• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहिवार, फाल्गुन १३, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
वालिङले अभ्यासको लागि मैदान पाएन !
64x64
बिहिवार, माघ ८, २०७७ रमेश सुवेदी

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा सहभागी भएको वालिङ नगरपालिकाले अभ्यासका लागि मैदान नपाएको गुनासो गरेको छ ।

महिला लिगका लागि काठमाडौं आईपुगेको स्याङ्जाको वालिङ नगरपालिकाले ४ दिन यता अभ्यासको लागि मैदान नपाएको गुनासो गरेको छ ।

वालिङ नगरपालिकाका मुख्य प्रशिक्षक दिलिप थापाले काठमाडौं आएपछि आफ्नो टोलीले अभ्यास गर्ने मैदान नपाएको र अभ्यास विहिन हुँदै प्रतियोगितामा सहभागी भएको बताए ।

‘काठमाडौं आएको ३ दिन यता बल टच भएको छैन । ट्रेनिङ गर्न मैदान भएन, हामीले खेल अघि कसरी अभ्यास गर्नु,’ विराटनगर महानगरपालिकासँग बराबरीमा रोकिएपछि प्रशिक्षक थापाले भने ।

बिहीबार भएको आफ्नो पहिलो खेलमा वालिङ विराटनगरसँग १–१ को बराबरीमा रोकियो । खेलको दोस्रो मिनेटमै वालिङको लागि स्ट्राइकर संझना शर्माले गोल गरेकी थिईन् । उनले कर्नरबाट आएको बललाई ब्याक हेडिङमा जाली चुमाईन् ।

No description available.

पहिलो हाफमा औषत प्रदर्शन गरेको वालिङले दोस्रो हाफमा गोल ब्यहोर्न पुग्यो । विराटनगरका आशा कुमारीले खेलको ६८ मिनेटमा करिब २५ यार्डबाट प्रहार गरेको बल वालिङकी गोलरक्षक सावित्री किशनको पञ्जाबाट फुत्किदै गोल लाईन कटेको थियो ।

दोस्रो पटक प्रतियोगिता खेल्न काठमाडौं आईपुगेको वालिङ शुन्धारास्थित एक होटेलमा बसिरहेको छ ।

मैदान अभावकै कारण टुढिखेलमा अभ्यासको लागि जान लागेको वालिङ नगरपालिकालाई भने एन्फाले सो स्थानमा अभ्यास गर्न रोक लगाएको थियो ।

‘हामी त मैदान नपाएपछि टुढिखेल अभ्यासका लागि जाने योजनामा थियौं । तर एन्फाबाट त्यहाँ नजानु भने । तर, मैदान पनि पाएका छैनौं,’ प्रशिक्षक थापाले प्रतियोगितामा पाएको दुखेसो पोखे ।

यसैबीच वालिङले शुक्रबारको एक दिनको आराम पछिनै विभागीय त्रिभुवन आर्मी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ । तर त्यस अघि पनि मैदान नपाउँदा उनले आफ्नो टिम सेट गर्न पाउने छैनन् र पुनः विना सेटको टोली लिएर मैदान छिर्नेछन् ।

‘अबको खेल आर्मीसँग छ । अभ्यास गर्ने स्थान छैन । यस्तो अवस्थामा विभागीय टिमसँग खेल्नुपर्छ,’ थापाले भने, ‘अबको खेलमा झन विदेशी खेलाडी पनि सहभागी हुन्छन् । उनिहरुको स्तर के हो ? कस्ता हुन् ? त्यो पनि थाहा छैन । अभ्यास गर्ने मैदान नपाए झन गाह्रो हुनेछ ।’

प्रतियोगितामा एक टोलीले ४ विदेशी खेलाडी राख्ने नियम रहेसँगै वालिङले ४ क्यामरुनको खेलाडी ल्याउने पक्का भएको छ । विराटनगरविरुद्ध तिन खेलाडीको नाम लिष्टमा रहेपनि उनिहरु उपलब्ध हुन सकेनन् । विराटनगरले भने ३ भारतीय खेलाडी प्लेईङ सेटमा खेलाएको थियो ।

No description available.

यस्तै वालिङकी कप्तान सरस्वती हमालले बिना अभ्यास खेल्दा मसाज जाने र खेल्न गाह्रो हुने बताउँछिन् ।

‘अभ्यास गर्न नपाउँदा गाह्रो हुन्छ । मसल्समा समस्या पनि आउँछ,’ वालिङबाट करिब २६१ किलोमिटर बसयात्रा हुँदै काठमाडौं आई पुगेकी यू–१९ महिला फुटबल टोलीका सदस्य सरस्वतीले भनिन् ।

यता, एन्फा महिला कमिटी तथा प्रतियोगिता संयोजक पेमा लामा भने सहभागी टोलीका लागि तिन मैदान तयार भएको बताउँछिन् ।

‘सहभागी टोलीको अभ्यासका लागि मैदान तयारी गर्दैछु । हामीले पुलिस आर्मी र सशस्त्रको मैदान मिलाएका छौं । क्लबसम्म खबर नपुगेको होला,’ उनले सहजै आफ्नो कुरा टुंगाईन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
भद्रगोल खेलकुद !
चोटले थलिएको चन्द्रपुर
‘काठमाडौंले मात्र लिग फुटबल धान्न सकेन’
लिखित अनुमति बिना मिडियामा बोल्न राेक !
विश्व खेलकुद २०२१ का प्रमुख ठूला आकर्षण
विश्व खेलकुद : सन् २०२० लाई फर्केर हेर्दा
  • ताजा समाचार
  • खेल आज
कप्तान मल्ल राजर्षी गुरुकुलको खेलकुद सल्लाहकार
आर्सनल र बेन्फिका भिड्दै
ग्यारी फिलिप्स महिला टिमको मुख्य प्रशिक्षक नियुक्त
आरसीटीको सहज जित
भलिबल प्रशिक्षक सलिनालाई मातृशोक
झम्सिखेलविरुद्ध ब्वाइज युनियन (लाईभ) स्थानः समयः
आरसीटीविरुद्ध नयाँबस्ती (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP