• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहिवार, फाल्गुन १३, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
अन्तर्वार्ता
  • गृहपृष्ठ
  • अन्तर्वार्ता
सागमा कराँतेले सर्वाधिक स्वर्ण जित्नेछ – दावा गुरुङ (अन्तरवार्ता)
64x64
बिहिवार, जेठ २३, २०७६ गिता राई

नेपाली खेलकुदमा कराँते खेलको गौरबमय ईतिहास छ । घरेलु खेलमा राजनीतिको सिकार नहुन्जेल अन्तराष्ट्रिय एरिनामा कराँतेले हासिल गरेका सफलता लोभलाग्दो नै छ । दक्षिण एसियाली खेलकुदमा धेरै पदक ल्याउने खेलको रुपमा रहेको कराँते पछिल्लो समय आन्तरिक विवादले थिलोथिलो अवस्थामा पुगेको छ । विवादकै कारण कराँतले पछिल्लो सागमा सफलता जनाउने अवसरनै पाएन ।

स्वार्थ केन्द्रित राजनीति र ब्यक्ति केन्द्रित स्वार्थको दलदलमा विभाजित कराँतेले त्यसबाट उम्कने प्रयास खोजिरहेको छ । यसै साता कराँतेका लागि एक सुखद खबर प्राप्त भयो । ललितपुरको सातदोबाटोमा कराँतेको आफ्नै एकेडेमी भवनको उद्घाटन गरियो । करिब ६ बर्ष अघि सुरु भएको भवन निर्माण केही काम अझै बाँकीनै छन् । तर बुधबार खेलकुद मन्त्री जगत विश्वकर्माले कराँते एकेडेमी भवनको उद्घाटन गरे ।

यसअघिका सदस्य सचिव युवराज लामा आफै कराँतेका खेलाडी थिए । उनले कराँते खेलको ईतिहासमा एक महत्वपुर्ण कामको थालना गरे । बुधबार उद्घाटन भएको एकेडेमी उनै लामाको परिकल्पना थियो ।

कराँतेले अब भने आफ्नै अभ्यास गर्ने मुख्य भवन पाएको छन् । खुल्ला रुपमा अभ्यास र प्रतियोगिता गर्दै आएको कराँतेले आफ्नै एकेडेमी सहितको हल पाएको छ ।

नवनिर्मित भवनले कराँते खेलको विकासमा कस्तो प्रकारको टेवा पुग्छ त ?

यिनै बिषयमा खेलपाटीकर्मी गीता राईले नेपाल कराँते महासंघका सह–अध्यक्ष दावा गुरुङसंग कुराकानी गरेकी छिन् ।

कराँतेको एकेडेमी निर्माण गर्नुको उद्वेश्य के हो, यसको परिकल्पना कसरी भयो ?

यो पूर्व सदस्यसचिव युवराज लामाको परिकल्पना हो । उहाँको योजना आज आएर साकार भएको छ । उहाँले नै यो भवन बनाउन सुरुवात र परिकल्पना गर्नुभएको हो । कराँतेले अन्र्तराष्ट्रिय स्तरमा ईतिहास रच्दै आएको छ । त्यसलाई निरन्तरता दिन र बचाउन एकेडेमी भवन निर्माण गरिएको छ ।

यसको निर्माणमा कसले सहयोग गरेको हो ?

भवनको परिकल्पना कराँते महासंघले गरेको हो । यसको निर्माण राष्ट्रिय खेलकुद परिषद् राखेपले गरेको हो ।

भवनको लागत खर्च कति हो ?

जानकारी अनुसार करिब ८ करोड खर्च भएको छ ।

भवन निर्माणको काम नसकिदै उद्घाटन गरिएको छ, के कारणले होला ?

भवन त बनिसक्यो । अलिकति सुविधाको कमी छ । बाँकी काम चाँडै नै सकिनेछ ।

खेलाडीले अब बर्षभरीनै प्रशिक्षण गर्न सक्छन त ?

सहज रुपमा खेलाडीले बाह्रै महिना प्रशिक्षण गर्न मिल्ने वातावरण बनेको छ ।

 कराँतेको आफ्नै भवन बनेको छ । कराते खेलको विकासमा कत्तिको सहयोग पुग्ला ?

यो भवन निर्माणले कराँते खेलको विकासमा ठुलो टेवा पुग्छ । अब प्राकृतिक रुपमा अवरोधको सामना गर्न पर्दैन । अन्तराष्ट्रिय स्तरमा कराँतले लिएको लक्ष्य हासिल गर्न सहज हुनेछ ।

भवनको निर्माणपछि खेलाडीलाई के–कस्तो सुविधा हुन्छ ?

भवनमा होस्टेल पनि भएका कारण खेलाडीलाई बाहिर बस्नुपर्दैन । क्याम्पमा बस्ने खेलाडी एउटा कोठामा ४ जना बस्न सक्छन् । यहाँ हरेक चिजको सुविधा छ । खानाका लागि मात्र बाहिर जाने हो । चाँडै त्यसको व्यवस्था गर्नेछौ । राष्ट्रिय टिम र राष्ट्रिय क्याम्पमा बस्नेले होस्टेलमा निशुल्क बस्न पाउनेछन् । राष्ट्रिय टिमको क्याम्पमा नरहने खेलाडीले न्युन शुल्क तिरेर बस्न पाउनेछन् ।

दक्षिण एसियाली खेलकुदमा कराँते धेरै पदक ल्याउने खेलमा पर्छ । भवनको निर्माणसँगै अब नेपालमा हुने साफमा कराँतेबाट कति पदकको आशा गर्न सकिन्छ ?

पहिला १६ इभेन्ट थियो, अहिले १९ इभेन्ट छ । पहिले हामीले १६ वटा इभेन्टमा १४ वटा स्वर्ण, एउटा रजत, एउटा कास्य ल्याएका थियौ । मलाई विश्वास छ, यसपटक १९ वटा इभेन्टमा कम्तिमा १७ वटा स्वर्ण हामीले ल्याउने छौ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘प्रदेश खेलकुद अघि र केन्द्र पछि जस्तो भो’
'बलिया टिमसँग नेपालले मैत्रीपूर्ण फुटबल खेल्नुपर्छ'
हरेक निर्णयमा आईसीसीको भर पर्नुपरेको छ – क्यान अध्यक्ष (अन्तरवार्ता)
बार्सिलोनाविरुद्ध अदालत जान सक्दिन : मेस्सी (अन्तरवार्ता)
एक कार्यकाल सोच्न सक्छु - रमेश सिलवाल (अन्तरवार्ता)
विधेयकले खेलकुद क्षेत्रका सबै समस्या हल गर्छ – मन्त्री विश्वकर्मा (अन्तरवार्ता)
  • ताजा समाचार
  • खेल आज
बुद्ध क्रिकेट क्लबको जित
मैत्रीपूर्णमा रौतहटको महिला टोलि विजयी
इंग्ल्यान्ड १ सय १२ रनमा अलआउट
एनभीए क्लब भलिबल लिग चैतमा
हाप्किडोको राष्ट्रिय च्याम्पियसिप बैशाखमा 
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP