• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शुक्रवार, फाल्गुन १४, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
अन्तर्वार्ता
  • गृहपृष्ठ
  • अन्तर्वार्ता
'अब नेपाली भलिबलले नयाँ उचाई लिन्छ'
64x64
सोमवार, भदौ २, २०७६ विश्वास थापा

भलिबल नेपालको राष्ट्रिय खेल हो । मात्र राष्ट्रिय खेल । राष्ट्र चिनाउने खेल भएपनि भलिबलले राज्यका लागि कहिल्यै बिशेष रहेन, सहयोग पाएन, सहुलियत पाएन । सधै गुनासो, अभाव र सम्भावनाको गर्भमा हुर्किरह्यो ।

भौगोलिक विविधताले भरिएको नेपालको जुनसुकै क्षेत्रमा खेलिने भलिबल घरेलु खेलकुदमा लोकप्रिय समेत छ । तर यसको लोकप्रियताले व्यवसायीकता र सफलता हासिल गर्न सकेको छैन । हेर्दा लाग्छ, यसले अझै लामो यात्रा तय गर्नुपर्नेछ ।

राज्यको लगानी छैन । गतिलो नेतृत्व छैन । सोही कारण भलिबल ब्यवसायीकतातर्फ अग्रसर हुन संघर्षरत छ ।

तर आज एक ऐतिहासिक दिनको अवसर छ । नेपालले खेलकुद ईतिहासमा पहिलो पटक एउटा ठुलो भलिबल प्रतियोगिता आयोजना हुदैछ । त्यसको नाम एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिप रहेको छ । हुन त यो पाँचौ संस्करण हो । मध्य एसियाली मुलुक सहभागी हुने प्रतियोगिता नेपाल पहिलो पटक आयोजना गर्दैछ ।

हुन सक्छ, प्रतियोगिताको आयोजनाले भलिबलको विकास, प्रवद्र्वन र प्रचारमा ठुलो टेवा पुग्नेछ । तर मुख्य कुरा एभिसी सेन्ट्रल जोनको आयोजना र सहभागीताबाट नेपाली भलिबल एक कदम अगाडी बढ्नेछ । सोमबार सुरु हुने प्रतियोगिताको सफल आयोजना मात्र होईन, राम्रो प्रर्दशन गरेर नतिजा समेत निकाल्नुपर्ने चुनौती नेपाललाई छ ।

नेपालले आयोजना गर्न गईरहेको एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिता कस्तो खालको प्रतियोगिता हो ? यसको आयोजनाले नेपालको भलिबल क्षेत्रमा कस्तो महत्व र प्रभाव राख्छ ? प्रतियोगिता आयोजनाको चुनौती र सम्भावनाका बिषयमा नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केसंग खेलपाटीकर्मी विश्वास थापाले कुराकानी गरेका छन् ।

एभिसी सेन्ट्रल जोन कस्तो खालको प्रतियोगिता हो ?

एसियाको सेन्ट्रल जोनमा रहेका देशहरु खेल्ने प्रतियोगिता एभिसी सेन्ट्रल जोन च्याम्पियनसिप हो । हामीले प्रतियोगिताको पाँचौं संस्करण आयोजना गर्न लागेका छौ । गत संस्करणको प्रतियोगिता बंगलादेशमा भएको थियो ।

नेपाली भलिबलको ईतिहासमा पहिलो पटक हामी यति ठुलो प्रतियोगिता आयोजना गर्न गईरहेका छौ ।

प्रतियोगिताको आयोजनाले नेपालको भलिबलमा कस्तो महत्व राख्छ ?

ठुलो अर्थ राख्छ । पहिलो कुरा नेपालले समेत यति ठुलो प्रतियोगिता आयोजना गर्न सक्दो रहेछ भन्ने सन्देश प्रवाह हुने छ । नेपालको राष्ट्रिय खेल भलिबल हो । यति ठुलो प्रतियोगिता आयोजना गर्न पाउँदा हामीले समेत धेरै सिक्ने मौका मिल्छ ।

दोस्रो कुरा नजिकिंदै गरेको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का लागि प्रतियोगिताले धेरै सहयोग पुग्छ । खेलाडीको तयारी हुन्छ । यो प्रतियोगिताले हाम्रो टिमको अवस्था र स्तर थाहा हुन्छ । अर्को कुरा हामीले अन्तराष्ट्रिय टिमसंग खेल्दा एक्सपोजर समेत पाउँछौ ।

प्रतियोगिता आयोजना मात्र नभएर हामीले प्रतियोगितामा प्रतिस्पर्धा समेत गर्दैछौ । टिमको तयारी कस्तो छ ? कस्तो नतिजाको अपेक्षा गर्न सक्छौ ?

खेलाडीको तयारी राम्रो छ । रिसिभ, डिफेन्स र ब्लकमा केही समस्या देखिएको छ । अफगानिस्तानविरुद्वको मैत्रीपूर्ण खेलले हाम्रो कमजोरी पत्ता लागेको छ । दोस्रो मैत्रीपूर्ण खेलमा मुख्य दुई खेलाडी टिम बाहिर हुदाँ समेत नेपालले खेल जित्यो । त्यो राम्रो संकेत हो । यसले हाम्रो खेलाडी ठुलो टिमलाई टक्कर दिन सक्षम छन् भन्ने देखाएको छ ।

प्रतियोगिताका लागि भनेर दुई महिना अघिबाट खेलाडी अभ्यासमा छन् । डच प्रशिक्षकले दैनिक रुपमा खेलाडीलाई प्रशिक्षण दिएका छन् । खेलाडीको प्रर्दशन र तयारीमा भलिबल संघ खुसी छ । खेलाडीको मेहनतबाट प्रशिक्षक समेत खुसी छन् । लामो समयको प्रशिक्षण पाउँदा खेलाडी समेत खुसी भएको पाएका छौ ।

प्रतियोगिताबाट नेपालको कस्तो नतिजाको अपेक्षा गर्न सक्छौ ?

पहिलो कुरा प्रतियोगिताबाट नेपाली खेलाडीले बटुल्ने भनेको अनुभव हो । नेपाली खेलाडीले प्रतियोगिताबाट अन्तराष्ट्रिय एक्सपोजर पाउनेछन् । घरेलु खेलकुदमा व्यस्त खेलाडीले विदेशी टिम र खेलाडीसंग खेल्न गइरहेका छन् ।

खेलाडीबाट हामीले सेमिफाईनल हुँदै फाईनलसम्मको आश गरेका छौ । बाँकी कुरा खेलाडीको प्रर्दशनमै निर्भर रहन्छ ।

हिमाल, पहाड र गाउँ घरमा लोकप्रिय भलिबल पछिल्लो समय शहर बजारमा समेत विस्तार हुदैछ । पुरुषको तुलनामा महिला भलिबलको लोकप्रियता प्रतियोगितामा देख्न सक्छौ । दक्षिण एसियामा नेपालको पुरुष भलिबलको अवस्था कस्तो छ ?

यसअघि हामीले नेपालमै दक्षिण एसियाली पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको थियौ । घरेलु भुमिमा भएको प्रतियोगितामा नेपालले काँस्य जितेको थियो ।

अरु अन्तराष्ट्रिय प्रतियोगितामा खासै उल्लेख्य सफलता हासिल गर्न सकेका छैनौ । विस्तारै हामी अन्तराष्ट्रिय प्रतियोगितामा जोडिन थालेका छौ । आशा गरौ अब पुरुष भलिबल टिमले निराश बनाउने छैन ।

हामी विस्तारै अघि बढ्दै छौ । ठुलो दाबी केही छैन । तर यस्तै खालको प्रतियोगिता आयोजना र सहभागीताबाट हाम्रो स्तर माथी उठ्छ ।

एभिसी सेन्ट्रल जोनको आयोजना र सहभागीता पश्चात घरेलु भलिबलमा कस्तो किसिमको प्रभाव पर्ला भन्ने लागेको छ ?

प्रतियोगिता आयोजनाबाट ठुलो फाईदा खेल र खेलाडीलाईनै हुन्छ । खेलाडीले अन्तराष्ट्रिय स्तरका प्रतिद्वन्दीसंग खेल्न पाउँछन् । खेलाडीले नयाँ अनुभव लिन पाउँछन्, दिन पाउँछन् । एक हिसावले यस्तै प्रतियोगिताले खेलाडीको क्षमता र अनुभव साटासाट हुने गर्छ ।

अर्को कुरा भलिबलको प्रचार र प्रवद्र्वनमा प्रतियोगिताले टेवा पुर्याउँछ । घरेलु खेलकुदमा भलिबलका धेरै प्रतियोगिता आयोजना हुने गर्छ । ठाउँ ठाउँमा भलिबल प्रतियोगिता सञ्चालन हुदै आएको छ ।

तर अन्तराष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्दा नेपालको भलिबलको समेत अन्तराष्ट्रिय जगतमा प्रचार हुने गर्छ । नेपालले समेत भलिबलको यति ठुलो कार्यक्रम आयोजना गर्न सक्छ भन्ने सन्देश अन्तराष्ट्रिय खेलकुदको क्षेत्रमा जान्छ ।

ठुला प्रतियोगिताको आयोजना आफैमा चुनौतीपुर्ण हुन्छ । यसको व्यवस्थापन पक्षको चुनौतीलाई कसरी हेर्नुभएको छ ?

यो निकै गाह्रो बिषय हो । संघले समेत यसलाई निकै चुनौतीपुर्ण रुपमा लिएको छ । राष्ट्रिय खेल भएर समेत सरकारबाट ठुलो सहयोग पाएका छैनौ ।

अर्को कुरा हामीसंग खेल्नका लागि आफ्नै एउटा कभर्डहल समेत छैन । तर उपलब्ध जति स्रोत साधन छ, त्यसलाईनै जुटाएर प्रतियोगिता आयोजना गर्न गईरहेका छौ ।

यति ठुलो अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्दै गर्दा आफ्नै कभर्डहल नभएर आर्मीको कभर्डहलमा कार्यक्रम आयोजना गर्दैछौ । त्यहाँ विभागको छुट्टै नियम छ । त्यही नियममा बाँधिएर कार्यक्रम गर्नुपर्ने मुख्य चुनौती हामीसंग छ ।

अर्काे पक्ष भनेको सबै क्षेत्रमा सहयोग भईरहेको छ । भलिबललाई माया गर्ने सहयोगी हातहरु सधै जुटिरहेका छन् । यस्तै खेलको आयोजनाबाट खेलको विकासमा टेवा पुग्छ । विस्तारै भलिबलले यसले गति लिदैछ भन्ने लाग्छ ।

अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्दा प्राविधिक समस्या कत्तिको आउँदा रहेछन् ?

निकै गाह्रो हुने रहेछ । सबै अन्तराष्ट्रिय नियम अनुसार गर्नुपर्ने रैछ । हामीले यसअघि राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको थियौ । तर अन्तराष्ट्रिय प्रतियोगितामा सोही अनुसारको मापदण्ड पुरा गर्नुपर्ने रहेछ ।

एभिसी सेन्ट्रल जोनका लागि एफआईभीभी र एभिसीबाट प्रतिनिधिहरु नेपालमा छन् । उनीहरुले निरन्तर निरिक्षण र अवलोकन गरिरहेका छन् । उनीहरुले सबै प्राविधिक बिषय हेरिरहेका छन् ।

हामी समेत एफआईभीभी र एभिसीको नियम अनुसारनै प्रतियोगिता आयोजना गर्न गईरहेका छौ । भएका स्रोत साधनलाई अधिकतम उपयोग गर्दै प्रतियोगिता सफल पार्ने उद्वेश्यमा छौ ।

फुटबल, क्रिकेटको तुलनामा भलिबलले कुनै ठुलो अन्तराष्ट्रिय अनुदान पाएको देखिदैन । तर यस प्रकारको ठुलो कार्यक्रम आयोजना गर्न कसरी सम्भव भएको छ ?

यहीनै भलिबलको बिशेषता हो । भलिबल संघसंग ठुलो केही थिएन, र छैन पनि । तर हामीसंग हिम्मत र हौसला छ । हामीसंग संगठन छ, संघमा एकरुपता छ, हामी एकजुट छौ ।

परेका बेला गछौ भन्ने भाव भएका साथी छौ । खेलाडीकै लागि केही गछौ भनेर हामी संघमा आएका हौ । खेलाडीका लागि हामीले जसरी गर्नुपर्ने हुन्छ ।

हामीले विभिन्न क्षेत्रमा सहयोग मागेका छौ, सहयोग आएको समेत छ । अहिलेसम्म यस्ता कार्यक्रम आयोजना नभएकाले अरुले समेत चासो नदेखाउनु भएको हो । अब बिस्तारै सबैको ध्यान भलिबलमा पनि पर्छ । एभिसी च्याम्पियनशिपले भलिबलमा नयाँ उचाई थप्ने काम गर्छ । भविष्यमा राम्रो नतिजा निस्कन्छ भनेर हामीले प्रतियोगिता आयोजना गरेका हौ ।

अन्तिममा नेपालमा रुचाईएको खेल हो भलिबल । एभिसी सेन्ट्रल जोनको आयोजनाबाट नेपाललाई के फाईदा पुग्छ ?

नेपाली खेलाडीसंग पनि अन्तराष्ट्रिय स्तरको क्षमता छ । प्रतियोगिताले यसलाई प्रस्फोटित गर्छ । अर्को कुरा नेपालले समेत यस्ता ठुला कार्यक्रम आयोजना गर्न सक्छ भन्ने सन्देश जान्छ ।

भलिबलका समर्थकले समेत आफ्नै घरमा अन्तराष्ट्रिय स्तरका खेल र खेलाडीको प्रर्दशन देख्न पाउँछन् । टिभीमा हेरिरहेका उच्च स्तरको भलिबल खेल नेपाली भलिबलका समर्थकले आफ्नै आँखा अगाडी देख्न पाउँछन् । यसले नेपाली भलिबलको लोकप्रियता र दायरालाई अझ फराकिलो बनाउनेछ ।

र नेपालले यस्तो प्रतियोगिता आयोजना गर्न सक्छ भन्ने सन्देश जान्छ । समर्थकको लागि पनि अन्तराष्ट्रिय लेबलको खेलाडीले आफ्नो घर आगनमा खेल्न पाउनु ठुलो कुरा हो । टिभीमा देखिरहेको अन्तराष्ट्रिय खेलाडीलाई आफ्नै आखा अगाडी खेलेको देख्न पाउँदा सबै समर्थकलाई पनि रमाइलो नै लाग्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘प्रदेश खेलकुद अघि र केन्द्र पछि जस्तो भो’
'बलिया टिमसँग नेपालले मैत्रीपूर्ण फुटबल खेल्नुपर्छ'
हरेक निर्णयमा आईसीसीको भर पर्नुपरेको छ – क्यान अध्यक्ष (अन्तरवार्ता)
बार्सिलोनाविरुद्ध अदालत जान सक्दिन : मेस्सी (अन्तरवार्ता)
एक कार्यकाल सोच्न सक्छु - रमेश सिलवाल (अन्तरवार्ता)
विधेयकले खेलकुद क्षेत्रका सबै समस्या हल गर्छ – मन्त्री विश्वकर्मा (अन्तरवार्ता)
  • ताजा समाचार
  • खेल आज
‘गोल्डेन एथ्लेटिक्स मिट’ फागुनमा
महेश स्मृति भलिबल : विधान स्पोर्ट्स र गलकोटको जित
समिर उत्कृष्ट
इंग्ल्यान्डविरुद्ध भारतको सानदार जित
बागमती प्रदेश फुटबलको तदर्थ समिति गठन
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP