• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
‘आँशु नझरेकाे दिन थिएन’ फुटबलमा फर्कन नपाउँदा प्रत्येक दिन रोएको थिए । आशु नझरेका दिन थिएनन् ।
नमीन ढकाल
बुधबार, पुस १६, २०७६ नमीन ढकाल
‘आँशु नझरेकाे दिन थिएन’
त्रिभुवन आर्मी क्लब तथा राष्ट्रिय टिमका सदस्य सन्तोष तामाङ फोटो : रमेश सुवेदी, खेलपाटी

काठमाडौं । लिगको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग पराजित भएपछि त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नविन न्यौपानेले भनेका थिए, ‘सेन्टर मिडफिल्डर नहुँदा धेरै गाह्रो भयो । फरवार्डलाई बल सप्लाई गर्ने मान्छेनै भएन । त्यसैले गोलनै निस्किरहेको छैन ।’

लिगको दोस्रो खेलमा उपाधि दाबेदार आर्मी मनाङसँग १-० गोल अन्तरले पराजित भएको थियो ।

लिगको चौंथो खेलको कथा भने फरक रह्यो ।

प्रतिद्धन्दीको रुपमा थ्री स्टार थियो ।

कम्तिमा खेल प्रतिस्पर्धात्मक हुनुपर्ने थियो ।

तर खेल अवधिभर आर्मीले थ्री स्टारलाई दबाबमा राख्यो ।

पुरै शक्तिका साथ आर्मीले ‘पावरपुल’ खेल खेल्यो ।

नतिजा पनि २–० को निस्कियो ।

प्रशिक्षकले भनेझै बुधबार आर्मीले निकै लोभलाग्दो खेल प्रदर्शन गर्याे ।

अनि आर्मीको सुधारिएको प्रर्दशनमा मात्र एक पात्र केन्द्रमा थिए ।

ती खेलाडी सन्तोष तामाङ थिए ।

एक खेलाडीले पुरै टिमको प्रर्दशनलाई कसरी प्रभावित पार्छ, सन्तोषले बुधबार त्यसको ज्वलन्त उदाहरण दिए ।

उनी बुधबार मात्र आर्मीको टिममा फर्किएका हुन् ।

उनैको लोभलाग्दो फ्रिकिकमा आर्मीले थ्री स्टारमाथि प्रभाव देखिने जित निकालेको हो ।

तर उनै सन्तोषले पछिल्लो साढे दुई महिना निकै उतार चढाव ब्यहोरे ।

असोज अन्तिम साता ‘डिस्को काण्ड’ मा मुछिएपछि उनी एन्फाको कारबाहीमा परे । सजाय स्वरुप उनी मैदान बाहिर बस्न पर्ने भयो ।

विश्वकप छनोट अन्तर्गत नेपालले कुवेतसंग दोस्रो लेगको म्याच खेल्दै थियो । भुटानमा हुने खेलका लागि नेपाली टिम तयार समेत थियो ।

तर, भुटान जाने अघिल्लो रात सन्तोष सहित राष्ट्रिय फुटबल टिमका चार खेलाडी नाईट क्लबमा भेटिए । उनीहरु सामान्य अवस्थामा थिएनन् ।

एन्फाले चारै खेलाडीलाई भुटान जाने टिमबाट निकाल्यो ।

घटनाको बिषयमा अनुसन्धान गर्यो । करिब महिना दिनपछि सन्तोष र अन्जन विष्टलाई ४५ दिन तथा दिनेश राजवंशी र विमल घर्तिमगरलाई ९० दिन फुटबल गतिविधिमा प्रतिबन्ध लगायो ।

त्यसपछि सन्तोष झण्डै लिग गुमाउने अवस्थमा पुगेका थिए । एन्फाले कारबाहीको समय नघटाएको भए सन्तोषलाई लिगमा समेत देख्न मुस्किल हुने थियो ।

एन्फाको कारबाही भोग्दै सन्तोष लिगको चौथो खेलमा मैदान फर्किए ।

उनले थ्री स्टारविरुद्व प्लेईङ सेटमै रहेर निकै लोभलाग्दो प्रर्दशन गरे ।

उनी राष्ट्रिय फुटबल टिमका भरपर्दा मिडफिल्डर हुन् । आर्मीका लागि उत्तिकै महत्वपुर्ण खेलाडी ।

खेल सुरु भएपछि पुरा समय आर्मीले थ्री स्टारलाई दबाब राख्यो ।

पुरा खेलमा आक्रमण प्रर्दशन गरेको आर्मीले प्राप्त अवसर सदुपयोग गर्न नसक्दा पहिलो हाफमा बराबरी खेल्यो । तर दोस्रो हाफमा आर्मीले दुई गोल गर्न सफल रह्यो ।

