• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
पुनरागमनका लागि रविन तयार
नमीन ढकाल
शुक्रबार, पुस ११, २०७६ नमीन ढकाल
पुनरागमनका लागि रविन तयार

काठमाडौं । रविन श्रेष्ठ घरेलु फुटबलले पाएका अब्बल दर्जाका डिफेन्डर हुन् ।

सन् २०१३ को साफ च्याम्पियनसिपमा रविन सबै दर्शक, समर्थकको मन मष्तिस्कमा बस्न पुगेका थिए ।

डिफेन्स लाईनबाट बल अघि बढाउँदै ‘थर्ड जोन’मा रविनले निकालेको क्रसमा जुमानु राईले गोल गरेका थिए ।

गोल सहजै निस्कियो ।

तर डिफेन्सबाट बल अगाडी बढाएर रविनले जसरी क्रस गरे, त्यो मुभ निकै लोभलाग्दो थियो । उत्तिकै स्मरणीय पनि ।

त्यही गोलमा नेपालले भारतलाई पराजित गरेको थियो । रविनले घरेलु फुटबलमा आफुलाई प्रमाणित गर्ने अवसर पाएका थिए ।

पातलो ज्यान, होचो कदका रविनले आफुलाई घरेलु फुटबलमा अब्बल दर्जाको डिफेन्डरको रुपमा पुष्टि पनि गरे ।

उनै रविन फुटबलबाट करिब डेढ बर्ष टाढै रहे ।

पुलिस क्लबका जागिरे रविनको दायाँ खुट्टाको लिगामेन्ट गएपछि फुटबल गतिविधि ठप्प जस्तै रह्यो ।

उनी चोटबाट निको हुँदै सन् २०१७ मा मैदान फर्किए । तर सोही चोटले पिरोल्न थाल्यो ।

झण्डै डेढ बर्षपछि रविन पुलिसको जर्सीमा घरेलु फुटबलमा पुनरागमन गर्दैछन्, पुरै तयारीका साथ ।

प्रशिक्षकले विश्वास गरेमा शुक्रबार उनी पुलिसको जर्सीमा देखिनेछन् ।

‘लिगको लागि भनेर तयारी गरिहेको छु । राम्रो भईरहेको छ । प्रशिक्षकले चाहेको अवस्थामा खेल्न तयार छु ।’ रविन भनेका छन् ।

अर्को महिना रविनले खुट्टाको शल्यक्रिया गरेको एक बर्ष पुग्दैछ । त्यसपछि उनको फुटबल गतिविधि ठप्प जस्तै रह्यो । गत सिजन उनले लिग खेल्नै पाएनन् । पुलिसले छैठौ स्थानमा रहेर लिगको अन्त्य गरेको थियो ।

सन् २००८ बाट राष्ट्रिय टिममा डेब्यु गरेका लेफ्ट ब्याक रविन सन् २०१७ एएफसी एसिया कप छनोट अन्तर्गत फिलिपिन्ससँगको अवे खेलका क्रममा घाईते हुन पुगेका थिए ।

नेपाल एएफसी सोलिडारीटी कप जितेका कारण छनोट चरण खेल्न पाएको थियो । तर प्रतियोगिताको पहिलो खेलमै उनी घाईते भए ।

९ महिनाको विश्रामपछि पुनः उनी मैदान फर्किएका थिए ।

बंगलादेशको राजधानी ढाकामा हुने साफ खेल्ने अन्तिम सूचिमा उनको नाम समावेश गरिएकाे थियो ।

साफकै तयारी लागि उनी सहितको टिम थाईल्याण्डको यू–२३ टिमसँग मैत्रिपुर्ण खेल खेल्न बैंकक लागेको थियो । अभ्यासको क्रममा रविनकाे चोट बल्झिन पुग्याे । उनी पुन मैदान बाहिर रहन पुगे ।

रविनको चोट पुन निको भएको छ । र उनी चालू लिगमार्फत घरेलु फुटबलमा पुनरागमन गर्दैछन् ।

उनी लिगमा प्रर्दशनलाई सम्झना योग्य बनाउन चाहन्छन् । दैनिक पुलिसको खेल हेर्न मैदान पुग्ने रविन भने खेल्ने बिषयमा धेरै नसोचेको बताउँछन् ।

‘सामान्य सोचेको छु । पहिले जस्तो खेलेको हो, त्यस्तै खेल्ने हो । आत्मविश्वास तल माथि भएको छैन । डेढ बर्षपछि मैदान फर्कदा असहज त भैहाल्छ ।

तर तयारी अनुसार गाह्रो नहोला’ । उनी भन्छन् ।

रविनलाई मैदान उतार्ने विषयमा पुलिसका प्रशिक्षक अनन्त राज थापा सकारात्मक छन् । रविन पुर्ण रुपमा फिट हुँदै गएका कारण उनी मैदानमा उत्रन सक्ने थापाको विश्वास छ ।

‘रविन अहिले फिट छ, निको भईसकेको छ । आवश्यकता अनुसार टिममा आउँछ ।’ प्रशिक्षक थापा भन्छन् ।

उनले रविनको स्थान पुर्ती गर्न गत सिजन मनाङबाट खेलेका प्रवेश दनुवारलाई टिममा झिकाएका छन् । उनले पुलिसबाट उच्च प्रर्दशन गरिरहेका छन् ।

त्यसैले पनि प्रशिक्षक अनन्त उनलाई आवश्यकता अनुसार मैदान उतार्ने बताउँछन् ।

एन्फा एकेडेमीका उत्पादन रविनले ६३ सालको लिगबाट करियर सुरु गरेका थिए ।

जनकपुर जलेश्वरमा हुर्किएका रविनले पहिलो पटक संकटाबाट लिग खेलेका थिए । त्यसयता उनी पुलिस क्लबमा आबद्ध भए । ६६–६७ र ६८ सालमा पुलिसले लिगको उपाधि जित्दा रविन टिमको मुख्य खेलाडीको रुपमा थिए ।

६९ सालमा थ्री स्टारले लिग जित्दा रविलने पुलिसबाटै खेले । गत सिजन चोटको कारण उनी मैदान बाहिरनै रहे ।

लामो समय मैदान बाहिर रहेका रविन पुरानै फर्ममा देखिन चाहन्छन् । अनि राष्ट्रिय टिमको ढोका खोल्न चाहन्छन् । फेरि राष्ट्रिय टिममा आफुलाई स्थापित गर्न चाहन्छन् ।

‘सुरुवातमै राष्ट्रिय टिम भन्दा पनि क्लबमा राम्रो गर्ने हो । लिगमा राम्रो भएको खण्डमा राष्ट्रिय टिममा पक्कै स्थान बनाउनु पर्छ । जसको लागि मेहनत गर्छु ।’ रविन भन्छन् ।

यो पनि :  मोफसलबाट चम्किएको 'हिरो'

फुटबलमा मिक्छेन 'प्रभाव'

ब्रिजेश, संघर्ष र पुनरागमन !

फेरिएका भुमिका, बदलिएको जिम्मेवारी

‘बुवाको सपना पुरा गर्नुछ’

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP