बुधबार, असोज १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
पलेसा गोवर्धन
पलेसा गोवर्धन

पलेसा गोवर्धन

पारा तेक्वान्दो खेलाडी

Published on १९७० जनवरी १, बिहिबार

Personal Information

Date of Birth

25-Jul-2003

Height

1.73

Weight

58

Major Award

2

Biography

नाम – पलेसा गोवर्धन

जन्म – २००३ जुलाई २५


खेल – पारा तेक्वान्दो खेलाडी (ब्लाक बेल्ट)


पदक – १ स्वर्ण, १ कास्य


शिक्षा – ९ कक्षा (अध्यनरत)


आमा र बुबा – मनिता श्रेष्ठ गोवर्धन र प्रदिप गोवर्धन


स्थायी ठेगाना – काठमाडौं, बैंक मार्ग बागबजार


सम्पर्क नम्बर – ९८०८८५१८७०, ४२४२०६५

पलेसा गोवर्धन नेपाली पारा तेक्वान्दो खेलमा उदाउदो तारा हुन् । नेपालमा पारा तेक्वान्दोको सफलता जति छोटो छ, पलेसाको पारा तेक्वान्दोमा प्राप्त गरेको सफलता पनि उत्तिकै छोटो छ ।


पलेसाले पारा तेक्वान्दो खेलमा प्रवेश गरेको छोटो समयमै आफुलाई अब्बल दर्जाको खेलाडी प्रमाणित गरिसकेकी छिन् । र, पलेसाको खेलकुदको यात्रा निरन्तर अगाडी बढी रहने छ ।


पलेसा जन्मजात अपाङ थिइन् । पलेसाको दाहिने हातले काम गर्न सक्दैन्, उनको दाहिने हातको नाडीमुनीको भाग जन्मजातै छैन । तर, पलेसाले अहिले सपाङ खेलाडीले जस्तै नेपालको नाम रोशन गरिरहेकी छिन् ।


डीएभी स्कुलमा कक्षा ५ बाट तेक्वान्दो खेल्न सिकेकी पलेसाले चार बर्ष नवित्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जितिसकेकी छिन् ।
काठमाडौँ डोजाङमा निर्मल श्रेष्ठबाट तेक्वान्दो सिकेकी पलेसाले यसै महिना भियतनामको होचिमिन्हमा सम्पन्न चौथो एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक जितेकी थिइन् । यो च्याम्पियनसिप विश्व तेक्वान्दो महासंघ र एसियाली तेक्वान्दो युनियनद्वारा मान्यता प्राप्त र्याकिङ प्रतियोगिता हो ।


पलेसा गत बर्ष दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा भने पाँचौ स्थानमा रहेकी थिइन् । पलेसाले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता गत बर्ष दक्षिण कोरियामा भएको एसियन पारा तेक्वान्दो ओपन खेलेकी थिइन् । त्यस्तै पलेसाले गत बर्ष नै लण्डनमा सम्पन्न विश्व पारा तेक्वान्दो च्याम्पियनसिप खेलेकी थिइन् । दुवैमा पलेसा पाँचौ स्थानमा रहेकी थिइन् ।


नेपालको लागि सुरुवाती दुई प्रतियोगितामा पदक ल्याउन नसकेपनि तेस्रो सहभागिता कास्य पदक जित्दा खुसीले गदगद छिन् , पलेसा । पलेसालाई चौथो अन्तर्राष्ट्रिय प्रतियोगितामा भने स्वर्ण जित्ने लक्ष्य छ ।


लण्डनमा हुने विश्व पारा तेक्वान्दो च्याम्पियनसिपको तयारीमा रहेकी पलेसाले भन्छिन् , 'भियतनाममा कास्य जित्दा एकदमै खुसी लाग्यो । देशको लागि पदक जित्दा निकै खुसी लाग्छ । अब लण्डनमा हुने प्रतियोगितामा भने स्वर्ण जित्ने छु ।'


पलेसाले काठमाडौंमा यसै महिना सम्पन्न दोस्रो काठमाडौं अन्तर्राष्ट्रिय क्योरोगी तथा पुम्से तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । र, पलेसा अझै पदकमा भोको छिन् । पलेसालाई अब आफ्नो अन्तर्राष्ट्रिय पदकको संग्ख्या बढाउनु छ, चाङ लगाउनु छ । भन्छिन् , 'तेक्वान्दोमा मलाई धेरै गर्नु छ । मेरो यात्रा यति मात्र हैन । म सकिन्जेल तेक्वान्दो खेलमा रहन्छु । मलाई धेरै पदक जित्नु छ ।'


नेपाली पारा तेक्वान्दोमा आफुलाई स्थापित गराउन पलेसालाई उनको परिवारको साथ उत्तिकै छ । पलेसाका हरेक कार्यमा बुबा प्रदिप गोवर्धनसँगै हुन्छन् । छोरीको हरेक इच्छा, चाहना र सफलतामा बुबाको साथ छ ।


पलेसाको सफलतामा प्रदिप पनि खुसी छन् । प्रदिप भन्छन् , 'हाम्रो परिवारका सदस्य पहिले खेलकुदमा थिएन । अहिले छोरी खेलकुदमा छिन् । उनको सफलता नै हाम्रो खुसी हो । उनले पाएको सफलतामा खुसी छौ ।'