• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, माघ ५, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
अन्तर्वार्ता
  • गृहपृष्ठ
  • अन्तर्वार्ता
'बलिया टिमसँग नेपालले मैत्रीपूर्ण फुटबल खेल्नुपर्छ' अन्तर्वार्ता
64x64
सोमवार, मंसिर ८, २०७७ रमेश सुवेदी

काठमाडौं । कोरोना महामारीका बीच नेपालको राष्ट्रिय पुरुष फुटबल टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्यो ।

बंगलादेशको ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा भएको दुई खेलको सिरिज घरेलु टिमले पोल्टामा पार्याे ।

कात्तिक २८ गते भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २–० गोल अन्तरले पराजित भयो । मंसिर २ गते भएको दोस्रो खेल भने गोल रहित बराबरीमा टुंगियो ।

योसँगै ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय पुरुष फुटबल सिरिज २०२०’ नाम दिईएको प्रतियोगिताको उपाधि घरेलु टिमले हात पार्याे ।

करिब ८ महिनापछि अन्तराष्ट्रिय मैदानमा फर्किएका दुवै टिमले सोचे अनुसार आफ्नो स्तरको प्रदर्शन दिन सकेनन् । दुवै टिमले खेललाई हार–जित भन्दा पनि अन्तराष्ट्रिय फुटबलमा फर्किएको रुपमा लिए ।

चैत ११ गते सरकारले लक डाउन गरेपछि खेलाडी पहिलो पटक कात्तिक १२ गते मैदान फर्किएका थिए । मुख्य विदेशी प्रशिक्षक योहान कालिन स्वेदश (स्विडेन)मा अड्किएपछि एन्फाले कार्यकारी प्रशिक्षकको रुपमा बालगोपाल महर्जनलाई टिमको नेतृत्व सुम्पिएको थियो ।

७२ सालको भुकम्पका कारण जिर्ण बनेको दरशथ रंगशालामा ५ वर्षपछि सिनियर टिम अभ्यासमा फर्किएका हो । प्रशिक्षण अघिनै ५ खेलाडी कोरोना संक्रमित बनेपछि नेपाली टिम समस्यामा परेको थियो ।

एक हप्ताको अभ्यासमा थप दुई खेलाडी संक्रमित भए र रोहित चन्दले चोट बोकेपछि नेपाली टिम केही मुख्य खेलाडीबिनै ढाका भ्रमणमा निस्किएको थियो ।

संक्रमणकै कारण थप नयाँ ८ खेलाडीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाए । जसमा ६ खेलाडीले डेब्युनै गरे । केही खेलाडीको प्रदर्शन उच्च रह्यो भने कोही औसत देखिए । दुई मैत्रीपूर्ण खेलमा फरक दुई खेलाडीले नेपाली टिमको कप्तानी गरे ।

केही महिनानै नेपालले फिफा विश्वकप छनोट २०२२ अन्तर्गत एसियाली छनोटमा अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपे जस्ता ठुला टिमसँग खेल्दैछ । घरेलु मैदानमा तीन माथिल्ला स्तरका टोलीसँग खेल्नुअघि नेपाली टिम तयारीका लागि ढाका पुगेको हो ।

कोरोना महामारी, संक्रतिम खेलाडी, खेलाडीको चोट, कप्तान परिवर्तन, खेलाडीको फिटनेश, आगामी तीन खेलको तयारी लगायतका विषयमा राष्ट्रिय फुटबल टिमका कार्यकारी मुख्य प्रशिक्षक बाल गोपाल महर्जनसँग खेलपाटीका रमेश सुवेदीले कुराकानी गरेका छन् ।

१, तेस्रो पटक प्रशिक्षणको जिम्मेवारी सहित बंगलादेश पुग्नु भयो । समग्रमा बंगलादेश भ्रमण कस्तो रह्यो ?

यस पटक अरु समय भन्दा पृथक रह्यो । यस पटक समय, अवस्था, सन्दर्भ, मेरो लागि पहिलो अनुभव रह्यो । कोभिड माहामारीको समय विदेश यात्रा अलिकति कठिनाईका बाबजुद पनि विशेष रह्यो । छोटो समयको तयारी थियो । अझै तयारी बिनै बंगलादेश उडेका थियौ । ढामा तीन दिन होटलमै बिताउनु पर्याे ।
तीन दिनको सामान्य अभ्यासपछि पहिलो म्याच खेल्नुपर्याे । त्यो सन्दर्भमा हामी पहिलो खेलमा अलिकति चुकेकै हौं । चार दिन पछिको खेलका लागि भने तयारी गर्न पायौं । त्यो अनुसार खेलाडीको प्रर्दशन सबैको राम्रो भयो । खेलाडीलाई नियाल्ने मौका पनि पायौं ।

२, नेपालको कमजोरी कहाँ रह्यो ?

यस्तो स्थितीमा कमजोरी मात्रै नियाल्ने भन्दा पनि कसरी यो ठाउँमा पुग्यौं, कसरी यो अवस्थामा पुग्यौै भनेर सोच्नुपर्छ । खाली कमजोरी, गोल गर्न सकेनौं, गोल गरेनौं नभनौं । समय कस्तो थियो, खेलाडी कुन अवस्थामा थिए, कसरी यो अवस्थामा आयौं, यो वातावरणलाई बुझ्न जरुरी छ । समग्रमा दुई खेलको नतिजाबाट सन्तुष्ट छु ।



३, स्वदेश रहँदै फिटनेशमा समस्या छ भन्नु भएको थियो । ढाकामा कत्तिको सुधार आयो ?

ढाका पुगेपछि तीन दिन त आफ्नै होटलमा रह्यौं । बाहिर जान दिएन । अवस्था पनि थिएन । तीन दिन फिल्डमा अभ्यास गर्ने मौका पायौं । काठमाडौंको एक हप्ता र तीन दिन ढाकाको तयारीले पहिलो खेलमा गरेको प्रदर्शनलाई सन्तोषजनकनै मान्नुपर्छ । किनकी फुटबल समूहको खेल हो । यसमा तयारी लामो समयको हुनुपर्छ ।
वर्तमान समय र सन्दर्भको हिसावमा छोटो समयमा दशै लगत्तैको तयारी र कोभिडको अवस्थामा नतिजा आफ्नो स्थानमा छ । खेलाडीको प्रर्दशनलाई मैले सन्तोषजनक मान्नुपर्छ । त्यसपछि अलिकति हाम्रो कमिकमजोरी अनुसार दोस्रो खेलमा तयारी गर्याै । जहाँसम्म लाग्छ, करिब दुई हप्ता दिनको तयारीमा प्राप्त नतिजा सन्तोषजनकनै रह्यो ।

४, खेलाडीको फिटनेशले कत्तिको समस्या पार्यो ?

समस्या पार्यो । कोभिडको कारण ८ र चोटका कारण एक खेलाडी गुमाउन पर्याे । विगत दिनमा उनीहरु अनुभवी खेलाडी थिए । बाहिर रहे ।
केही मुख्य खेलाडी संक्रमित भएका कारण हामीलाई पक्कै कठिनाई भएको हो । यस्तो अवस्थामा सिनियर र अनुभवका कारण पनि खेलाडीलाई मैदान उतार्न पर्ने बाध्यता भयो । नयाँ खेलाडीलाई मैदान उतार्ने बाध्यता पनि भयो । यसरी दुवैलाई हेर्ने मौका पनि पायौं ।


५, मुख्य खेलाडीनै संक्रमित भएपनि टिम कत्तिको प्रभावित बन्यो ?

मैले पनि भनिरहेको छु । सबैले बुझ्नु पर्ने पनि यहि हो । झण्डै १० महिनाको खेलाडी बन्द रहे । करिब १० दिनको तयारी छ । यस तयारीमा आएको नतिजालाई म मात्र हैन, आम फुटबल प्रेमी, आम सञ्चारकर्मी र सबैले स्विकार गरेर अघि बढ्ने हो ।
मुख्य खेलाडी संक्रमित र घाईते भएको अवस्था, पर्याप्त तयारी गर्ने समयको अभावका कारण यो नतिजा आएको हो ।

६, पहिलो खेलमा किरणलाई कप्तानी जिम्मेवारी दिनुभयो । दोस्रोमा भरतलाई कप्तानी दिनुभयो । तर भरतलाई २० मिनेटमै बाहिर पठाउनु भयो ? खेल्न नसक्ने खेलाडीलाई कप्तानी दिएर किन मैदान पठाउनु भएको हो ?

विगतदेखिनै एउटा नेतृत्वकर्ता, प्रशिक्षकसंग सहमत हुने, मेहनती, अनुभवी, खेलाडीबीच समन्व्य गर्न सक्ने, नियमित टिममा पर्न सफल हुने खेलाडीलाई कप्तानी दिदै आएको हो ।
विगतमा के कस्तो भयो, त्यता नजाउँ । म बताउँन पनि चाहन्न । तर कहिले विराज, कहिले किरण, कहिले सुजल, कहिले भरत भैरहेको अवस्था छ । पहिलो खेलमा पनि किरण र दोस्रोमा भरतलाई जिम्मेवारी दिएको हो ।
भरत पहिलो खेलमा प्लेईङ सेटमा थिएन । दोस्रो खेलमा उसैलाई जिम्मेवारी दिनुपर्ने अवस्था आएपछि मैले त्यो अनुसार उसलाई कप्तानी दिएको थिए । खेलाएको पनि थिए । टिममा झनै समस्या आएपछि निकाल्न पर्ने बाध्यता आयो । त्यसमा कुनै कुरा छैन ।
कप्तानमा जो क्षमतावान छ, खेलाडीमा राम्रोसँग तालमेल मिलाउन सक्छ, जो अनुशासित छ, जसको प्रशिक्षकसँग राम्रो सम्बन्ध छ, जसले मिडियासंग राम्रो डिल गर्न सक्छ, त्यही हुने हो । अझ भनेको खेलाडी सेटमा हुनुपर्याे । खेलमा पनि निपुर्ण हुनुपर्यो । हरेक क्षेत्रमा निपुर्ण भए, उसले कप्तानी पाउने हो ।

७, ढाका भ्रमणमा ६ नयाँ खेलाडीले डेब्यु पाए । प्रशिक्षकको नजरमा उनीहरुको प्रदर्शन र भविष्य कस्तो छ ?

नयाँ खेलाडीकै लागि यस्ता मैत्रीपूर्ण खेलहरु मौका पनि हो । हामीलाई हेर्ने अवसर पनि हो । डेब्यु गरिसकेपछि कस्तो किसिमको प्रदर्शन दिन्छ, त्यसले आगामी दिनमा उसको भविष्य निर्धारण गर्छ । आगामी दिनमा कसको स्थानमा, कुन ढाँचामा खेलाउन सकिन्छ भनेर लिने हो । यसमा मैले आशा पनि गरेको छु । नयाँ खेलाडीको प्रदर्शनमा म सन्तुष्ट छु । यो भन्दा पनि राम्रो प्रदर्शन दिन्छन् भन्ने आशा लिएको छु ।

८, हामीले पछिल्लो दिनमा तीन–तीन वटा फिफा छनोटका खेल खेल्दैछौँ । मुख्य प्रशिक्षकको अनुपस्थितीमा तपाईलेनै टिम हर्ने भनिएको छ । नेपाली टिमको तयारी कसरी अघि बढाउनुपर्ला ?

तपाईलाई एउटा उदाहरण दिन्छु, साग गेम (दक्षिण एसियाली खेलकुद प्रतियोगिता)अघि हामीले कतारमा गएर मैत्रीपूर्ण खेल खेलेका थियौ । त्यो निकैनै आवश्यक थियो । जसले गर्दा सागमा खेलाडीको मनोबल बढ्यो । अव, हामी विश्वकप छनोटको खेल खेल्न गईरहेका छौं । त्यो पनि होम मैदानमा, अझ सशक्त टिमसँग । त्यसको तयारीका लागि हामीले सशक्त टिम वा हामी भन्दा माथिल्ला स्तरका टिमसंग खेल्न आवश्यक छ ।
आफु भन्दा बलिया टिमसंग खेलेका आधारमा आफ्नो टिमको मुल्यांकन गरिन्छ । त्यहि अनुसार हामी अगाडी बढ्नुपर्छ । त्यस्ता मैत्रीपूर्ण खेल अतिनै आवश्यक छ ।

(प्रशिक्षक महर्जनले तेस्रो पटक राष्ट्रिय टिम समाल्ने अवसर पाएका हुन् । उनले नेपाललाई बंगबन्धु गोल्डकप, १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) र उमेर समूहमा नेपाललाई यू–१९ साफ च्याम्पियनसिपको उपाधि दिलाएका छन् ।)

प्रतिक्रिया दिनुहोस्
थप समाचार
हरेक निर्णयमा आईसीसीको भर पर्नुपरेको छ – क्यान अध्यक्ष (अन्तरवार्ता)
बार्सिलोनाविरुद्ध अदालत जान सक्दिन : मेस्सी (अन्तरवार्ता)
एक कार्यकाल सोच्न सक्छु - रमेश सिलवाल (अन्तरवार्ता)
विधेयकले खेलकुद क्षेत्रका सबै समस्या हल गर्छ – मन्त्री विश्वकर्मा (अन्तरवार्ता)
'नराम्रो भन्नेको बोली बन्द पार्न सफल भए'
गलत मान्छेको हालीमुहाली हुन दिन्न – चन्द
  • ताजा समाचार
  • खेल आज
लिभरपुल र युनाइटेडको बराबरी
बायर्नलाई ४ अंकको अग्रता
सुदूरपश्चिम स्पोर्टस अवार्ड चैतमा
टोटेनहमको सहज जित
माडी सेमिफाइनलमा
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत रोजिना केसी
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP