• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
मेस्सीकाे फुटबल साम्राज्य !
बिक्रम बुढा क्षेत्री
बुधबार, असार १०, २०७७ बिक्रम बुढा क्षेत्री
मेस्सीकाे फुटबल साम्राज्य !

एजेन्सी । अर्जेन्टिनी फरवार्ड तथा बार्सिलोनाका स्टार लियोेल मेस्सी फुटबलका सर्वश्रेष्ठ खेलाडीमा गनिन्छन् । मेस्सीले आफ्नो खेल जिवनमा अनेकौ कीर्तिमान बनाएका छन् । मेस्सीले सर्वाधिक ६ पटक फिफा बालोन डी ओर अवार्ड र ६ पटकनै गोल्डेन बुट जितेका छन् ।

उनले बार्सिलोनाका लागि ३४ ट्रफी जितेका छन् । जसमा १० ला लिगा, ४ युएफा च्याम्पियन्स लिग, ६ कोपा डेल रे छन् । उनको नाममा ला लिगामा सर्वाधिक बढी गोल (४४०), सर्वाधिक बढी ह्याट्रिक (३६) रहेको छ । मेस्सीले बुधबार आफ्नो ३३ औँ जन्मदिन मनाउँदै छन् ।

मेस्सीको बाल्यकाल

मेस्सीको पूरा नाम लियोनल आन्द्रेस मेस्सी कुचिटिनी हो । उनको जन्म सन् १९८७ जुन २४ का दिन रोसारियोमा भएको थियो । उनका पिता जर्ज मेस्सी स्टिल फ्याक्ट्रीमा म्यानेजरको काम गर्दथे भने आमा सेलिया कुचिटिनी चुम्बक उद्योगमा काम गर्थिन् ।

फुटबल प्रेमी परिवारमा जन्मेका मेस्सीमा सानैदेखि फुटबलको नशा चढ्यो । उनी आफ्ना दाइहरु रोड्रिगो र माटियाससँग खेल्ने गर्थे । उनका अरु साना बुबाका सन्तान समेत फुटबलरनै बनेका थिए ।

मेस्सीले ४ वर्षको उमेरमै स्थानीय क्लब ग्राण्डोलिमा भर्ना भएका थिए । सो क्लबमा मेस्सीका पिता जर्जले प्रशिक्षण दिने गर्दथे । उनलाई सानोमा सबभन्दा बढी प्रभाव उनकी मामाघरकी आमा सेलियाले पारेकी थिइन् । मेस्सीलाई ट्रेनिङ ग्राउन्डसम्म ल्याउने लैजाने तथा ट्रेनिङमा उनैले सहयोग गर्थिन् ।

मेस्सीले आफ्नो ११ औँ जन्मदिन मनाउनु अघि उनकी हजुरआमा सेलियाको निधन भयो । सो शोकले मेस्सीलाई निकै प्रभाव पा¥यो ।

त्यसपछि मेस्सीले आफुले गर्ने गोलपछि आकाशतर्फ इशारा गर्दै सेलियालाई गोल समर्पण गर्ने गरेका छन् ।

ग्राण्डोलिमा भर्ना भएको दुई वर्षपछि मेस्सी न्येवेल्स ओल्ड ब्वाइज क्लबमा आवद्व भए । उनले त्यहाँ छ वर्ष खेले । ६ वर्ष खेल्दा उनले क्लबका लागि करिव ५ सय गोल गरेका थिए । उनी ‘दि मेम्बर अफ ८७’का सदस्य थिए । सो नाम ती खेलाडीको जन्म वर्षका आधारमा दिइएको थियो ।

खेलमा रमाईरहेका मेस्सीको १० वर्षको उमेरमा खेल जिवनमै पुर्णविराम लाग्ने खतरा बढ्यो । मेस्सीमा शारीरिक विकास हार्मोनको कमी देखिएको थियो । आफ्ना पिता जर्जको स्वास्थ्य बिमाका कारण उनले दुई वर्षसम्म त उपचार पाए तर त्यसपछि भने थप समस्या निम्तने देखिन्थ्यो । एक महिनाको अन्तरालमा मेस्सीको उपचारका लागि कम्तिमा १ हजार अमेरिकी डलर खर्च लाग्थ्यो ।

न्येवेल्सले सुरुमा मेस्सीको उपचार खर्च व्यहोर्ने बाचा गरेपनि पुरा भने गरेन । उनलाई अर्जेन्टिनाकै अर्को क्लब रिभर प्लेटले उपचार गर्ने बताए पनि आर्थिक कमजोरीका कारण पूरा गर्न सकेन । रिभर प्लेटमा मेस्सीले आफ्नो आदर्श मान्ने पाब्लो आइमर पनि खेल्ने गर्दथे । मेस्सीको सानैबाट अर्का आदर्श भने ब्रजिलियन फरवार्ड रोनाल्डो हुन् ।

Lionel Messi Childhood Story & Photographs | Messi childhood ...

मेस्सीको उपचार त्यहाँ सम्भव नभएपछि उनको परिवार यस्तो क्लबको खोजीमा थिए, जहाँ मेस्सीले उपचार पनि पाउथे र खेल्न पनि । मेस्सीका नातेदार क्याटालोनियामा थिए । उनै नातेदारले क्याटलन क्लब बार्सिलोनाम मेस्सीका लागि ट्रायल दिने जमर्को मिलाए ।

सन् २००० को सेप्टेम्बरमा ट्रायलका लागि कुरा मिलेपछि बार्सिलोनाका डाइरेक्टर चार्ली रेकाचले मेस्सीलाई तत्काल बार्सिलोनामा अनुबन्ध गराउन चाहन्थे । तर त्यो समय युरोपेली क्लबले साना विदेशी खेलाडी नकिन्ने भएका कारण बार्सिलोनाको बोर्ड हच्किएको थियो ।

तर चार्लीको बढ्दो दबाबका कारण १४ डिसेम्बरमा बार्सिलोनाले मेस्सीसँग सम्झौता गर्यो । त्यतिबेला कुनै पनि ‘पेपर डकुमेन्ट’ नभएका कारण बार्सिलोनाले मेस्सीसँग ‘न्यापकिन’मानै सम्झौता गरेका थियो

दुई महिनापछि सन् २००१ फेब्रुअरीमा मेस्सीका परिवार बार्सिलोनामा बसाइँ सराइ गरे । मेस्सीका परिवार बार्सिलोनाको मैदान क्याम्प नोउ नजिकै अपार्टमेन्ट लिएका थिए । बार्सिलोना गएको पहिलो वर्ष मेस्सीले धेरै खेल खेल्न पाएनन् । न्येवेल्सबाट बिदेशी खेलाडी लगेपछि क्याटलन लिग र मैत्रीपुर्ण खेलमात्र खेल्न पाए ।

थोरै खेल खेल्न पाएपछि उनी टिममा घुलमिल हुन पाएनन् । थोरै बोल्ने मेस्सी आफ्नो टिमका कसैसँग बोल्दैनथे । त्यसैले टिमका साथीले मेस्सी बोल्न नसक्ने समस्या रहेको शंका गरेका थिए । यता उनी घरमा हुँदा पनि न्यास्रो मान्न थालेका थिए । उनकी आमा र दुई दाइ तथा बहिनी रोसारियो फर्किएपछि उनलाई सन्चो भएको थिएन ।

बार्सिलोनाको युथ एकेडमी ला मासियामा भर्ना भएको एक वर्षपछि उनी फेब्रुअरी सन् २००२ मा रोयल स्पेनिस फुटबल फेडेरेसनमा आवद्द भए । यसले मेस्सीलाई जुनसुकै प्रतियोगिता खेल्न सक्ने बाटो खोलिदिएको थियो । त्यसपछि उनको मित्रता सेस फाब्रिगास र जेरार्ड पिकेसँग भएको थियो । १४ वर्षको उमेरमा रोग निको भएपछि उनी बार्सिलोनाको टोलीका महत्वपूर्ण सदस्य भए ।

WATCH: Messi during his La Masia days - Barca Blaugranes

सन् २००२–२००३ को सिजनमा मेस्सी बार्सिलोनाको युवा टोलीका सर्वाधिक गोलकर्ता बने । उनले त्यस सिजनमा ३० खेलमा ३६ गोल गरेका थिए । सो सिजनको अन्त्यमा मेस्सीलाई आर्सनलले अनुबन्ध गर्न चाहेको थियो तर उनी बार्सिलोनामै रहे । उनका साथीद्वय फाब्रिगास र पिके बेलायत लागे ।

क्लब करिअर

बार्सिलोना गएको चौथो बर्ष सन् २००३–०४ को सिजनमा मेस्सीले निकै ठुलो सफलता प्राप्त गरे । बार्सिलोनाको युथ क्लबको वरियतामा उनी निकै माथी पुगे । एकै सिजनमा उनले बार्सिलोनाको ५ वटा क्लबमा खेले । बार्सिलोनाको पहिलो टिमका खेलाडी अन्तर्राष्ट्रिय ब्रेकमा गएको बेला मेस्सी सहित युवा टिमका अन्य खेलाडीले पहिलो टिममा प्रशिक्षण गर्ने मौका पाएका थिए ।

फ्र्यांक रिज्कार्डको टिममा उनले देखाएको खेलबारे फ्रेन्च विंगर लुडोभिक ग्युली भन्छन्, ‘उनले हामी सबैलाई हराएका थिए । उनले हामीलाई नछलुन भनेर हामी उनमाथि जथाभावी फल खेल्थ्यौ । तर उनी उठ्थे र फेरि छलाउन थाल्दथे । उनले गर्दा हाम्रो टोलीका डिफेन्डरनै चिन्तित बनेका थिए । उनी मानव होइनन्, एलियन हुन् ।’

उनले बार्सिलोनाका लागि १६ वर्ष चार महिनाको उमेरमा डेब्यु गरेका थिए । सन् २००३ नोभेम्बर १६ मा पोर्टोसँगको मैत्रीपुर्ण खेलमा मेस्सीले डेब्यु गरेका थिए । खेलको ७५ औँ मिनेटमा छिरेका उनले त्यस खेलमा दुई ठुला मौका बनाएका थिए । यसले टिमका प्राविधिकहरुलाई प्रभाव पार्यो । उनी त्यसपछिं टिमको ‘रिजर्ब साइड’मा पर्न थाले ।

बार्सिलोनाको पहिलो टिमसँगको प्रशिक्षणले उनलाई रोनाल्डिन्होसँग चिनाईदियो । रोनाल्डिन्होले मेस्सीलाई आफ्नो भाई माने र उनलाई सहयोग गर्न थाले । रोनाल्डिन्होले त्यसबेला मेस्सी आफु भन्दा पनि उत्कृष्ट खेलाडी बन्ने विश्वास जनाएका थिए ।

सन् २००४–२००५ को सिजनमा मेस्सी बार्सिलोनाको बी टिमका प्रमुख खेलाडी बनेका थिए । पोर्टोसँगको खेलपछि उनले बार्सिलोनाको सिनियर टिमका लागि खेल्ने मौका पाएका थिएनन् । तर सन् २००४ को अक्टोबरमा सिनियर टिमका खेलाडीले मेस्सीलाई पनि आफुहरुसंग मौका दिनुपर्ने माग गरेका थिए ।

Lionel Messi came through Barcelona's La Masia football factory ...

खेलाडीको चाहना स्वरुप रिज्कार्डले मेस्सीलाई सिनियर टिममा बढुवा गरिदिए । मेस्सीलाई रिज्कार्डले दाहिने भागबाट खेल्न लगाए । मेस्सी बिचबाटनै खेल्न चाहन्थे । मेस्सीले ला लिगामा १६ अक्टोबरमा ईस्प्यानियोलसंगको खेलमा डेब्यु गरे । खेलको ८२ औं मिनेटमा मैदान छिरेका उनी बार्सिलोनाका कान्छा खेलाडी बने ।

बैकल्पिक खेलाडीको रुपमा उनले ९ खेलमा ७७ मिनेट खेल्ने मौका पाए । त्यसबीच उनले युईएफए च्याम्पियन्स लिगमा सख्तर डोनेस्कविरुद्ध डेब्यु गरेका थिए । उनले बार्सिलोनाको लागि पहिलो गोल भने सन् २००५ मे १ मा गरेका थिए । रोनाल्डिन्होको पासमा मेस्सीले बार्सिलोनाको सिनियर टिमबाट पहिलो गोल गरेका थिए । उनी बार्सिलोनाका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए ।

उनले आफ्नो १८ औँ जन्मदिनमा बार्सिलोनासँग पहिलो ब्यवसायीक सम्झौता गरेका थिए । सो सम्झौताले उनी सन् २०१० सम्म बार्सिलोनामै रहने पक्का गरेको थियो । उनले सन् २००५ अगस्टमा पहिलो बार्सिलोनाको सुरुवाती ११ मा स्थान पाए । जोन ग्याम्पर ट्रफीमा युभेन्टससँगको खेलमा उनी पहिलो पटक सुरुवाती सेटमा खेल्ने मौका पाएका थिए । उनले सो खेल निकै उत्कृष्ट खेलेका थिए र क्याम नाउमा ‘स्ट्यान्डिङ ओभेसन’ पनि पाए ।

त्यस खेल पश्चात युभेन्ट्सका प्रशिक्षक कापेलोले मेस्सीलाई लोनमा युभेन्टस लाने प्रस्ताव राखेका थिए । यस्तै अर्को इटालियन क्लब इन्टर मिलानले उनका लागि ठूलो प्रस्ताव राखेको थियो ।

उनीमाथि १५० मिलियन पाउण्डको रिलिज क्लोज सहित बार्सिलोनामा पाउने भन्दा ३ गुणा बढी तलब दिने इन्टरले जनाएको थियो । बार्सिलोनाका तत्कालीन अध्यक्ष जोआन लोपार्टाका अनुसार योनै मेस्सी गुमाउन सक्ने पहिलो र अन्तिम खतरा रहेको थियो । तर मेस्सीले सो प्रस्ताव मानेनन् ।

उनले १९ नम्बरको जर्सी लगाएर खेल्न थालेका थिए । उनले आफुलाई विंगरको रुपमा स्थापित गराए । रोनाल्डिन्हो र स्यामुयल इटोसँगको उनको जोडी निकै खतरनाक बन्यो । सन् २००६ को सिजनमा २५ खेलमा ८ गोल गरेका मेस्सीको सिजन भने पूरा गर्न पाएनन् । खुट्टाको चोटका कारण उनले मैदान बाहिर बस्नु परेको थियो । सन् २००६ को च्याम्पियन्स लिगको फाइनलमा आर्सनललाई हराउँदा उनी नखेलेका कारण टिमसँग खुशीयाली समेत मनाएका थिएनन् ।

Football news - Lionel Messi praises 'mentor' Ronaldinho and names ...

२० वर्षको उमेरमै मेस्सी बार्सिलोनाका स्टार बनिसकेका थिए । उनलाई स्पेनिस मिडियाले ‘मसिहा’ उपमा दिएका थिए । सन् २००७ मा उनी फिफा बालेन डी ओर अवार्डमा तेस्रो भएका थिए भने फिफा बर्ष खेलाडीमा दोश्रो भएका थिए । तर उनले त्यस सिजन पनि चोटका कारण पुरै खेल्न पाएका थिएनन् ।

सन् २००६ देखि २००८ सम्म उनी ८ महिना चोटका कारण मैदान बाहिर बसेका थिए । दुई खराब सिजनपछि प्रशिक्षक रिज्कार्ड बर्खास्त भए भने रोनाल्डिन्हो बेचिए । रोनाल्डिन्होको प्रस्थान लगत्तै मेस्सीले बार्सिलोनामा १० नम्बरको जर्सी प्राप्त गरे । लगातार चोट बोकेका कारण मेस्सीलाई बार्सिलोनाले नयाँ तरिकाबाट प्रशिक्षण सुरु गरायो । उनीसँग एक सहजकर्ता समेत राखिएका थिए, जो उनीसँगै हिड्न थाले । यसले गर्दा उनले कम चोट बोके ।

उनले सन् २००८ मा उत्कृष्ट खेल प्रदर्शन गरे पश्चात फिफा बालेन डी ओर र फिफा बर्ष खेलाडी अवार्डमा दोस्रो भएका थिए ।

सन् २००९ मा पेप ग्वार्डीओलाको प्रशिक्षणमा खेल्न लागेपछि उनको खेल झनै उत्कृष्ट बन्यो । मेस्सीले त्यस सिजनमा पहिलो पटक २२ बर्षको उमेरमा फिफा बालेन डी ओर र फिफा बर्ष खेलाडीको अवार्ड जिते । त्यस सिजन बार्सिलोनाले मुख्य ६ उपाधि जितेको थियो ।

सन् २०१० को सिजनमा पनि मेस्सीको खेलमा थप सुधार भयो । उनले त्यस सिजनमा ४७ गोल गर्न सके । सन् २०१० को च्याम्पियन्स लिगमा सेमिफाइनलबाटै बाहिरिए पनि मेस्सी प्रतियोगिताको सर्वाधिक गोलकर्ता बने । उता, ला लिगामा एकै सिजनमा ३४ गोल गर्दै बार्सिलोनालाई लिग जिताए । सो सिजन पनि उनले फिफा बालेन डी ओर जितेका थिए ।

सन् २०११–१२ को सिजनमा उनी निकै उत्कृष्ट खेल खेले । उनले त्यस सिजन ७३ गोल गरेका थिए । थप २९ गोलका लागि सहयोग गरेका थिए । बार्सिलोनालाई स्पेनिस सुपर कप र युरोपियन सुपर कप जिताए ।

यस्तै, फिफा क्लब विश्वकपको फाइनलमा उनले दुई गोल गरेका थिए । उनले त्यस प्रतियोगितामा गोल्डेन बल जिते । उनले त्यस वर्ष पनि बालेन डी ओर जित्न सफल भएका थिए । त्यसबेला देखि नै मेस्सीलाई म्यारोडोना र पेले बराबरको खेलाडी मानिन थालिएको हो ।

सन् २०१२ को सिजनमा मेस्सी उत्कृष्ट खेले पनि बार्सिलोनाले उल्लेख्य प्रर्दशन गर्न सकेन । प्रशिक्षक ग्वार्डीओलाले राजिनामा दिए । बार्सिलोनाले त्यस सिजन कोपा डेल रे जित्नु बाहेक अरु केही गर्न सकेन । तर उनले सोही बर्ष सर्वाधिक गोलकर्ताको कीर्तिमान तोडिदिए ।

बायर्न म्युनिकका जर्ड मुलरले गरेको ८५ गोलको कीर्तिमान मेस्सीले तोडेका थिए । उनले त्यस सिजन कीर्तिमानी ९१ गोल गरे । उनले गिनिज बुकमा पनि नाम दर्ता गर्न सफल भए । त्यस सिजन समेत उनले फिफा बालेन डी ओर जित्दै ४ पटक अवार्ड जित्ने पहिलो खेलाडी बनेका थिए ।

सन् २०१३ को सिजनमा मेस्सीलाई चार बर्ष अघिको चोट बल्झियो । तर पनि उनी खेलिरहे । उनले सो सिजनमा ६० गोल गर्न सके र कीर्तिमानी तेस्रो पटक युरोपियन गोल्डेन बुट जिते । उनी सो सिजनमै ५ पटक घाइते भएका थिए ।

सन् २०१४ मा उनले क्लबका लागि मात्र ४१ गोल गर्न सके । त्यस सिजन बार्सिलोनाले कुनै पनि प्रतियोगिता जित्न सकेन ।

सन् २०१५ को सिजन भने मेस्सीका लागि खास रह्यो । नयाँ प्रशिक्षक लुईस एनरिकेको प्रशिक्षणमा बार्सिलोनाले ऐतिहासिक ट्रेबल जित्यो । च्याम्पियन्स लिग जित्ने क्रममा मेस्सीले १० गोल गर्न सके । उत्कृष्ट प्रदर्शनले उनलाई यूईएफएको उत्कृष्ट खेलाडी अवार्ड जितायो ।

सन् २०१६ को सिजन मेस्सीले ४१ गोल र २३ एसिस्ट गर्न सके । सन् २०१७ मा कुल ५४ गोल र १६ एसिस्ट गरेका मेस्सीले चौथो पटक गोल्डेन बुट जित्न सके । त्यसयता मेस्सीले कुल ६ गोल्डेन बुट र ६ पटक बालेन डी ओर जितेका छन् ।

Barcelona news: Lionel Messi presented with sixth Golden Shoe ...

अन्तर्राष्ट्रिय करिअर

मेस्सी अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले अर्जेन्टिनाका लागि सर्वाधिक ७० गोल गरेका छन् । तर मुख्य प्रतियोगितामा उनले अर्जेन्टिनाबाट सफलता पाएका छैनन् । युवा स्तरमा मेस्सीले सन् २००५ को यू–२० विश्वकप जितेका थिए ।

सन् २००५ मै उनले अर्जेन्टिनाको सिनियर टिमका लागि डेब्यु गरे । सन् २००६ को फिफा विश्वकपमा गोल गर्ने उनी कान्छा खेलाडी बनेका थिए । मेस्सी सन् २००७ को कोपा अमेरिका फुटबलमा प्रतियोगिताका उत्कृष्ट युवा खेलाडी बने ।

मेस्सीले सन् २०११ अगस्टमा अर्जेन्टिनी टोलिको कप्तानको जिम्मेवारी पाएका थिए । त्यसपछि उनले अर्जेन्टिनालाई ३ पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनमा पुर्याएका छन् । उनकै कप्तानीमा अर्जेन्टिनाले सन् २०१४ को विश्वकप फुटबलको फाईनल, सन् २०१५ र १६ को कोपा अमेरिका फुटबलको फाइनल खेलेको थियो । तर कुनै जित्न भने सकेन ।

सन् २०१९ मा फोब्सका अनुसार मेस्सी सबैभन्दा बढी कमाई गर्ने खेलाडी थिए । यस्तै सन् २०२० मा मेस्सी पहिलो पटक ‘लौरियास वर्ष उत्कृष्ट खेलाडी’बाट सम्मानित हुने पहिलो फुटबलर बनेका थिए ।

(एजेन्सीकाे सहयाेगमा) 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP