• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शुक्रवार, फाल्गुन १४, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
अन्तर्वार्ता
  • गृहपृष्ठ
  • अन्तर्वार्ता
'आरोप प्रमाणित भए राजीनामा दिन्छु'
64x64
शनिवार, भदौ १४, २०७६ रमेश सुवेदी
तस्विर : विष्णुको फेसबुक

काठमाडौं । एएफसी फुटसल च्याम्पियनसिप छनोट खेल्न अखिल नेपाल फुटबल संघ एन्फाको फुटसल कमिटिले खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गर्यो ।

लगत्तै राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकमा विष्णु गुरुङलाई नियुक्त गर्यो ।  सुरुवातमा विवाद देखिएपछि फुटसल कमिटिले खेलाडी छनोट सकेर मात्र प्रशिक्षक नियुक्त गरेको थियो ।

फुटसल कमिटिका संयोजक तथा केन्द्रिय सदस्य दावा लामाले सुरुवातमै विष्णु गुरुङलाई प्रशिक्षक नियुक्त गर्ने बताएका थिए । तर, अन्य प्रशिक्षकले त्यसमा विरोध जनाए । सुरुमै विवाद सिर्जना हुने देखेपछि खेलाडी छनोट सकेर प्रशिक्षक नियुक्त गर्ने भनियो ।

काठमाडौंको चावहिलस्थित भाटभटेनी फुटसलमा ५ दिनसम्म खेलाडी छनोट चलेको थियो । ११ सदस्यीय प्रशिक्षकको कमिटिले खेलाडीको छनोट गरेको थियो ।

लगत्तै फुटसल कमिटीले ३७ खेलाडी नाम सार्वजनिक गर्दै मुख्य प्रशिक्षकमा विष्णु र सहायक प्रशिक्षकमा गौरव बस्नेतको नाममा निर्णय गर्यो । विष्णुले यसअघि राकेश श्रेष्ठको सहायकको रुपमा फुटसल टिम हेरेका थिए ।

प्रशिक्षक नियुक्तीलाई लिएर भदौ ३ गते अन्य प्रशिक्षकहरुले विरोध स्वरुप प्रेस विज्ञप्ती निकाले । उनीहरुले ३२ खेलाडीको मात्र नाम उपलब्ध गराउँदा बाहिरबाट ५ खेलाडी थपेर नाम सार्वजनिक गरिएको बताए ।

साथै सहमतीमा प्रशिक्षक नियुक्त गर्ने प्रतिबद्वता फुटसल कमिटिले पुरा नगरेको र संकटालाई लिगको उपविजेता बनाउन भूमिका खेलेका विष्णुलाई उपहार स्वरुप प्रशिक्षक बनाईएको आरोप लगाए ।

धेरै सिनियर खेलाडी तथा प्रशिक्षकले फुटसल प्रशिक्षकमा नियुक्त भएको विष्णुको क्षमतालाई लिएर प्रश्न उठाए ।

फुटसलका अधिकांश प्रशिक्षकले लगाएको आरोप कतिको सही छ । मुख्य प्रशिक्षकमा नियुक्त भएका विष्णु यस बिषयमा के भन्छन् ? नेपालले एएफसी फुटसल च्याम्पियनसिप छनोटको तयारी कसरी अघि बढाईरहेको छ ।

यिनै बिषयमा खेलपाटीकर्मी रमेश सुबेदीले राष्ट्रिय फुटसल टिमका मुख्य प्रशिक्षक विष्णुसँग कुराकानी गरेका छन् ।

टिमको तयारी कसरी अगाडी बढिरहेको छ ?

तयारी सुरु भईसकेको छ । आईतबारबाट तयारी सुरु गरेका छौ । फुटसल कोट उपलब्ध नहुदाँ टर्फमै तयारी गरेका छौ ।

टिममा सुरुमै ३७ खेलाडी बोलाईएको छ । छनोट प्रक्रिया कसरी अघि बढ्छ ?

अहिले हामीसँग ३७ खेलाडी छन् । अब २५ खेलाडीमा झार्नेछौ । अन्तिम छनोटमा १४ खेलाडी रहन्छन् ।

पहिलो चरणको छनोट कहिले हुन्छ ?

अर्काे हप्ता गर्ने तयारी छ ।

'ए' डिभिजन लिग खेलिसकेका खेलाडी पनि समावेश छन् ?

हो, अहिले हामीसँग ३–४ जना ए डिभिजन लिग खेलेका खेलाडी छन् ।

हामीसँग खेल्ने टिम निकैनै बलिया छन् । कसरी लिनु भएको छ ?

सबै बलिया टिम छन् । सबै बरीयता प्राप्त टिम हुन् । हाम्रो कुनै वरियता छैन । हामी ‘अन्डर डग’ टिम हौं । अन्तिम समय हामीले जुन नतिजा ल्याएका थियौ । त्यसैले गर्दा यसपटक समेत राम्रो हुन्छ भन्ने लागेको छ ।

Image may contain: 13 people, including Bishnu Gurung and Bikram Maharjan, people smiling, people standing and outdoor

तपाईलाई जिम्मेवारी दिने बित्तिकै धेरै प्रशिक्षकले विरोध गरे । कसरी लिनु भएको छ ?

त्यस्तो विवाद केही छैन । सिनियरहरुले आफ्नो पालो भनेर कुरा राख्नु भएको हो । तर ‘अपडेट’ भएको मान्छेलाई मौका दिनुपर्छ भन्ने मेरो मान्यता हो ।

देशबाट कति खेले ? के गरे भन्दा पनि अपडेट भएको मान्छेलाई प्रमाणित गर्ने मौका दिनुपर्छ ।

सुरुमा सिनियरलाई प्रशिक्षक बनाउने भनेर निर्णय भएको थियो । सिनियरलाई पालो दिनुपर्छ भन्ने तपाईलाई किन ठिक लागेन ?
दिनुपर्छ । हामी सबै एकै किसिमका मान्छे हौं । ‘अपडेट’ भएको ब्यक्तीलाई दिएको राम्रो भन्ने हो ।

तपाईमाथि आरोप छ, पुरस्कार वापत एन्फाले प्रशिक्षक बनायो भनेर । केही भन्नु छ ?

हैन । उहाँहरुले बनावटी कुरा गरेको हो । आरोप प्रमाणित भए, प्रशिक्षकको भुमिकाबाट राजिनामा दिन तयार छु ।

तपाई प्रशिक्षक भएपछि अन्य प्रशिक्षक किन विज्ञप्तीनै निकाल्ने अवस्थामा पुगे ?

मसँग कुनै प्रकारको कुरा भएको छैन । उहाँहरु आफैले विज्ञप्ति निकाल्नु भएको हो ।

प्रशिक्षक बन्ने बित्तिकै विवादमा मुछिनु भयो । अबको चुनौती के हो भन्ने लाग्छ ?

चुनौती छ । सकेको राम्रो दिने हो । कति दिनुपर्छ, त्यो म दिन्छु । अहोरात्र खटिने छुु । मेहनत गर्नेछु । उपलब्धी मुलक भएरै फर्कनेछु ।

तपाईलाई अर्काे आरोप पनि छ, खेलाडी छनोट कमिटिले ३२ खेलाडीको नाम दियो । तर बाहिरबाट खेलाडी थपेर ३७ जनाको नाम आयो । आफ्नो मान्छे हाल्नुभएको हो ?

आफ्नो मान्छे हैन । उहाँहरु सबै यू–२३ का हुनुहुन्छ । क्षमता भएका खेलाडी हुन् । त्यसैले हामीले सिधै टिममा राखेका हौं । अन्तिम समयमा नेपालबाट खेलेका खेलाडीनै ल्याएका हौं ।

तपाई त खेलाडी समेत हुनुहुन्छ । सिधै राष्ट्रिय टिमको प्रशिक्षक बन्नुभयो । अब प्रशिक्षणमै रमाउने कि खेलाडीको रुपमा फर्कने ?

म प्रशिक्षकको भुुमिकामा रहन्छु । अन्य कोर्ष गर्नु पर्नेछ । त्यसका लागि तयारी गरिरहेको छु । सम्भवतः अब फुटसल प्रशिक्षकनै रहन्छु ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘प्रदेश खेलकुद अघि र केन्द्र पछि जस्तो भो’
'बलिया टिमसँग नेपालले मैत्रीपूर्ण फुटबल खेल्नुपर्छ'
हरेक निर्णयमा आईसीसीको भर पर्नुपरेको छ – क्यान अध्यक्ष (अन्तरवार्ता)
बार्सिलोनाविरुद्ध अदालत जान सक्दिन : मेस्सी (अन्तरवार्ता)
एक कार्यकाल सोच्न सक्छु - रमेश सिलवाल (अन्तरवार्ता)
विधेयकले खेलकुद क्षेत्रका सबै समस्या हल गर्छ – मन्त्री विश्वकर्मा (अन्तरवार्ता)
  • ताजा समाचार
  • खेल आज
‘गोल्डेन एथ्लेटिक्स मिट’ फागुनमा
महेश स्मृति भलिबल : विधान स्पोर्ट्स र गलकोटको जित
समिर उत्कृष्ट
इंग्ल्यान्डविरुद्ध भारतको सानदार जित
बागमती प्रदेश फुटबलको तदर्थ समिति गठन
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP