काठमाडौं । सुर्य नेपाल गल्फ टुर अन्तर्गतको पाइलट गल्फर एनपीजीए क्लासिकको पहिलो चरणमा शिवराम श्रेष्ठ र शुक्र बहादुर राईले संयुक्त अग्रता बनाएका छन् ।
गोकर्ण गल्फ क्लबमा सोमबार शिवराम र शुक्रले पाँच अण्डर ६७ स्कोर कार्डसहित शीर्ष स्थानमा रहेका छन् । रामे श्रेष्टले तीन अण्डर ६९ स्कोरसहित तेस्रो स्थानमा रहेका छन् ।
नेपालको नम्बर एक खेलाडी भुवन नगरकोटी र रबि खड्काले दुई अण्डर ७० स्कोरसहित सुवास तामाङसँग चौंथो स्थान बाँडेका छन् ।
प्रतियोगितामा ३७ प्रोफेसनल र ८ एमेचोरसहित कुल ४५ खेलाडीको सहभागिता रहेको छ ।
प्रतियोगिताको दोस्रो र तेस्रो चरणको खेल भने रोयल नेपाल गल्फ क्लबमा हुनेछ ।
विजेताले ९० हजार पाउँदा दोस्रोले ६० हजार पाउने छन् । तेस्रोले ४५ हजार पाउने छन् ।