• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
चोटले थलिएको चन्द्रपुर
64x64
सोमवार, माघ १९, २०७७ रमेश सुवेदी

काठमाडौं । एन्फाको आयोजनामा जारी राष्ट्रिय महिला लिगमा पाचौं चरणका खेल समाप्त भैसकेका छन् ।

पहिलो पटक राउण्ड रोविनको आधारमा सञ्चालित लिगको आधा खेल नसकिँदै क्लबलाई खेलाडी चोटले सताउन थालेको छ ।

महिला लिग यसअघि हप्ता दिनमात्रै संचालन हुन्थ्यो । चोटको समस्यामा खासै हुन्थेन । यसपटक लिगको अवधि बढेको छ । साथमा खेलाडीको चोटको समस्या बल्झिदो देखिन्छ ।

लिगका आधा खेल बाकी रहँदै चोटका कारण क्लबमा खेलाडीनै अपुग हुने सम्भावना देखिन्छ । खेलाडी अभावमा एउटा पोसिजनका खेलाडीलाई फरक पोजिसनमा खेलाउन क्लब बाध्य छन् ।

नियमित र भरपर्दा खेलाडीलेनै चोट बोक्दा मोफसलबाट अन्तिम चरण खेल्न काठमाडौंं आएका क्लबको प्रदर्शन घट्दै गैरहेको छ । यसअघि विभागीय टोलीलाई दबाब दिँदै आफ्नो प्रभुत्व राख्न सफल क्लबलाई चोटकै समस्या परेको देखिन्छ ।

यस्तैमा पर्छ, रौतहटको चन्द्रपुर नगरपालिका टोली ।

उमेर समूहमा महत्वपूर्ण प्रदर्शन गर्दै आएका र केहि भरपर्दा खेलाडी बोकेर काठमाडौं आईपुगेको रौतहट पछिल्लो समय खराब प्रदर्शनबाट गुज्रिरहेको छ ।

यसअघि एन्फा मैदान सातदोबाटोमा भएको महिला लिगमा रौतहटले तेस्रो स्थान हात पारेको थियो । विभागीय नेपाल पुलिसलाई पछि पार्दै तेस्रो स्थान हात पारेको रौतहटले यस पटक भने सोहि अनुसारको प्रदर्शन दिन सकेको छैन ।

लिगको आफ्नो पाँचौ खेलमा पराजित रौतहटको तीन अंक मात्रै रहेको छ । ७ टोली सहभागी प्रतियोगितामा रौतहट अन्तिमबाट दोस्रो स्थानमा छ ।

उसले ५ खेल खेल्दा एकमात्रै जित आत्मासाथ गरेको छ । यस्तै ४ खेलमा भने हार ब्यहोरेको छ । उसले ८ गोल गर्दा २५ गोल ब्यहोरेको छ ।

पछिल्लो समय महिला फुटबलको उत्थानमा ठुलो योगदान पुर्याउँदै आएको चन्द्रपुरले यस पटक आशा अनुसारको प्रदर्शन दिन सकेको छैन ।

हाल महिला लिगमा सहायक प्रशिक्षकको भुमिका निर्वाह गरिरहेका चित्रबहादुर दर्लामी टोलीको हारमा चोटलाईनै दोष दिन्छन् ।

‘मुख्य समस्या भनेकै खेलाडीको चोटले सतायो ।‘ आईतबार पुलिससँग ३–१ गोल अन्तरले पराजित भएपछि उनले भने ।

महिला लिगमा खेलाडी उत्पादननै हेर्ने हो भने चन्द्रपुर एक नम्बरमा पर्छ ।

उसले उत्पादन गरेका खेलाडी ब्यवसायीक नहुँदै विभागमा प्रवेश गर्छन् । एक बर्ष नवित्दै उसका ४–५ खेलाडी बर्षेनी विभागीय क्लबमा पुग्छन् । जसका कारण पनि उसले आफ्नो स्तरको प्रदर्शन दिन पाउँदैन । यता, विभागको भने प्रदर्शन बढ्दै जान्छ ।

‘सिनियर खेलाडी बाहिर (विभाग) गए । अहिले टोलीमा जुनियर खेलाडी बढी छन् । उनीहरुलाईनै आत्मविश्वास बढाउँदै खेलाईरहेका छौं ।’ त्रिभुवन आर्मी क्लबसँग १०–० को भारी गोल अन्तरले पराजित भएपछि दर्मालीले भनेका थिए ।

पछिल्लो समय विभाग बाहिर बलियो देखिएको रौतहट यस पटक भने विराटनगरसँगनै लज्जास्पद हार ब्यहोर्न पुग्यो ।

पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगितामा विभाग बाहिरको टोलीसँग हार ब्यहोर्ने क्रममा उसले विराटनगरलाई नतिजा ५–० ले सुम्पियो ।

सो हारको पिडा कस्तो थियो, खेलपछिको प्लेयर बक्समा देख्न सकिन्थ्यो ।

नियमित कप्तान मुर्छा परिरहँदा हस्पिटलनै भर्ना हुनुपर्याे । कार्यबहाक कप्तान अन्जु लोप्चान र स्ट्राईकर सविता राना मगरका आँशु रोकिएका थिएनन् ।

सोहि हारसँगै कप्तान रोजिना श्रेष्ठ टोली बाहिर छिन् । उनि अझै कहिले फर्कने हो टुंगो छैन । यस्तै नेपाल यू–१९ महिला टोलीबाट प्रतिनिधित्व गरिसकेकी डिफेन्डर समिक्षा घिमिरे सहित यू–१६ टोलीको गोलरक्षक पुजा थापा पनि घाईते छिन् । उनीहरुको समेत कहिले पुनरागमन हुने हो पत्तो छैन ।

आईतबार पुलिसविरुद्ध पनि दुई खेलाडीले चोट बोके ।

मिडफिल्डर दिल कुमारी राना मगरले मैदाननै छाडिन् । स्ट्राइकर सविता राना मगरले समेत आफुलाई असजिलो भएको भन्दै डिफेन्समा झरेर खेलेकी थिईन् ।

प्रशिक्षक दर्लामीले अन्य विकल्प नदेखेपछि सवितालाई डिफेन्समा झारेको बताए । खेलको अन्तिम समयमा गोलरक्षक युनिशा राईले समेत सामान्य चोट बोकेकी थिईन् ।

महिला लिगमा एन्फाले क्लबलाई विदेशी खेलाडी राख्न पाउने नियम राखेको छ । विभागसँगको खेल स्तर नमिल्ने र प्रतियोगितालाई प्रतिस्पर्धात्मक बनाउने भन्दै एन्फाले एक टोलीमा ४ महिला खेलाडी राख्ने प्राबधान पहिलो पटक ल्याएको थियो । तर सो कार्यलाई चन्द्रपुरले उचित ठानेन ।

विदेशी खेलाडीलाई टोलीमा राख्दा बर्षभर क्लबमा रहेर तयारी गरिरहेका खेलाडीको मनोबल घट्ने, क्लबकै स्तर घट्ने र खेलाडी विकासमा क्लबको कुनै औचित्य नरहने परिस्थिती चन्द्रपुरको दाबी छ ।

सोही कारण उसले विदेशी खेलाडी समावेश नगर्ने निर्णय गर्यो ।

‘विदेशी खेलाडीको बारेमा सोचेका हौं । तर हामी बर्ष भरी रातदिन नभनी खेलाडी उत्पादन गर्छाै। त्यहि खेलाडी बाहिर (बेन्च) राख्दा खेलाडीलाई खिन्न हुन्छ ।

उनीहरुको मनोबल घट्छ । त्यसैले आफ्नो टोली खेलाउ भनेर विदेशी सोचेनौं ।’ रौतहट जिल्लामा महिला फुटबल एकेडेमी संचालनमा ल्याएका शेर बहादुर दर्लामीका पुत्र समेत रहेका चित्र दर्लामीले भने ।

‘हाम्रो सोच च्याम्पियन हैन । हामी विभाग भन्दा तल, नगरभन्दा माथि रहने भन्ने सोच हो । तर सोचेको भन्दा धेरै खेलाडी चोटले घाटा भैरहेको छ ।’ उनले भने ।

चोटकै बाबजुद एक दिन पछिनै चन्द्रपुरले ४ क्यामरुन खेलाडी सम्मिलित वालिङ नगरपालिकाको सामना गर्दैछ ।

पछिल्लो समय महिला फुटबलमा एकपक्षीय खेल प्रदर्शन गरिरहेको एपीएफविरुद्ध विदेशी खेलाडी सम्मिलित वालिङले उत्कृष्ट प्रर्दशन गर्यो । विदेशी खेलाडीको लयले उत्साहित बनेको वालिङलाई रोक्नुको विकल्प घाईते चन्द्रपुरसंग छैन ।

चन्द्रपुरले हालसम्मकाे नतिजा :

एपीएफ ६–० चन्द्रपुर

चौदण्डीगढी १–७ चन्द्रपुर

चन्द्रपुर ०–५ विराटनगर

चन्द्रपुर ०–१० आर्मी

चन्द्रपुर १–३ पुलिस

प्रतिक्रिया दिनुहोस्
थप समाचार
भद्रगोल खेलकुद !
चोटले थलिएको चन्द्रपुर
‘काठमाडौंले मात्र लिग फुटबल धान्न सकेन’
वालिङले अभ्यासको लागि मैदान पाएन !
लिखित अनुमति बिना मिडियामा बोल्न राेक !
विश्व खेलकुद २०२१ का प्रमुख ठूला आकर्षण
  • ताजा समाचार
  • खेल आज
मिलानले रोमालाई हरायो
एट्लेटिकोलाई पाँच अंकको अग्रता
सेफिल्डविरुद्ध लिभरपुलको सहज जित
युनाईटेड र चेल्सीको बराबरी
प्रादेशिक भलिबल रेफ्री कोर्स सम्पन्न
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP