काठमाडौं । एसियाली शिख गेम्सअन्तर्गत बुदोकैदो करातेमा सहभागी हुन ८ सदस्यीय नेपाली टोली आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ ।
पुस १४ देखि १६ गतेसम्म हुने प्रतियोगितामा शैलेन्द्र महर्जन, सिरुस भुजु, सुजल महर्जन, सतिश बलामी, नरेन्द्र महर्जन, समिर महर्जन, प्रवीण तामाङ र आइशा लामा काठमाडौंबाट प्रस्थान गरेका हुन् ।
प्रतियोगितामा नेपालबाट जम्मा ३३ सदस्यीय टोली सहभागी हुँदै छन् ।
बाँकी टोली सुदूरपश्चिमबाट दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाल बुदोकैदो संघले जनाएको छ ।