काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतमा जारी हिरो महिला गोल्डकप उपाधिका लागि आज (शुक्रबार) म्यानमार सँग प्रतिस्पर्धा गर्दैछ । फिफा वरियतामा आफुभन्दा निकैनै माथि रहेका आयोजक भारत (६२) र इरान (६०) लाई समुह चरणको खेलमा पराजित गर्दै महिला टिम फाइनल पुगेको हो ।
मुख्य प्रशिक्षक हरि खड्काको शब्दलाईनै सापटी लिने हो भने नेपाली टिम हिरो गोल्डकपको 'अन्डर डग टिम' हो । हुन पनि यस्तै रह्यो, नेपाली टिमले भारतलाई २–१ ले पराजित गर्दा इरान ३–० को सिकार हुन पुग्यो ।
![Image may contain: 3 people, people smiling, people playing sports and outdoor](https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.0-9/51847134_1619758774837686_1354563974271598592_n.jpg?_nc_cat=105&_nc_ht=scontent.fktm3-1.fna&oh=6ff0fff7c41edf423cc3c6e8e093493f&oe=5CE24C87)
प्रतियोगितामा सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरे । फलतः नेपाली टिम फाइनल पुग्न सफल भयो । यो सँगै नेपाली राष्ट्रिय महिला टिमले छैठौं फाइनल खेलको रुपमा आज हिरो महिला गोल्डकप खेल्दैछ ।
यसै प्रतियोगितामा आधारित रहेर खेलपाटीले नेपाली राष्ट्रिय महिला टिमकी गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बा संग गरेको कुराकानी प्रस्तुत गर्दछौ।
फाइनललाई लिएर कत्तिको उत्साहित हुनुहुन्छ ?
फाइनललाई लिएर म लगायत सबै टिम उत्साहित छौँ । फाइनल सम्म पुग्नका लागि जुन भूमिका हामीमा आएको थियो त्यो निभाउन हामीले धेरै मिहेनत गरेको थियौँ ।
ब्यक्तितग तयारी कस्तो रहेको छ ?
ब्यक्तिगत तयारी मेरो राम्रो छ, कन्फिडेन्ट छु, मेहनत गरिरहेको छु, कर्तब्य निभाउन सधै तयार छु ।
![Image may contain: 1 person, smiling, standing, stadium and outdoor](https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.0-9/51863731_1621644027982494_1936763013335875584_n.jpg?_nc_cat=100&_nc_ht=scontent.fktm3-1.fna&oh=aa456921f86d5623b8d6aa5627777a84&oe=5CEB32BD)
नेपाली महिला टिमको राम्रो पक्ष के छ ?
हाम्रो टिमको राम्रो पक्ष भनेको युनिटी हो । हाम्रो प्रशिक्षक (हरि खड्का) ले हामीलाई एक भएर अघि बढ्न सिकाउनु भएको छ । टिममा सबै मेहनती छन् । सबै भन्दा ठुलो कुरा हाम्रो सपना छ ( साफ च्याम्पियनसिप) , त्यो पुरा गर्न सबै लागी परेको छौँ ।
टिममा सुधार गर्नुपर्ने पक्ष के छ ?
सु्धार गर्ने भनेको खेलमा सधै एक रुपता नहुन सक्छ । फुटबलमा कहिले कहिँ मानविय त्रुटीहरु भैरहेको हुन्छ र दिन दिनै नयाँ प्रतिस्पर्धाहरु आउछन । त्यो अनुसार सुधार्नु गर्नुपर्ने कुराहरु नयाँ नयाँ आइरहन्छन् । हामी त्यसलाई सुधार्न तयारी छौँ । देशको नाम र स्वाभिमानको लागी मेहनत गरिरहने छौँ ।
साफ र ओलम्पिक तयारीका लागी हेरिएको हिरो गोल्डकप समग्र रुपमा कस्तो रहन पुग्यो ?
मेरो लागी यो प्रतियोगिता धेरै विशेष रह्यो, अविस्मरणीय रह्यो । थोरै समय भएपनि देशको लागी कप्तानी गर्न पाए । यो मेरो लागी सौभाग्य पनि हो ।
![Image may contain: 11 people, people standing and outdoor](https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.0-9/51741906_1619757361504494_7412153228273385472_n.jpg?_nc_cat=102&_nc_ht=scontent.fktm3-1.fna&oh=56b03f4ebbf9a524a4f646559e58f717&oe=5CE3C381)