खेलको ५४ मिनेटमा आर्मीले पहिलो गोल गर्याे । कप्तान भरत खवासले मिलाएको बलमा राष्ट्रिय टिमका समेत सदस्य रहेका नवयुग श्रेष्ठले डिबक्स भित्रबाट हानेको ‘एक्रोब्याटिक’ सट गोलमा परिणत भयो ।

दोस्रो गोल खेलको ७९ मिनेटमा सम्भव भयो । आर्मीका खेलाडीलाई मैदानको दायाँ भागको करिब २५ यार्डमा थ्री स्टारका खेलाडीले फल गरेपछि विभागीय टिमले फ्रिकिक पाएको थियो ।

१ सय ६ दिनपछि मैदान फर्किएका सन्तोषले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै आर्मीको २–० को जित निश्चित गरेका थिए । सन्तोषको लोभलाग्दो प्रहारलाई थ्री स्टारका विदेशी गोलरक्षक प्रिसोले समेत ठम्याउनै सकेनन् ।

करिब साढे दुई महिनापछि मैदान फर्किएका सन्तोष निकै खुसी देखिन्थे ।

उनले मैदान फर्कने समयको निकै प्रतिक्षा गरेको बताए ।

‘मैदानबाहिर रहँदा कहिले खेलौ जस्तो भएको थियो । धेरैपछि फर्किए । फुुटबललाई धेरै सम्झिए । यस बीचमा टिमसँग खेल्न पाईन ।’ उनले भने ।

डिस्को काण्डमा मुछिएपछि अन्तिम समयमा सन्तोष सहित तीन खेलाडीलाई फिफा विश्वकप छनोट अन्तर्गत कुवेतसँग खेल्न भुटान जान रोक लगाईएको थियो ।

उनले टिमसँग खेल्न नपाउँदा निकै दुखी भएको बताए ।

योहान कालिन गत फागुनमा नेपाल आएपछि सन्तोषको खेल जिवनले फड्को मारेको थियो । कालिनकै नेतृत्वमा सन्तोषले राष्ट्रिय टिमबाट डेब्युको मौका पाएका थिए ।

गत वर्ष चैतमा कुवेतसँग भएको दुई मैत्रीपूर्ण खेलका क्रममा सन्तोषले राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । त्यसयता उनी नियमित टिममा रहँदै आएका छन् ।

मैदानमा फर्किएका सन्तोषले मैदान फर्किने अघिल्लो दिनसम्म नरोएको क्षण कमै भएको बताए ।

‘फुटबलमा फर्कन नपाउँदा प्रत्येक दिन रोएको थिए । आशु नझरेका दिन थिएनन् ।’ उनले भने ।

ललितपुरको चापागाँउमा हुर्किएका सन्तोष हिमालयन शेर्पासँगको खेल हेर्न दुई वर्षिय छोरालाई लिएर मैदान आएका थिए ।

आर्मीविरुद्ध अप्रत्यासित गोल गरेका उनको ‘सेलिब्रेसन’ उस्तै थियो ।

उनले गोल गरेपछि दुबै कानमा चोरी औला घुसारेर हल्ला सुन्न चाहेनन् ।

यस्तो सेलिब्रेसन फुटबलमा कमै देख्न पाईन्छ ।

यसको कारण भने फरक रहेछ ।

उनी ब्राजिलीयन तथा जर्मन क्लब बार्यन म्युनिखका स्टार फिलिप कौटिन्होका प्रशंसक रहेछन् । उनले कौटिन्होकै नक्कल गरेका रहेछन् ।

२५ वर्षिय सन्तोषले पाँच वर्षयता आर्मीबाट खेल्दै आईरहेको छन् ।

यसअघि उनले फ्रेन्ड्सबाट 'ए' डिभिजन लिग सुरुवात गरेको थिए । करिब ५ बर्ष फ्रेन्ड्सबाट खेलेपछि सन्तोषले आर्मीबाट फुटबल करियर सुरु गरेका हुन् ।
खेलपछि आर्मीका प्रशिक्षक नविन न्यौपानेले टिमको महत्वपुर्ण खेलाडीको निकै आवश्यकता रहेको र सन्तोषको आगमनसँगै सो पुरा भएको बताए ।

‘यस अघिनै भन्दै आएको थिए । महत्वपुर्ण खेलाडी सन्तोष हो भनेर । थ्री स्टारसंगको खेलमा उसले आफुलाई प्रमाणित गरेर पनि देखायो । उसको आगमनसँगै टिम झन मजबुद भएको छ ।’

यो पनि पढ्नुस्

'गोल मेसिन' को आगमन !

पुनरागमनका लागि रविन तयार

मोफसलबाट चम्किएको 'हिरो'

फुटबलमा मिक्छेन 'प्रभाव'

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
आइपिएलमा १४ वर्षे वैभवको आगमन
आइपिएलमा १४ वर्षे वैभवको आगमन
बाउन्ड्रीमा सिद्धान्त !
बाउन्ड्रीमा सिद्धान्त !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
umbro nepal
  • ताजा समाचार
  • खेल आज
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP