मंगलबार, २३ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
मनिष डाँगी
मनिष डाँगी

मनिष डाँगी

फुटबल खेलाडी

Published on १९७० जनवरी १, बिहिबार
FacebookTwitter

Personal Information

Date of Birth

7-Feb-2002

Height

5.8

Weight

55

Biography

काठमाडौं । नेपालको घरेलु फुटबलमा तल्लो स्तरको लिग हो, ‘सी’ डिभिजन लिग ।

खेल्ने र खेलाउने बाहेक धेरैमा सी डिभिजन लिगले यस बर्ष चर्चा पाएन ।

हुन त एन्फाले यो बर्ष रेलिगेशन बिनाको लिग गर्यो । ए डिभिजन लिग रेलिगेशनबिनै सकियो । चढ्ने र झर्ने नभएपछि बाँकी बी र सी डिभिजन लिग समेत औपचारिकतामा सकिए ।

तर सी डिभिजन लिगको अन्तिम तिर केही रोचक दृष्य देखियो ।

खालीबारी युथ क्लब ‘सी’ डिभिजनको च्याम्पियन बन्यो ।

खालीबारीको च्याम्पियन यात्राको नायक बने, मनिष डाँगी ।

उनले लिगका अन्तिममा तीन खेल खेले । पाँच गोल गरे । अनि टिमलाई सी डिभिजनको च्याम्पियन बनाए ।

१७ बर्षे मनिष नेपालको घरेलु फुटबलमा अचानक देखा परेका छन् । उद्भुत खेल कौशलबाट नेपाली फुटबलका पण्डितहरुलाई आश्चार्य चकित बनाएका छन् । घरेलु फुटबलका ‘हटकेक’ बनेका मनिष आखिर को हुन् त ?

यही प्रश्नमा यो आलेख तयार पारिएको छ ।

धेरै बोल्ने उनको बानी छैन । हेर्दा सोझा देखिन्छन् । मैदानमा निकै निर्मम तरिकाले खेल्छन् । उनको गति र वेगलाई रोक्न धेरै खेलाडीलाई निकै मुस्किल देखिन्छ ।
फुटबलको मैदान देखिने मनिषको चित्र यही हो ।

उनको बाबा–आमा रोजगारीको सिलसिलामा कोरिया थिए । तर उनको सुरुवाती बाल्यकाल नेपालमा बित्यो । कक्षा ९ मा पढ्दै गर्दा बाबा–आमाले उनलाई समेत कोरिया लग्ने भए । कोरियामा पुगेर उनले पढाई सुरु गरे । दाजु आकाश कोरियाको फुटबल एकेडेमीमा थिए, मनिष समेत फुटबलसंग जोडिए ।

दाजु आकाशले समेत मनिषलाई फुटबल खेल्न सहयोग गरे ।

पाँच बर्षको कोरिया बसाई पछि मनिष गत महिना नेपाल आए, नागरिकता बनाउन ।

त्यही समय शहरमा सी डिभिजन चलिरहेको थियो । फुटबलको नशा लागेका उनले ब्रिगेड ब्वाईजका प्रशिक्षक उर्जन महर्जनलाई सम्झिए । उर्जनले खालीबारीसंग कुरा गरिदिए । दोस्रो चरणबाट उनी सी डिभिजन खेल्न पाउने भए ।

दोस्रो चरणमा खालीबारीले पहिलो खेल ओसिससँग खेल्यो । दोस्रो हाफमा मैदान छिरेर उनले घरेलु फुटबलमा डेब्यु गरे । आफुलाई प्रमाणित गर्ने क्रममा मनिषले एक गोल समेत गरे, तर खालीबारीले त्यो खेल गुमाउन पुग्यो ।

पहिलो खेलमै उनी एन्फा कम्प्लेक्समा आफ्नो प्रभाव छाड्न सफल भए । मैदानमा रहेका रेफ्री, दर्शक, म्याच कमिस्नर लगायत सबैको ध्यान खिच्न सफल भए । सबैले उनको खेलको प्रशंसा गरे ।

उनी दोस्रो खेलमा प्लेईङ सेटमा रहेर मैदान उत्रिए । एक हिसावले त्यो खेलमा मनिषकै वरपर घुम्यो । विरगञ्जविरुद्वको खेलमा उनले दुई गोल गरे ।

अन्तिम खेलमा समेत उनी सुरुवाती रोजाईमा परे । खालीबारीलाई उपाधिकालागि अन्तिम खेल्न जित्नैपर्ने थियो । उनले अन्तिम खेलमा समेत जादुमयी प्रर्दशनलाई निरन्तरता दिए ।

केही खराब ट्याकल समेत ब्यहोरे । उनको प्रहार रोक्ने क्रममा प्लानिङका कप्तानले लगातार ट्याकल गरे । रेफ्री प्रकाशनाथ श्रेष्ठले खराब ट्याकलका कारण एकै पटक प्लानिङलाई तीन रातो कार्ड देखाउन परेको थियो ।

मनिषले सी डिभिजन लिगको तीन खेलमा पाँच गोल गरे । अन्तिम खेलमा म्यान अफ दी म्याच चुनिए ।

मनिष नागरिकता बनाउन नेपाल आएका हुन् । तर उनको धोको नेपालको राष्ट्रिय फुटबल टिमबाट खेल्ने रहेको छ । यसकालागि उनले घरेलु मैदानमा आफुलाई प्रमाणित गर्नुपर्ने हुन्छ । सी डिभिजनमा गरेको प्रर्दशनले उनको फुटबल सम्भावनालाई उजागर गरेको छ । तर उनी लिगमा आफुले गरेको प्रर्दशनबाट सन्तुष्ट छैनन् ।

‘मैले जति खेल्नुपर्ने हो, त्यो खेल्न सकिन ।’ उनले भने ।

कोरियामा जस्तो लिगमा प्रर्दशन गर्न नसकेको उनको बुझाई छ ।

‘मैले कति खेल्न सक्छु भन्ने मलाई मात्र थाहा छ । त्यहि भएर खेल्न इच्छा देखाएको हुँ ।’ उनले भने, ‘उमेर समुहमा राम्रो गरेर राष्ट्रिय टिमबाट खेल्ने सपना छ । मौका पाए देखाउथे, नपाए कमजोर सच्चाउथे ।’

लिगको दौरान कोरिया र नेपाली फुटबलमा धेरै भिन्नता उनले देख्ने मौका पाए ।

‘कोरियामा र नेपाली फुटबलमा धेरै फरक हुन्छ । त्यहाँ राम्रो सिष्टम छ । सेवा सुविधा राम्रो हुन्छ । बाल्यकालबाटै सिकेर आएका हुन्छन् ।’ उनले हास्दै भने, ‘नेपालमा एकेडेमी धेरै नहुने, कोरियामा खेल्ने बाताबरण राम्रो हुन्छ ।’

उनी कोरिया हुदाँ समेत नेपाली फुटबललाई पछ्याउने गरेका रहेछन् ।

पाँच बर्ष कोरिया बसेर आएका मनिष नेपाली गाह्रो गरि बोल्छन् ।

‘पाँच बर्ष बसेर नेपाल आउँदा नेपाली भाषा पनि कस्तो फरक लाग्यो । अलि नेपाली गाह्रो लाग्यो ।’ उनले अनुभव सुनाए ।

मनिष अर्को महिना फेरी कोरिया लाग्नेछन् ।

उनलाई नेपालको उमेर समुहबाट खेल्ने मन छ ।

‘नेपाली नागरिकता बनाए । कोरियामा माबि स्तरको खेल खेल्न जानु छ । उमेर समुहमा खेल्न बोलाए पक्कै आउने छु ।’ उनले थपे, ‘कोरियाको एकेडेमीमा सिकेको कुरा नेपाली फुटबलबाट प्रमाणित गर्ने मन छ ।’

मनिषको खेल जिवनमा आमाको महत्वपुर्ण भुमिका छ । एन्फा कम्प्लेक्समा मनिष मैदान उत्रदै गर्दा दर्शक दिर्घाबाट आमाको समर्थन देखिन्थ्यो ।

‘सानो छदै सधै खेल्ने गर्दथ्यो । कोरियामा पनि राम्रो खेल्छ । साथीहरु पनि राम्रो खेल्छ भन्छन् । उसैको खेल हेर्न मैदान सम्म आएकी हुँ ।’ गीताले सुनाईन् ।

गीतालाई समेत छोरा मनिषले नेपालको राष्ट्रिय टिमको जर्सी लगाएको हेर्न मन छ ।

‘खेल राम्रो छ । अवसर पाएमा गर्न सक्छ । तर उसले उमेर समुहबाट आफुलाई प्रमाणित गर्दै लैजानपर्छ ।’ उनले भनिन् ।

सानैदेखि मनिषको खेल हेरेका ब्रिगड ब्वाईजका उर्जन श्रेष्ठ भन्छन्, ‘नेपाली खेलाडीको भन्दा उसले खेल्ने शैली फरक छ । खेलको मुभमेन्ट राम्रो बनाउँछ । गति तिव्र छ । टर्निङ उत्कृष्ट छ ।’

खालीबारी क्लबलाई सी डिभिजन लिग च्याम्पियन बनाएका प्रशिक्षक अमित रावलको भनाई मान्ने हो भने उमेर समुहमा मनिष उत्कृष्ट खेलाडी हुन् ।

‘राष्ट्रिय टिमबाट भन्न सक्दिन । तर यु–१९, यु–२३ टिममा पर्ने खेलाडी हो । खेल राम्रो छ ।’ उनले थपे, ‘बल फिनिस गर्ने, स्पिड, मुभ र स्पेस बनाउने धेरै कुरा उसको राम्रो छ ।’