बिहिबार, मंसिर १२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
सागर ढकाल
सागर ढकाल

सागर ढकाल

क्रिकेटर

Published on १९७० जनवरी १, बिहिबार
FacebookTwitter

Personal Information

Date of Birth

14-Dec-2001

Height

5.6

Weight

62

Biography

काठमाडौं । सागर ढकाल, अहिले नेपाली युवा क्रिकेटका ‘हट केक’ बनेका छन् । मंगलबार सकिएको एसीसी यू-१९ इन्टर्न रिजन क्रिकेट प्रतियोगितामा 'प्लेयर अफ दि सिरिज' बन्न सफल भए ।

हङकङलाई ६ विकेटले पराजित गर्दै लगातार च्याम्पियन बनेको नेपाल यु-१९ एसिया कपका लागि छनोट भएको छ ।

प्रतियोगिता अवधिभर उत्कृष्ट बलिङ गरेका सागरले ४ खेलमा १५ विकेट हात पारे । नेपालको उपाधि यात्रामा एक नायक बने ।

को हुन् सागर ढकाल ?

सागर ढकाल, काठमाडौंको ग्रेट हिमालयन क्रिकेट एकेडेमीका उत्पादन हुन् । चाबहिलको सिफलमा खेल्दै हुर्किएका उनी एकल रुपमा खेल जिताउन सामथ्र्य राख्छन् । एकेडेमीका सञ्चालक सुदिप शर्माले सागरको उत्कृष्ट प्रदर्शनको सधै चर्चा सुन्ने गरेका थिए । अनि उनैले आफ्नो एकेडेमीमा ल्याएर सागरलाई नियमित प्रशिक्षणमा हालेका थिए ।

एकेडेमीबाट सागरले ४ बर्षको अन्तरमा देश विदेशका विभिन्न प्रतियोगितामा सहभागी भए । खेलमा बिस्तारै निखार आउन थालेपछि उनी घरेलु प्रतियोगितामा जम्न थाले ।

विकेट लिने भन्दा डट बल फाल्न सागर माहिर छन् । उनको इकोनमी रेट निकै लोभ लाग्दो हुने गर्छ ।

सन् २०१९ को यु-१९ विश्वकप छनोटको तयारीमा रहेका नेपाल सहित भारत र अफगानिस्थानले मैत्रीपुर्ण सिरिज खेलेका थिए । भारतमा भएको सो सिरिजमा सागरले पहिलो पटक नेपाली टिममा स्थान बनाएका थिए ।

सिरिजमा सागरले उत्कृष्ट इकोनमीमा ५ खेलमा ३ विकेट हात पारे । लगत्तै उनलाई यु १९ राष्ट्रिय टोलीमा समाबेश गर्दै मलेसिया लगिएको थियो । प्रतियोगितामा ३ इनिङ्स बलिङ गरेका उनले २ दशमलब ८८ को इकोनमिमा २ विकेट हात पारेका थिए ।

पहिलो दुई प्रतियोगितामा खासै प्रदर्शन गर्न नसकेका उनी पछिल्लो पटक भने सबैको ध्यान आफुतर्फ खिच्न सफल भएका छन् ।

घरेलु प्रतियोगितामा भने उनले सबै ठुला खाले प्रतियोगिता खेलिसकेका छन् ।

पहिलो पटक २०७५ को पीएम कपमा उनले प्रदेश ३ को प्रतिनिधित्व गरेका थिए । प्रतियोगितामा उनले ३ को इकोनमिमा ४ इनिङ्समा ३ विकेट हात पारेका थिए । सागरले नेपालमा भएका सबै खाले फ्रेन्चाईज लिग खेलेका छन् । पहिलो संस्करणको पोखरा प्रिमिएर लिगमा एक्स्पर्ट धनगढीबाट खेलेका उनले औसत प्रदर्शन गरेका थिए । उनले ३ खेलमा ६ दशमलब ९ को इकोनमीमा ३ विकेट हात पारेका थिए ।

यस्तै तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिगमा उनले चितवन टाइगर्सबाट खेलेका थिए । उनले ६ खेलमा ६ को इकोनमीमा बलिङ गर्दै ६ विकेट हात पारेका थिए ।

धनगडी प्रिमियर लिगमा भने सागरले उत्कृष्ट प्रदर्शन गरे । उनले ६ खेलमा ११ विकेट हात पारेका थिए । उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा चौथो नम्बरमा थिए ।

भर्खरै काठमाडौंमा सकिएको पीएम कपमा उनले नेपाल पुलिस क्लबबाट खेलेका थिए । च्याम्पियन बनेको पुलिसबाट सागरले ६ खेलमा २ दशमलब ६४ को इकोनमीमा ८ विकेट हात पारेका थिए ।