काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) फुटबलमा अहिले बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा काठमाडौंले सुरुवाती अग्रता बनाएको छ ।
खेलको पाँचौं मिनेटमा स्टेफेन बिलोङले गोल गर्दै काठमाडौंलाई १-० को अग्रता दिलाएका हुन् ।