• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
खेलकुद महासंघमा ओली पक्षको समानान्तर कमिटि बन्दै
खेलपाटी संवाददाता
आइतबार, वैशाख ५, २०७८ खेलपाटी संवाददाता
खेलकुद महासंघमा ओली पक्षको समानान्तर कमिटि बन्दै

काठमाडौं । नेपाल खेलकुद महासंघमा अध्यक्ष केपी ओली पक्षको समानान्तर कमिटि बन्ने भएको छ ।

एमालेभित्रको अन्तरविरोध चर्किदै जादाँ पाटी अध्यक्ष ओली पक्षले खेलकुद महासंघमा समानान्तर कमिटि गठन गर्ने भएका हुन् ।

युवा संघका पूर्व अध्यक्ष रमेश पौडेललाई संयोजक बनाएर अघि बढ्ने सहमती सहित ओली पक्षले बैशाख ७ गते काठमाडौंमा राष्ट्रिय भेला गर्दैछ ।

महासंघको राष्ट्रिय भेलालाई प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने गरि कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

एमालेको नेपाल खेलकुद महासंघमा माधव नेपाल र झलनाथ खनालको समुह हाबी छ । महासंघको नेतृत्व सहित अधिकांश कार्यसमितिमा माधव–झलनाथ समुहका नेता रहेका छन् ।

विभाजन उन्मुख देखिएको एमालेमा माधव–झलनाथ समुहलाई चुनौती गर्दै ओलीले खेलकुद महासंघमा समानान्तरक कमिटि गर्न लागेका हुन् । ओली पक्षले महासंघको संयोजकमा रमेश पौडेललाई संयोजक बनाएर जाने गरि तयारी गरेको छ ।

एमालेको खेलकुद महासंघमा ओली पक्ष निकै कमजोर छ । महासंघको तत्कालिन ८६ सदस्यीय कमिटिमा ओली पक्षका नगन्य सदस्यमात्र थिए ।

पाटीको आन्तरिक अन्तरविरोध तिव्र बनेपछि झलानाथ–नेपाल समुह समानान्तर कमिटि बनाएर अघि बढ्ने अभियानमा छन् ।

खेलकुद महासंघ झलनाथ–नेपाल समुहको कब्जामा गएपछि ओलीलाई समेत समानान्तर कमिटि गठनका लागि दबाब परेको हो । सोही अनुसार बैशाख ७ गते काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गरिएको छ । भेलाले रमेश पौडेलको नेतृत्वमा महासंघको नयाँ कमिटिको घोषणा गर्ने तयारी छ ।

ओली पक्षको महासंघमा पौडेल सहित युवा संघका नेता पर्शुराम बस्नेत, खेलकुद महासंघका नेता मेघराज पौडेल, राखेप बोर्ड सदस्य सुभास श्रेष्ठ, राखेपका अधिकांश बोर्ड सदस्य सहित खेलकुदका ओली पक्षिय नेता रहने बताईएको छ ।

खेलकुद महासंघमा ओली पक्ष निकै कमजोर हो । मेघराज पौडेल सहितका केही सिमित नेताले महासंघबाट खेलकुदको राजनीतिक गर्दै आएका थिए ।

ओली आफै कमजोर रहेको महासंघमा जोड दिएका थिएनन् । उनले मदन भण्डारी फाउण्डेशन अन्तर्गत मदन भण्डारी स्पोर्टस एकेडेमीलाई अघि बढाउँदै आएका थिए ।

स्पोर्टस एकेडेमीका संस्थापक अध्यक्ष रमेशकुमार सिलवाल हुन् । उनै सिलवाललाई ओलीले राखेपमा दोस्रो पदक सदस्य सचिवको रुपमा नियुक्ति दिएका छन् ।

सिलवालले खेलकुदमा ओलीको लिगेसी बोक्दै राखेप हाँक्दै आईरहेका छन् । ओलीले तत्कालिन समयमा खेलकुद महासंघका नेता मेघराज पौडेललाई बाहिर राख्दै सिलवाललाई सदस्य सचिव नियुक्त गरेका थिए । 

पाटीको जनवर्गिय संगठन भन्दा ओलीले एनजिओको रुपमा सञ्चालित मदन भण्डारी स्पोर्टस एकेडेमीलाई महत्व दिएको भन्दै खेलकुद महासंघमा ओली पक्षिय नेताले असन्तुष्टि ब्यक्त गर्दै आएका थिए । पाटीमा माधव नेपाल समुहसंग अन्तरविरोध बढेपछि ओलीले युवा संघका नेताहरुलाई समावेश गर्दै खेलकुद महासंघको समानान्तर कमिटि गठन गर्न लागेका हुन् ।

झलनाथ–माधव समुहले हप्ता दिन अघि मात्र काठमाडौंमा खेलकुद महासंघको राष्ट्रिय भेला आयोजना गरेको थियो । भेलाले केन्द्रिय कमिटि विस्तारै गर्दै जिम्मेवारी हेरफेर गरेको थियो । महासंघको वर्तमान नेतृत्वमा पुरुषोत्तम पौडेल रहेका छन् । उनी एमालेको आठौं महाधिवेशनको समय नेतृत्वमा आएका थिए ।

महासंघको नेतृत्वको हैसियतमा उनी खेलकुद मन्त्री समेत बने । केपी ओलीसंग विवाद बढेपछि उनी पदबाट बाहिरिएका थिए । महासंघकै उपाध्यक्षको रुपमा केशवकुमार विष्टलाई मन्त्री पौडेलले राखेपको सदस्य सचिवमा नियुक्त गरेका थिए । आफुसंग सल्लाह नगरि सदस्य सचिव नियुक्त गरिएको भन्दै ओलीले मन्त्री पौडेललाई पदबाट बर्खास्त गरेका थिए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
आइपिएलमा १४ वर्षे वैभवको आगमन
आइपिएलमा १४ वर्षे वैभवको आगमन
बाउन्ड्रीमा सिद्धान्त !
बाउन्ड्रीमा सिद्धान्त !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
umbro nepal
  • ताजा समाचार
  • खेल आज
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
अझै ला लिगा उपाधिको आशमा रियल
अझै ला लिगा उपाधिको आशमा रियल
रोयल्स र गोल्डेनगेटको जित
रोयल्स र गोल्डेनगेटको जित
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP