• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
कहाँ छ फुटबल खेलाडी संघ ? एन्फा राजनीतिमा हराएको खेलाडी संघ
नमीन ढकाल
आइतबार, असोज ११, २०७७ नमीन ढकाल
कहाँ छ फुटबल खेलाडी संघ ?

काठमाडौं । फुटबल खेलाडीको समस्या र हक अधिकारका लागि क्रियाशिल रहनुपर्ने संस्था हो, राष्ट्रिय फुटबल खेलाडी संघ ।

संस्था स्थापनाको १६ वर्ष पुरा भएको छ । संस्थाको नेतृत्वमा पूर्व खेलाडी राजेश मानन्धर रहेका छन् ।

खेलाडीको समस्याको सेतु बन्नुपर्ने संस्था प्राय निष्कृय रुपमा बस्ने गरेको छ ।

तत्कालिन समयमा खेलाडीबीच सहयोग आदन प्रदान गर्न संस्था स्थापना गरिएको थियो । संस्थाभित्र सबै खेलाडी अटाए । संस्था बलियो हुदै गयो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले समेत संस्थालाई संघको मान्यता दियो । खेलाडी संघले एन्फाको केन्द्रिय चुनावमा मताधिकार प्राप्त गर्यो । एन्फा चुनावमा संस्थाको प्रभाव देखिने थाल्यो ।

तर विस्तारै संस्था चुनावको समय मात्र सक्रिय बन्ने थाल्यो । खेलाडीका मुद्धालाई केन्द्रसम्म पुर्याउने संस्था अन्य समय मौन देखिदै आएकाे छ ।

पछिल्लो समय एन्फामा कर्मचारी समायोजनको मुद्धा प्रखर बनेको छ । कर्मचारीको न्युनतम तलबको मुद्धा चर्को रुपमा उठेको छ । एन्फा पनि कर्मचारीका मागलाई सम्बोधन गर्न तयार छ ।

कर्मचारी जस्तै समस्या खेलाडीले भोगिरहेका छन् । खेलाडीलाई सामान्य तलब समेत एन्फाले दिदैन । राष्ट्रिय फुटबल टिमका पुरुष खेलाडीले जनही १५ हजार र महिलाले ७ हजार तलब प्राप्त गर्दै आएका छन् ।

अझ महिला खेलाडीका खासै प्रतियोगिता हुदैनन् । उनीहरुका व्यवसायीक क्लब छैनन् । खासै खेल्ने अवसर नि पाउँदैनन् । अन्य आयस्रोत छैन । एन्फाले दिने मासिक ७ हजार तलबमा खेलाडीले संघर्ष गर्नुपरेको छ । विभाग बाहिरका खेलाडीलाई त शहरमा बस्नै असम्भव जस्तै छ ।

यस्ता ज्वलन्त समस्या खेलाडीका छन् । तर विगत लामो समयदेखि खेलाडीको तलब नबढेको बिषय एन्फामा पुर्याईदिने कोही छैन । खेलाडीको संस्था आफै भने हरेक मुद्धामा मौन प्राय बस्दै आएकाे छ ।

खेलाडीहरु संस्थाको अस्तित्वमै प्रश्न गर्छन् । खेलाडीहरु संस्था र नेतृत्वसंग दिक्क छन् । उनीहरुलाई संस्थाको कुनै भरपनि छैन ।

खेलाडी संघमाथि लाग्ने आरोप भनेको नेतृत्व केन्द्रको इशारामा मात्र चल्यो । केन्द्रलाई रिझाउँदै नेतृत्वले आफ्नो स्वार्थमात्र पुरा गर्यो । जसले गर्दा खेलाडीका मुद्दा सधै ओझेलमै परे ।

‘खेलाडीसंघ हुनु र नहुनुको केहि औचित्यनै छैन । खेलाडीलाई आपत विपत पर्दा बोल्दिने संस्था व्यक्तिगत स्वार्थमा अल्झेको छ । तलबका बिषयमा खेलाडी बोलिरहेका छन्, सिनियर खेलाडीले सम्मानजनक बिदाईको आवाज उठाईरहेका छन् । संघले साथ दिनुपर्ने हो । तर संघ कतै देखिदैन ।’ राष्ट्रिय टिमका एक सदस्य भन्छन् ।

२०७४ साल चैतमा भएको चुनावमा राष्ट्रिय टिमका पूर्व कप्तान अनिल गुरुङलाई ४ मतले हराउँदै मानन्धर अध्यक्षमा निर्वाचित भएका थिए । एन्फा मुख्यलयमा भएको चुनावमा मानन्धरले १६ मत प्राप्त गरेका थिए भने गुरुङले १२ मत पाएका थिए ।

निर्वाचित भएपछि मानन्धर खेलाडीको मुद्धा भन्दा व्यक्तिगत लाभ हासिल गर्ननै उद्यत देखिन्छन् । केन्द्रिय चुनावमा गरेको सहयोगका कारण अध्यक्ष मानन्धर एन्फाबाट प्रशस्त लाभकाे अवसर पाएका छन् । १३ औं साग र बंगबन्धु गोल्डकप उनी सहायक प्रशिक्षक बन्ने मौका पाए । भारतको गुवाहाटीमा समेत उनी यू–१९ टिमको व्यवस्थापकको भूमिका पाए ।

