काठमाडौं । नेपाल सितोरियो सोबुकान कराते डो संघको आयोजनामा चौथो नेपाल सितोरियो सोबुकान खुला राष्ट्रिय कराते प्रतियोगिता शनिबार हुने भएको छ ।
प्रतियोगितामा करिब ४ सय खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक सनिश श्रेष्ठले जनाएका छन् ।
पुरुषमा ९ र महिलामा ८ गरी १७ स्पर्धामा खेल हुने छ । एकदिने प्रतियोगिता भक्तपुरको बालकोटमा हुने छ ।