काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा अहिले सातदोबाटो युथ क्लबले श्री भगवती क्लबसँग प्रतिस्पर्धा गरिरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
सातदोबाटो जित निकाल्दै शीर्ष स्थान कायम राख्न चाहन्छ ।
सातदोबाटोले ७ खेलमा १९ अंक जोडेको छ ।
श्री भगवती ७ खेलमा ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।