काठमाडौं । एएफसी यू-१७ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले अहिले आयोजक भियतनामसँग प्रतिस्पर्धा गरिरहेको छ ।
फु थोस्थित भियत त्रि स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपालविरुद्ध भियतनामले ४-० गोलको अग्रता बनाएको छ ।
नेपाल आज पहिलो जितको खोजीमा रहेको छ । बुधबार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३-० गोल अन्तरले पराजित भएको थियो ।
भियतनाम भने लगातार दोस्रो जितको योजनामा हुनेछ । पहिलो खेलमा आयोजकले चाइनिज ताइपेलाई ४-० ले हराएको थियो ।
समूह 'एफ' मा रहेको नेपाल अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ । भियतनाम ३ अंक जोडेर शीर्ष र थाइल्याण्ड दोस्रो स्थानमा रहेको छ ।
छनोट अन्तर्गत नेपालले आइतबार चाइनिज ताइपेसँग खेल्नेछ ।
छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन् । यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्नेछ ।