पूर्व सदस्य हरि खड्का संघले खेलाडीको हक हितका लागि आवाज उठाउनुपर्ने र केन्द्रले मागको सम्बोधन गर्नुपर्ने बताउँछन् ।

‘खेलाडीको हक हितका लागि संघ बोल्न सक्नुपर्याे । आवाज उठाउन सक्नुपर्याे । उठाएका माग सम्बोधन होला या नहोला तर माग गर्न सक्नुपर्छ ।’ खड्का भन्छन् ।

‘खेलाडी संघले आवाज उठाएपछि नेतृत्वले पुरा गर्ने बिषयमा सोच्ने हो । कार्यसमितीलेनै सबै काम गर्ने हाे । खेलाडी संघले बीचमा बसेर काम गरिदिने हो ।’ नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका उपाध्यक्ष समेत रहेको हरि भन्छन् ।

संघसंग धेरै गुनासो महिला खेलाडीको छ ।

संघले आफ्ना समस्या केन्द्रमा नपुर्याउदा संस्था भएको र नभएको महशुश गर्न नपाएको खेलाडीको गुनासो छ ।

‘हामीले बारम्बार उठाउँदै आएका समस्या भनेकै तलब र अभ्यासको कुरा हो । राष्ट्रिय खेलाडी ७ हजार तलब आउँछ भन्दा पनि लाज लाग्ने अवस्था आएको छ । आफैपनि धेरै बोल्दा छुच्चो हुन्छौ । पदाधिकारीले हेर्ने नजरनै फरक पर्छ ।’ नाम नखुलाउने सर्तमा एक महिला खेलाडी भन्छिन् ।

‘यस्तो अवस्थामा खेलाडी संघले बोल्दिनुपर्ने हो । तर संघ मौन छ । पदमा भएका मान्छे नबोलिदिदा खेलाडीलाई समस्या त परिहाल्छ ।’ ती महिला खेलाडी भन्छिन् ।
खेलाडी संघका संस्थापक अध्यक्ष राजुकाजी शाक्य संस्थाले खेलाडीको बिषयमा नबोल्दा खेलाडीहरु निराश रहेको बताउँछन् ।

‘जुन तरिकाले काम गर्ने भनेर साथीहरु आएका थिए । परिवर्तनका बिषय उठाएका थिए । त्यो अनुसार पक्कै काम भएको छैन । जसका कारण खेलाडी समेत निराश छन् । संघ भएको अनुभव खेलाडीले गर्न पाएका छैनन् ।’ राष्ट्रिय टिमका पूर्व कप्तान तथा प्रशिक्षक शाक्यले भने ।

१६ वर्षे यात्रामा संघले जम्मा तीन अध्यक्ष मात्रै पाएको छ ।

शाक्य संस्थापक अध्यक्ष हुन् भने दोस्रो अध्यक्षको रुपमा पूर्व कप्तान उपेन्द्रमान सिंह रहेका थिए । तेस्रो अध्यक्षको रुपमा राजेश मानन्धर रहेका हुन् । संघ अध्यक्षको कार्यकाल ४ बर्षको रहेको छ ।

मानन्धरको पहिलो कार्यकाल तेस्रो बर्षमा चलिरहेको छ । उनी नेतृत्वमा आएपछि संघले कुनैपनि औपचारिक कार्यक्रम गरेको छैन भने सामान्य सूचना र बिज्ञप्ती समेत निकाल्न सकेको छैन ।

अध्यक्ष मानन्धर भने सबै आरोप निराधार रहेको बताउँछन् । उनी आफु कुनै प्रचारमुखी नभएर खेलाडीको हत हितकै लागि काम गरिरहेको बताउँछन् ।

‘आरोप लाग्नु स्वभाविक हो । मैले खेलाडीकै हकहित र आवाज उठाउँदै आएको छु ।’ हाल राखेप सहायक प्रशिक्षक रहेका मानन्धरले खेलपाटीसँग भने ।

राष्ट्रिय टिमका पूर्व डिफेन्डर समेत रहेका मानन्धरले आफुले कुनै मिडियाबाजी नगर्ने स्वभावको भएको र केन्द्रसँग सिधै पहुँच भएका कारण बाहिर हल्ला नगरी खेलाडीको बिषयमा बोल्ने गरेको बताउँछन् ।

‘अरुले जस्तो मिडियामा बोल्दिन । हिरो बन्न पनि खोज्दिन । अलि कति पँहुच पनि भएकाले होला अध्यक्ष र महासचिवसँग सिधै कुरा गर्ने गरेको छु । बैठकमा पनि उत्तिकै कुरा राख्दै आएको छु । तबलको बिषयमा सबै सकारात्मक हुनुहुन्छ । मैले कामनै नगरेको हैन । खेलाडी विदाईको विषयमा पनि बोलिरहेको छु । देखावटी काम गर्दिन । जे गर्छु खेलाडीलाई सोधेर गर्दै आएको छु ।’ मानन्धरले भने ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP