मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
रिया कुवँर
रिया कुवँर

रिया कुवँर

भलिबल खेलाडी

Published on १९७० जनवरी १, बिहिबार
FacebookTwitter

Personal Information

Date of Birth

23-Jun-2005

Height

५.५

Weight

४६

Biography

नाम  : रिया कुवँर

जन्म मिति : २०६२–०३–०९

उचाई  : ५.५ ईन्च

तौल : ४६ केजी

बुबा : हेम जंग कुवर

आमा : बिना कुवँर

शिक्षा : कक्षा ७ मा अध्ययनरत

उनी जम्मा आठ बर्षको थिइन् । भलिबल खेल उनका आखाँमा थियो तर कहाँ गएर खेल्ने अन्जान थिईन् ।

कक्षा तीनमा पढ्थिन् । तर कक्षामा उनको उचाई औसत भन्दा ठुलो थियो ।

त्यही समय न्यु डायमण्ड एकेडेमीका प्रशिक्षक कुमार राई राम्रो स्पाईकरको खोजीमा थिए । जसले एकेडेमीको विरासत थाम्न सकोस ।
कुनै समय रमिला तण्डुकारले थामिन् अहिले प्रतिभा माली छिन् ।

प्रशिक्षकको राईको नजर रियामा पर्यो । कक्षा भित्र रहेकी रमालाई प्रशिक्षक राईले बोलाए ।

भलिबल खेल्न मन पर्छ तिमिलाई ? प्रिन्सिपल समेत रहेका राईले सोधे ।
उम् । उनले सहजै सहमती जनाईन् ।

घरमा दिदी र म सधै खेल्छौ । उनले थपिनन् ।

ल उसो भए तिम्रो बाबासंग कुरा गर्छु, भोलीदेखि खेल्न आउ । राईले निर्देशन जारी गरे ।
उनी फुरुङ्ग परिन् । फिस्स हाँस्दै कक्षा छिरिन् । मनमा कौतुहलता बढ्यो । धेरै सोच्ने उमेरपनि त कहाँ थियो र ?

सिनियर दिदीहरुले बल खेलेको बेला बाहिरबाट सबै ‘हुटिङ’ गरेको देख्दा उनलाई समेत मैदान भित्र छिर्न मन थियो ।
घरमा गएर आमालाई भनिन् । तर आमालाई छोरीको कुराले खुसी भने दिएन ।

‘छोरीलाई चोटपटक लागेर केही हुने हो कि ?’ आमाको मन त्यसै कमजोर हुने भईहाल्यो ।

तर, त्यो कुराले उनको बाबालाई भने खुसी बनायो । उनले हाँस्दै छोरीलाई अंकमाल गरे । अनि भलिवल खेल्न जान अनुमती दिए, हौस्याए ।

रियाका बाबा हेमजंग कुवर कुनै समय गोर्खाका राम्रा भलिबल खेलाडी थिए । आफ्नो पदछाप सन्तानले पछ्याउदाँ कुन बुवालाई खुसी मिल्दैन र ।
रिया भोलीपल्टै स्कुल पुगिन, सबै भन्दा अगाडी कुमार सरलाई भेटिन् । उनीसंग घरबाट भलिवल खेल्ने अनुमती समेतसंगै थियो ।

राईले रियाको घरमा फोन लागाए, र धन्यवाद दिए । र भने, ‘म रियलाई एउटा राम्रो खेलाडी बनाउनेछु ।’

पहिलो दिनको प्रशिक्षणमा उनले सिनियर दिदीहरुले बल खेलेको देखिन् । सबैको हातमा बल थियो । उनीहरु एकअर्कासंग पास खेल्थे । सिनियरलाई देखेर उनलाई अझ उत्साह जाग्यो ।

प्रशिक्षक राईले रियालाई भलिबलको नियमबारे सिकाए । भलिबल समात्न लगाए, विस्तारै हान्न लगाए ।
उनको खेल निरन्तर राम्रो हुँदै गयो । विद्यालयस्तरीय न्यु डायमण्ड टोलीमा उनीपनि अटाउन थालिन् ।

पहिलो सहभागिता २०७३ सालमा भएको राष्ट्रपति रनिङ सिल्डबाट गरिन् ।
बैकल्पिक खेलाडी थिईन् । कहिलेकाँही कोर्टमा छिर्ने मौका पाउथिन् ।

जतिबेला पालो आउथ्यो, फुर्तीकासाथ टिममा खेल्थिन् । समयसंगै उनको खेलमा समेत परिपक्कता आउन थाल्यो ।

तर, कक्षा पाँचमा पढ्ने बेला रुखको हाँगा खसेर उनलाई चोट लाग्यो ।
लगत्तै उनी टिमबाट बाहिर रहन बध्य भईन् ।

केही समय विश्राम गर्न डाक्टरले सुझाए । करिव एक बर्षको विश्रामपछि उनी पुन न्यु डायमण्डको प्रशिक्षणमा फर्किन् ।
त्यसपछिको विद्यालयस्तरको राष्ट्रपति रनिङसिल्डामा उनको प्रर्दशन उच्च थियो । उनको प्रर्दशनबाट लोभिएर एकेडेमीका प्रशिक्षक राष्ट्रिय टिमबाट डेब्यु गराउने तयारी गरे ।

काठमाडौंमा भर्खरै सकिएको आदीआवादी महिला भलिवल लिगमा उनले राष्ट्रिय प्रतियोगितामा डेब्यु गर्ने मौका पाईन् ।
सधै बिद्यालयस्तरका साना खेलाडी र कम दर्शककोबीचमा खेल्दै आएकी उनलाई आदीअवादी ठुलो अनुभव बन्यो ।

लिगमा पुलिसविरुद्ध सन्तुलिन प्रर्दशन गरेकी उनी मैदान प्रवेश गर्ने वित्तिकै दर्शकहरु हौसला दिन उक्लिहाल्थे ।
जब उनी बल समाउने गर्थिन्, तब दर्शकबाट हुटिङ गुञ्जिन थालिहाल्थ्यो ।

‘म साह्रै डराएकी थिए । बाहिरको हल्ला र बिपक्षका ठुला खेलाडी देखेर मन काँपेको थियो । तर जब बल हात प¥यो, आफ्नो क्षमता देखाईहाले ।’ रियाले भनिन् ।

‘मेरो पहिलो अनुभव फरक थियो तर अनुभव यादगार भएको छ ।’ प्रसन्न मुद्रामा उनी भन्छिन् ।
‘ठुलो भएर रेश्मा भण्डारी र प्रतिभा माली जस्तै बन्ने मेरो चाहाना छ । त्यो चाहाना पुरा गरेरै छोड्छु ।’ उनीले अठोट कसिन् ।

उनलाई भलिवलमा स्पाईकरको पोजिसन मन पर्छ । न्यु डाइमण्डमै रहेर स्पाईकरको स्थान समाल्ने उनको इच्छा छ ।
‘भविष्यमा ठुलो खेलाडी भएर न्युडायमण्डबाट प्रतिनिधित्व गर्ने चाहाना छ ।’ रिया भन्छिन् ।

गोर्खाको ताप्ले पुर्खौली घर भएकी रिमा काठमाडौंको पुरानो नैकाप बस्छिन् । घरमा भलिवलमय वातावरण भएनी रियाको घरमा आमालाई भने त्यो खेल मन पर्दैन ।

रिमालाई भने राम्रो खेल पस्केर आमालाई फकाउने चाहाना छ ।
नेपाली भलिवलमा प्रभुत्व कायम गरेको न्यु डायमण्डले भविष्यको सम्भावनाको रुपमा रियालाई अगाडी सारेको छ ।

‘उनीबाट न्युडायमण्डले धेरै कुराको आश गरेको छ ।’ प्रशिक्षक राई बताउँछन् ।