काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा अहिले नयाँबस्ती युवा क्लब र टुसाल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
नयाँबस्ती आज टुसाललाई हराएर लिगको शीर्ष पाँच भित्र उक्लन चाहन्छ ।
नयाँबस्ती ८ खेलमा ११ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
टुसाल ८ खेलमा ८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।