एजेन्सी । च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)विरुद्ध म्यान्चेष्टर सिटीले अग्रता लिएको छ ।
दोस्रो लेगको खेलमा पहिलो हाफको खेल सकिदाँ सिटीले पीएसजीविरुद्ध १–० को अग्रता लिएको हो ।
सिटीका लागि खेलको ११ औं मिनेटमा रियाद महरेजले गोल गरेका छन् ।
केभिन डी ब्रोएनको रिफलेक्ट बलमा महरेजले गोल गरेका हुन् ।
खेलको सुरुवातमै पीएसजीले पेनाल्टीको अवसर पाएको थियो । तर भारमार्फत रेफ्रीले पेनाल्टीलाई रद्ध गरेका थिए ।
पहिलो लेगमा सिटीले पीएसजीविरुद्ध २–१ को अग्रता लिएको थियो ।