• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, चैत १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
गल्फ गल्फ
  • गृहपृष्ठ
  • गल्फ
शुक्रलाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि
खेलपाटी संवाददाता
शुक्रबार, चैत ३, २०७९ खेलपाटी संवाददाता
शुक्रलाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि

काठमाडौं।  सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको पाँचौ प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि नेपालका नम्बर एक गल्फर शुक्र बहादुर राईले जितेका छन्।

अन्तिम दिन २-अन्डर ७० स्कोर गर्दै समग्रमा २३-अन्डर २ सय ६५ मा उपाधि जितेका हुन्। यो स्कोरमा उनले सुर्य नेपाल गल्फ टुरमा ७२-होलको स्कोरको रेकर्ड समेत बराबरी गरे। सन २००८ को सुर्य नेपाल मास्टर्समा भारतीय समिम खानको २३-अन्डरको रेकर्ड बराबरी गरेका हुन्। यही प्रतियोगिताको दोस्रो दिन भने उनले ११-अन्डर ६१ खेल्दै नयाँ कोर्स रेकर्ड बनाएका थिए।

kamana bank
clasic tec

भुवन नगरकोटीलाई ४ स्ट्रोकले हराउँदै करिअरको ११औं उपाधि जित्दा शुक्रले १ लाख ४० हजार प्राप्त गरे। ४-अन्डर ६८ अंक जोड्दै समग्रमा १९-अन्डर २ सय ६९ सहित दोस्रो भएका भुवनले ९० हजार हात पारे।

४-अन्डर ६८ सहित समग्रमा १५-अन्डर २ सय ७३ मा सदभाव आचार्य तेस्रो भए। समग्रमा तेस्रो भएका १६ वर्षीय युवा गल्फर सदभावले पहिलो पटक एमेच्योरतर्फको उपाधि जितेका हुन्। उनले नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबाश तामाङलाई एक स्ट्रोकले हराउँदै उपाधि जितेका हुन्। सुबाशले आज ७-अन्डर ६५ को स्कोर कार्ड बनाए। समग्रमा १४-अन्डर २ सय ७४ सहित चौंथो स्थान प्राप्त गरे। एमेच्योरतर्फ उनी दोस्रो भए।

प्रोफेसनलतर्फ समग्रमा २-ओभर २ सय ९० सहित निरज तामाङ तेस्रो भए। उनले आज २-ओभर ७४ मा खेल सकाए। निरजले ६७ हजार प्राप्त गरे। ९-ओभर ८१ को खराब प्रदर्शन गरेका जयराम श्रेष्ठले समग्रमा ५-ओभर २ सय ९३ सहित चौंथो स्थानमा‌ प्रतियोगिता सकाए। उनले ५५ हजार नगद जिते। यसैगरी ४-ओभर ७६ सहित समग्रमा २ सय ९४ सहित टंक बहादुर कार्की पाँचौ भए। १-ओभर ७३ खेल्दै ६-ओभर २ सय ९४ सहित रामे मगर छैटौं भए। यस्तै ९-ओभर ८१ स्कोर गर्दै ८-ओभर २ सय ९६ सहित शिवराम पौडेल सातौं भए। पाँचौ, छैटौ र सातौ भएका खेलाडीहरुले क्रमश ४७ हजार, ४० हजार ५ सय र ३७ हजार प्राप्त गरे।‌

समग्रमा १०-ओभर २ सय ९८ सहित सञ्जय लामा, बलभद्र राई र रबि खड्काले आठौं स्थान बाँडे। उनीहरूले जनही ३२ हजार प्राप्त गरे। सञ्जयले १०-ओभर ८२, बलभद्रले ५-ओभर ७७ र रबिले १-अन्डर ७१ मा अन्तिम‌ दिनको खेल सकाए।

 शुक्रले १-ओभर ३७ मा फ्रन्ट नाइनको खेल सकाए। पहिलो होलमा नै बोगी खेपेपनि दोस्रो, तेस्रो र पाँचौ  होलमा बर्डी प्रहार गरे। छैटौ होलमा एक सट खेर फाल्दा ३-पारको आठौं होलमा ट्रीपल बोगी खेपे। नवौं होलमा भने एक सट बचाए। यसपछि ११औं, १२औं र १५औं होलमा बर्डीको सफलता प्राप्त गर्दै ब्याक नाइन ३-अन्डर ३३ मा पुरा गरे।

 

 भुवनले फ्रन्ट नाइन २-अन्डर ३४ मा पुरा गर्ने क्रममा आठौं होलको बोगीका विरूद्ध तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। यसपछि १५औं र १६औ होलमा एक-एक सट बचाउँदै ब्याक नाइन २-अन्डर ३४ मा पूरा गरे।

राष्ट्रिय टिमका सदस्य सदभावले करियरकै उत्कृष्ट नतिजा निकाल्ने क्रममा अन्तिम दिन फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। तेस्रो र छैटौ होलमा बर्डी प्रहार गर्दा पाँचौ र नवौं होलमा बोगी खेपे भने उनले ५-पारको सातौ होलमा इगलको सफलता प्राप्त गरे। यसपछि सदभावले ११औं, १२औं र १५औं होलमा एक-एक सट बचाए भने १७औं होलमा बोगी प्रहार गर्दै ब्याक नाइन पनि २-अन्डर ३४ मा पूरा गरे।

सुबाशले ७-अन्डर ६५ को सानदार नतिजामा फ्रन्ट नाइनको खेल सकाए। उनले पहिलो, तेस्रो, चौंथो, छैटौं, सातौं र आठौं होलमा कुल ६ बर्डी प्रहार गरे। पाँचौ होलमा भने बोगी खेपे। उनले ब्याक नाइन २-अन्डर ३४ मा पुरा गरे। ११औ र १४औ होलमा एक-एक सट बचाए भने ५-पारको १२औं होलमा इगलको सफलता प्राप्त गरे। तर सुबाशले १५औं र १८औं होलमा बोगीको सामना गरे।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सुर्य नेपाल प्रालिको प्रायोजनमा सम्पन्न प्रतियोगितामा ३१ प्रोफेसनल र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

कुल ८ लाख नगद पुरस्कार राशीको प्रतियोगितामा‌ उत्कृष्ट २१ मा पर्ने प्रोफेसनल खेलाडीहरूले नगद पुरस्कार प्राप्त गरे।

विजयी खेलाडीहरुलाई सुर्य नेपालका मार्केटिङ भाइस-प्रेसिडेन्ट दीप्रा लहीरी तथा पीजीए नेपालका अध्यक्ष रबिन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
देवको सिनियर टोलीमा पुनरागमन 
देवको सिनियर टोलीमा पुनरागमन 
जेमिन्सनको स्थानमा मंगलाले आईपीएल खेल्ने
जेमिन्सनको स्थानमा मंगलाले आईपीएल खेल्ने
बेल्जियमले जर्मनीलाई हरायो
बेल्जियमले जर्मनीलाई हरायो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP