल
हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता शनिबार
हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता शनिबार
कर्णालीको प्रशिक्षकमा ज्ञानेन्द्र
कर्णालीको प्रशिक्षकमा ज्ञानेन्द्र
दबाबमा चम्किने पाल्मर
दबाबमा चम्किने पाल्मर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP