• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
ती पात्र जसले किरणलाई ‘किरण’ बनाए
खेलपाटी संवाददाता
आइतबार, भदौ २०, २०७८ खेलपाटी संवाददाता
ती पात्र जसले किरणलाई ‘किरण’ बनाए

काठमाडौं ।  सबै नेपाली फुटबल प्रेमीको ध्यान आज आइतबार किरण चेम्जोङमा हुनेछ ।

नेपाल दशरथ रंगशालामा दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका लागि उत्रदैछ र त्यसैमा किरण नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुनेछन् ।

नेपालका लागि किरणको अन्तर्राष्ट्रिय खेल यात्रा १४ वर्ष छुने क्रममा छ र सायद अझै उनी केही वर्ष मज्जाले खेल्नेछन् । उनको यही एक दशक भन्दा लामो खेल जीवनमा सबै भन्दा महत्त्वपूर्ण भूमिका खेल्ने केही पात्रको हामी अब चर्चा गर्नेछौं ।

यी त्यस्ता पात्र हुन्, जसले किरणलाई ‘किरण’ बनाउन मदत गरे ।

१. श्याम थापा/राजु शाक्य

कोही पनि सफल खेलाडी पछाडि उसलाई त्यहाँसम्म पुर्‍याउन जग बसाउने केही पात्र हुने गर्छन् । किरणका लागि यस्तो भूमिका खेल्ने दुई पात्र छन्, श्याम थापा र राजु शाक्य ।

आज भन्दा १६ वर्ष जति अगाडि किरण स्कुले ठिटोका रूपमा मायोल अन्तर स्कुल फुटबल खेल्न धनकुटाबाट काठमाडौं झरेका थिए ।

उनको टिम सेमिफाइनलसम्म पुगेको थियो । उनको खेल देखेर श्याम थापा र राजु शाक्य प्रभावित भइहाले र उनलाई सिधा भर्ना गरिदिए, एन्फा एकेडेमीमा ।

२. थोमस फ्लाथ

दोहराएर भन्नु पर्छ, नेपाली फुटबलले पाएका अहिलेसम्मका उच्चकोटीका प्रशिक्षकमा पर्छन्, थोमस फ्लाथ ।

उनी टिममा पनि उच्च दर्जाका खेलाडी मात्र राख्ने गर्छन् । उनले एक पटक फरक प्रसंगमा भनेका थिए, ‘मलाई मर्सिडिजि चाहिन्छ, मारुती होइन ।’

उनका लागि किरण मर्जिडिज नै थिए, त्यसैले उनको नेतृत्वमा नेपालले खेलेको पहिलो खेलमै पहिलो रोजाईका गोलरक्षक बने, किरण ।

सन् २००८ मा फ्लाथले किरणमा डेब्युको अवसर दिए ।

 
३. उपेन्द्रमान सिंह

उपेन्द्रमान सिंह अचेल अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष हुन् ।

सायद उनी फुटबल राजनीतिमा भन्दा यही खेलको प्राविधिक पक्षमा हुनु पर्ने व्यक्ति हुन् । उनी नेपालले पाएका सर्वश्रेष्ठ गोलरक्षकमध्ये एक मात्र होइनन, उत्तिकै राम्रा गोलरक्षक प्रशिक्षक पनि हुन् ।

किरणलाई सुरुआती दिनमा गोलरक्षणको सटिक पाठ सिकाउने उनी नै हुन् । अहिले किरण गोलरक्षकका रूपमा जे जति छन्, ती सबैका पछाडि उपेन्द्रमानको ठूलो हात छ ।

May be an image of 2 people, people playing sports and grass

 
४. बालगोपाल महर्जन

उपेन्द्रमान सिंहसँगै बालगोपाल महर्जनले खेले, सन्यास लिए र प्रशिक्षक पनि बने ।

जति बेला किरणको खेलाडीका रूपमा उदय हुने क्रम चलिरहेको थियो, त्यति बेला बालगोपालले उनलाई बलियो साथ दिए ।

राष्ट्रिय टिममै पनि किरणले खेलेका अधिकांस खेलमा उनी प्रशिक्षक छन् । अथवा प्रशिक्षकको सहयोगीका रूपमा ।

बालगोपाल त्यस्ता प्रशिक्षक हुन्, जसले किरणलाई पहिलो पल्ट कप्तानीको अवसर पनि थियो, सन् २०१८ को साफ च्याम्पियनसिपमा ।

 
५. अब्दुल्लाह अल्मुताइरी

किरणले प्रशिक्षकका रूपमा आधा दर्जन जतिको अनुभव बटुले, जस्तो, फ्लाथदेखि ग्राहम रोबर्टस, ज्याक स्टेफानोस्की, ग्योतुके कोजी र योहान कालिनसम्म । तर यी सबै प्रशिक्षक भन्दा पनि किरण सबैभन्दा बढी प्रभावित अहिलेकै अब्दुल्लाह अल्मुताइरीबाट देखिन्छन् ।

संयोगले उनकै समयमा उनी नेपालका लागि सबैभन्दा बढी खेल खेल्ने खेलाडी बने ।

किरणले त्यस्ते भनेका छैनन्, ‘अल्मुताइरी हामीलाई बुबाको जस्तो व्यवहार गर्नु हुन्छ ।’

May be an image of 2 people, people playing football, people standing and outdoors

यो पनि ...

किरणको त्यो पहिलो खेल

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
बंगलादेश पहिलोपल्ट एसियन कपमा छनोट
बंगलादेश पहिलोपल्ट एसियन कपमा छनोट
सावित्राको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित
सावित्राको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP