• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
इतिहास : बंगलादेशविरुद्ध नेपाल अपराजित
खेलपाटी संवाददाता
बिहीबार, भदौ २४, २०७८ खेलपाटी संवाददाता
इतिहास : बंगलादेशविरुद्ध नेपाल अपराजित

काठमाडौं ।  नेपाल र बंगलादेशको महिला राष्ट्रिय टिमबीच आज दशरथ रंगशालामा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल हुँदैछ ।

नेपाल र बंगलादेशबीचको खेल अपरान्ह ५ बजे सुरु हुनेछ।

एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ।

यी दुई देशबीचको खेलको सबैभन्दा ठूलो विशेषता हो, नेपाल बंगलादेशविरुद्ध अहिलेसम्म अपराजित रहेको छ ।

अर्थात नेपालले अहिलेसम्म बंगलादेशविरुद्ध खेलेका ६ खेलमध्ये कुनैमा पनि हार सामना गर्नु परेको छैन् । एक प्रकारले भन्दा नेपाल बंगलादेशमाथि हाबी रहँदै आएको छ ।

दक्षिण एसियाली देशबीच एक आपसमा भिड्ने अवसर दुई प्रमुख प्रतियोगिताले जुराउने गरेको छ । त्यसमा पहिलो दक्षिण एसियाली खेलकुद भने अर्को वुमेन्स साफ च्याम्पियनसिप ।

खेलपाटीले यी दुई देशबीच अहिलेसम्म भएका खेलको इतिहास पल्टाउने प्रयास गरेको छ ।  

१. सन् २०१० जनवरी २९, ढाका

नेपालले पहिलो पल्ट बंगलादेशको सामना गरेको भनेको सन् २०१० को दक्षिण एसियाली खेलकुदमा हो । बंगलादेशले त्यस संस्करणको दक्षिण एसियाली खेलकुदको आयोजना गर्दा महिला फुटबललाई पनि समावेश गरेको थियो । दक्षिण एसियाली खेलकुदमा महिला फुटबलले प्रवेश पाएको यो नै पहिलो पल्ट हो । लिग चरणमा नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशलाई १–० ले पराजित गर्न सफल रह्यो । खेलको निर्णायक गोल जमुना गुरुङले गरिन् ।

२. सन् २०१० डिसेम्बर २१, कक्स बजार

दुई देशबीचको पहिलो खेलको एक वर्ष बित्दा नबित्दै सन् २०१० मा फेरि उनीहरू आमना सामना भए र अवसर रह्यो, पहिलो संस्करणको वुमेम्स साफ च्याम्पियनसप । लिग चरणको यस खेलमा पनि नेपाल विजयी रह्यो र स्कोर बनेको थियो, ३–० । नेपालका लागि गोल गर्ने खेलाडी थिए, जमुना र अनु लामा । जमुनाले दुई गोल गरिन् । यसरी नेपाल र बंगलादेशबीच भएका सुरुआती दुवै खेल बंगलादेशी भूमिमै भए र दुवैमा नेपाल विजयी रह्यो । 

३. सन् २०१४ नोभेम्बर १९, इस्लामावाद

पाकिस्तानले सन् २०१४ मा तेस्रो वुमेन्स साफ च्याम्पियनसपिको आयोजना गरेको थियो र त्यसैक्रममा नेपालले तेस्रो पल्ट बंगलादेशको सामना गर्‍यो । यसपल्टको भेट भने लिग चरणमा थिएन्, सेमिफाइनलमा थियो ।

यसरी नेपालले पहिलो पल्ट नकआउट चरणमा बंगलादेशको सामना गर्‍यो । यसमा पनि नेपाल १–० को जित निकाल्न सफल रह्यो र टिमले फाइनल यात्रा तय गर्न सफल रह्यो । यस खेलको निर्णायक गोल सजना रानाको नाममा रह्यो ।

May be an image of 6 people and people smiling

४. सन् २०१६ फेब्रवरी ५, सिलोङ

भारतले आयोजना गरेको सन् २०१६ को दक्षिण एसियाली खेलकुदको महिला फुटबल सिलोङमा भएको थियो । यसपल्ट नेपाल र भारतको भेट फेरि लिग चरणमै भएको थियो, एउटै समूहमा परेपछि । यसमा नेपाल फेरि एकपल्ट ३–० को प्रभावशाली जित निकाल्न सफल रह्यो ।

लिग चरणमा यो नेपालको पहिलो खेल थियो र यसबाटै नेपाल लय समात्न सफल रह्यो । यस खेलमा तीन खेलाडीले एक एक गोल गरे र ती थिए, दीपा अधिकारी, अनु लामा र निरु थापा । 

५. सन् २०१८ नोभेम्बर १३, याङ्गुन

नेपाल र बंगलादेशबीच दक्षिण एसियाली प्रतियोगिता छाडेर पहिलो भेट भएको सन् २०१८ मा हो, जति बेला म्यानमारले एसियाको वुमेन्स ओलम्पिक छनोटको समूह सी का खेल आयोजना गरेको थियो । नेपालको समूहमा आयोजक म्यानमारसँगै भारत र बंगलादेश थिए । लिग चरणको आ–आफ्नो अन्तिम खेलमा नेपाल र बंगलादेश भिडे र खेलको नतिजा रह्यो, १–१ को बराबरी ।

बंगलादेशले नेपाललाई बराबरीमा रोकेको यो नै पहिलो पल्ट हो । नेपालका लागि निरु थापाले गोल गरिन् भने बंगलादेशका लागि ऐतिहासिक गोल गर्ने खेलाडी रहिन्, अखि आतुन । उनले खेलको अन्तिम समयमा गोल गरेकी थिइन्, इन्ज्युरी समयको चौथो मिनेटमा । यो गोलपछि बंगलादेशी टिममा खुबै खुसीयाली छाएको थियो ।

६. २०१९ मार्च १६, विराटनगर

नेपालको पूर्वी सहर विराटनगरले सन् २०१९ मा साफ च्याम्पियनसिपको आयोजना गरेको थियो र बंगलादेशसँग नेपालको भेट फेरि एक पल्ट समूह चरणमा भएको थियो । यसपल्ट भने नेपाल आरामदायी जित निकाल्न सफल रह्यो ।

नेपालका लागि सावित्रा भण्डारी र अन्जली कुमारी योञ्जनले एक एक गोल गरे । अर्को एक गोल आत्मघाती रह्यो । यी देशबीच नेपाली भूमिमा भएको यो नै पहिलो खेल हो । अब यही खेलपछि काठमाडौंमा पहिलो पल्ट नेपाल र बंगलादेश भिड्ने छन् । 

May be an image of 1 person and smiling

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP